अर्जुन “अपवाद”
धेरै भयोअनिँदोमा रात वितेको
सपनाहरुसँगको भेट
पातालिएर गएको
अनि
चिसो ओच्छ्यानसंग सुतेको ।
खै कसरी हो
अघिल्लो रातमा
थाहै नपाइ निदाइएछ
दुखेको देश विर्सेर
अस्तव्यस्त समाज विर्सेर
अनि
आफ्नै सुन्दर भविश्य विर्सेर ।
मसँगै सुतेछन
सहिदका सपना
विद्धानका विपना
र
कहाली लाग्दा विगतका सम्झना ।
सपनाको क्रम सुरु भयो
पृथ्वीनारायण भक्कानीएर रोए
आफ्नो मनको बह फोए
सबै नेपालीलाई भन्दै
एउटा खवर छोडे
मेरो शालीक झै
देश हराउन नदिनु
पराइका झण्डा फहराउन नदिनु ।
सपनाको अर्को अंशमा
सेतो बुर्काले
छोपिएर डढेको शरिरसंगै
विरगञ्जकी काजोल खातुन
प्रश्न वर्साउछिन ममाथी
के छ नयाँ नेपालमा
प्रगती र उन्नती कस्तो छ ?
उत्तरहरुका अभावमा
म मौन रहें ।
फेरी ओकलीन वेदनालाई
हिजो मलाइ जलाउनेहरु
आज देश जलाँउदै छन
एक ढिक्का समाजलाई
सबै मिलेर गलाँउदै छन ।
अचेत छु म बोलुँ भने
तिमी अनि
तिमी जस्तै सचेतहरु किन नबोलेका ?
जवाफ चाहियो मलाई
कहिले हो बोल्ने बेला ?
मिर्गे–५, चिलाउनेखर्क दोलखा
apawad@hotmail.com
No comments:
Post a Comment