• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

क्षेत्रिय फुटबल प्रतियोगितामा लालीगुराँसको कब्जा

जिरिमा सञ्चालन भएको क्षेत्रिय फुटबल प्रतियोगितामा चरिकोटको लालिगुराँस टिमले प्रतियोगिताको उपाधी जितेको छ । असारको २० गते सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा लालिगुराँस युवा क्लबले स्थानिय लिङ्कन व्वाइज क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधीमा कब्जा जमाएको हो ।

जिल्लाका सात टिम सहभागि भएको प्रतियोगताको उद्घाटन जिल्ला फुटबल संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिता जिल्ला विकास समितिको युवा साझेदारी कार्यक्रमको सहयोगमा सहभागिमुलक ग्रामिण विकास कार्यक्रम चरिकोटले आयोजना गरेको थियो भने स्थानिय रुपमा प्रतियोगिता सञ्चालनका लागि द रियल डबल स्टार युथ क्लव जिरिले सहयोग गरेको थियो । प्रतियोगितामा विजयी टिमलाई एक समारोहका विच जिल्ल फुटबल टिमका उपाध्यक्ष वावुराजा श्रेष्ठले नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र
प्रदान गर्नुभएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना