चौथो गणतन्त्र दिवसको अवसर पारेर मिर्गे–५, चिलाउनेखर्कमा रहेको आकाशगंगा रिलेकले जेठ १५ गते वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कालिढुङ्गा सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको सडकको दायाँवायाँ अमृसो लगायतका घाँसे विरुवाका साथै विभिन्न प्रजातीका विरुवाहरु गरि झण्डै ३०० विरुवा रोपिएको थियो । स्थानिय रुपमा निर्माण गरिएका सडकहरुवाट वर्षेनी भू–क्षय हुने गरेकाले सो को रोकथामका लागि सडक किनारामा वृक्षारोपण गरिएको रिलेकका उपाध्यक्ष दीपकुमार दाहालले जानकारी दिए । वृक्षारोपण समारोहमा क्लवका सदस्यहरु र स्थानिय वासिन्दाहरु गरि २० जनाभन्दा वढिको सहभागिता रहेको थियो । क्लवले कार्यक्रममा सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र वितरण गरेको थियो । सोही अवसरमा क्लवको अगुवाईमा स्थानिय बासिन्दाले प्रयोग गर्ने खानेपानीको मुहान सरसफाई समेत गरिएको थियो ।
Read in English