अर्जुन अपवाद
दोलखा जिल्लाको दक्षिणि भेगमा रहेको घ्याङसुकाठोकर गाविसले अहिले आफ्नो परिचय फेर्न लागेको छ । गतवर्षबाट अनार खेति सुरु गरेर यस गाँउको परिचय वदल्नका लागि स्थानिय समाजसेवि र जिल्ला भू संरक्षण कार्यालय संगसंगै काम गरिरहेका छन । गत वर्ष आफूले वषौंदेखि परम्परागत रुपमा अन्न खेती गर्दै आएको खेतबारीमा ७५ बोट अनार रोपेका यस गाविसका रामप्रसाद भण्डारी अनार खेतिमा फाइदा देखेर आफू यस खेतिमा आकर्षित भएको बताउनुहुन्छ । आफुले मेहनत गरेअनुसार फाइदा हुने देखेर अनार खेतिमा आर्कषित भएको भण्डारी बताँउँछन ।
दोलखाको दक्षिणी गाविस घ्याङसुकाठोकर गाविस हावापानीको दृष्टिकोणबाट उष्ण हावापानी भएको क्षेत्र भएका कारण यो क्षेत्रमा अनारको सम्भावना वढि देखिएका कारण जिल्ला भू संरक्षण कार्यालय अनार गाँउ वनाउन लागि परेको कार्यालय प्रमूख शेरबहादुर श्रेष्ठ बताउनुहुन्छ । अनारको फलको वजारमा माग धेरै रहेको तथा प्रतिकिलो ३ सय रुपैंयासम्म पर्ने थाहा पाएपछि स्थानिय वासिन्दा लक्ष्मी भण्डारीले गत वर्ष आफ्नो खेतबारीमा अनार रोप्नुभएको थियो यो साल नै अनारमा फुल फुलेपछि उहाँ झनै उत्साहित भएको वताउनुहुन्छ । “जिल्ला भू संरक्षण कार्यालयबाट आउनुभएका सरहरुले यसको वजारमा माग पनि राम्रो छ भन्नुभएको छ । पोहोर रोपेको विरुवामा यो सालमा नै फूल फूल्यो अव १, २ वर्षमा नै फल लाग्छ होला । यसले घरखर्च चलाउन सजिलो हुन्छ भन्ने लागेको छ,” भण्डारीले भनिन ।
अनार गाँउ वनाउने अभियानमा राजनैतिक दलका नेता पनि खटेका छन । जिल्ला विकास समिति दोलखाको उपसभापति समेत भइसकेका स्थानिय वासिन्दा शिवप्रसाद भण्डारीले अनार गाँउ बनाउने अभियानको अगुवाइ गरिरहेका छन । पछिल्लो अवधीमा गाँउ गाँउ सम्म सडक वनाउने कामले प्रमूखता पाए पनि त्यसले स्थानिय वासिन्दाको जीवनस्तर परिवर्तन गर्न सहयोग नगरेकोले गाँउ गाँउमा उत्पादन नवढाएसम्म जनताको जीवनस्तर उकासिन नसक्ने भएका कारण आफूले अनार गाँउ वनाउने अभियानको अगुवाई गरिरहेको उनले वताए । गाँउ गाँउमा खनिएका सडकको उपयोग गर्न नसकिए त्यसले हामीलाई फाईदा भन्दा हानी गर्ने उनको बुझाई छ । “कुन स्थानमा कुन कृषि उत्पादनको सम्भावना रहन्छ त्यहाँ त्यसैको खेति गर्नुपर्छ भन्ने लागेर गाँउमा यो अभियान सूरु गरेको हुँ,” भण्डारीले भने ।
वर्तमान समयमा विश्वमा जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा समेत विभिन्न नकरात्मक असरहरु देखा पर्न थालिसकेका छन । जलवायु परिवर्तनको दृष्टिकोणले पनि अनारमा अनुकुलनताको क्षमता वढि हुने तथा यस फलका लागि गर्मि तथा सुख्खा मौसम अनुकुल हुने भएकाले यस गाविस छनौट गरि व्यवसायिक खेतिमा गर्न जोड दिइएको जिल्ला भू संरक्षण कार्यालयका प्रमूख शेरबहादुर श्रेष्ठ बताउनुहुन्छ । अनार गाँउ वनाउनका लागि गत वर्ष यस गाविसमा कार्यालयले किसानहरुलाई चार हजार पाँच सय विरुवा वितरण गरेको थियो । यसमा करिव तीन हजार विरुवा सरेको स्थानिय वासिन्दा सुब बहादुर भण्डारी वताउनुहुन्छ । अनारको वारेमा धेरै ज्ञान नभएका कारण विरुवा मरेको उनि बताँउछन । “कस्तो ठाँउमा रोप्ने, अनारका लागि कस्तो माटो सुहाँउदो हुन्छ भन्ने थाहा नपाई विरुवा रोप्दा केहि विरुवाहरु मरे,” उनले भने ।
घ्याङसुकाठोकरमा अनार फष्टाएको देखेपछि दोलखाका अन्य विभिन्न क्षेत्रका वासिन्दासमेत अनारखेति तर्फ आकर्षित हुन लागेका छन । दोलखाको च्यामा गाविसमा रहेको महेन्द्र उच्च माध्यामीक विद्यालयको नाममा रहेको करिव चौरासी रोपनी जग्गामा विद्यालयले आफ्नो नाममा यस वर्ष अनार खेति सुरु गरेको छ । पहिलो चरण अन्र्तगत यस वर्ष सात सय विरुवा रोपिएको स्थानिय कुलविन्द्र फुयाँल वताउनुहुन्छ । विद्यालयको नियमित आम्दानीको श्रोत हुने र यसले शैक्षिक गुणस्तर कायम गर्न पनि महत्वपूर्ण सहयोग गर्ने भएका कारण विद्यालयको जग्गामा अनार खेति गरिएको स्थानिय रुपमा गठन भएको कदासे कृषि व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका फुयाँलले जानकारी दिए ।
अनारको व्यवसायीक रुपमा नै खेति गर्न किसानहरु लागि परेपछि दोलखाको भिमेश्वर नगरपालिको किराँतीछापमा अनारको नर्सरी वनाउनका लागि काम सुरु भएको छ । दोलखा जिल्लामा अनार खेति गर्नका लागि अनुकुल रहेको र दोलखा भन्दा वाहिरका जिल्लामा समेत यसको सम्भावना देखिएका कारण यसको नर्सरी आवाश्यकता देखिएको स्थानिय भोजराज न्यौपाने वताउनुहुन्छ ।
अनार खेतिको दोलखामा वढ्दो सम्भावना देखिएकाले जिल्ला विकास समितीले पनि नर्सरी निर्माणका लागि गत वर्ष १ लाख रुपैया वजेट विनियोजन गरेको थियो । अनारको प्रचार प्रसार गर्नका लागि गत वर्षबाट दोलखाबाटै अनार दिवस मनाउने काम सूरु भएको छ । जिल्ला कृषि विकास कार्यालय, जिल्ल भूसंरक्षण कार्यालय लगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा यस वर्ष पनि यहि असार २७ गते अनार दिवस मनाइएको थियो ।
अनारको व्यवसायिक खेती सुरु भएपछि राजनैतिक दलहरु पनि यस अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छन । अनारको खेतिलाई प्रवद्धन गर्न सकिए त्यसले पर्यटन उद्योगमा पनि टेवा दिने भएकाले त्यसका लागि यस वर्ष जिल्ला विकास समितिबाट रकम छुट्याउनका लागि पहल गर्ने नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ्ग वताउनुहुन्छ । एनेकपा माओवादी दोलखाका सेक्रेटरी हिमाल शर्मा अनारको व्यवसायिक खेतीमा भैरहेको कामले दोलखाको कृषि क्षेत्रमा आशा जगाएको वताउनुहुन्छ ।
नेपाल कृषि प्रधान मूलुक भएपनि सरोकारवाला पक्षको यसमा खासै ध्यान पुग्न सकेको छैन । कृषि क्षेत्रमा आधुनिकिकरण गर्ने हो भने देशमा अहिले देखिएको वेरोजगारी समस्या समाधान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । देशमा यस्ता खालका कार्यक्रमहरु अन्य क्षेत्रमा पनि गर्न सकिए त्यसले कृषि पेसामा आवद्ध जनतालाई आत्मनिर्भर त वनाँउछ नै देशलाई पनि आर्थिक रुपमा सम्पन्न बन्न सहयोग गर्छ ।
दोलखाको दक्षिणी गाविस घ्याङसुकाठोकर गाविस हावापानीको दृष्टिकोणबाट उष्ण हावापानी भएको क्षेत्र भएका कारण यो क्षेत्रमा अनारको सम्भावना वढि देखिएका कारण जिल्ला भू संरक्षण कार्यालय अनार गाँउ वनाउन लागि परेको कार्यालय प्रमूख शेरबहादुर श्रेष्ठ बताउनुहुन्छ । अनारको फलको वजारमा माग धेरै रहेको तथा प्रतिकिलो ३ सय रुपैंयासम्म पर्ने थाहा पाएपछि स्थानिय वासिन्दा लक्ष्मी भण्डारीले गत वर्ष आफ्नो खेतबारीमा अनार रोप्नुभएको थियो यो साल नै अनारमा फुल फुलेपछि उहाँ झनै उत्साहित भएको वताउनुहुन्छ । “जिल्ला भू संरक्षण कार्यालयबाट आउनुभएका सरहरुले यसको वजारमा माग पनि राम्रो छ भन्नुभएको छ । पोहोर रोपेको विरुवामा यो सालमा नै फूल फूल्यो अव १, २ वर्षमा नै फल लाग्छ होला । यसले घरखर्च चलाउन सजिलो हुन्छ भन्ने लागेको छ,” भण्डारीले भनिन ।
अनार स्याहार गर्दै स्थानीय बासिन्दा |
वर्तमान समयमा विश्वमा जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा समेत विभिन्न नकरात्मक असरहरु देखा पर्न थालिसकेका छन । जलवायु परिवर्तनको दृष्टिकोणले पनि अनारमा अनुकुलनताको क्षमता वढि हुने तथा यस फलका लागि गर्मि तथा सुख्खा मौसम अनुकुल हुने भएकाले यस गाविस छनौट गरि व्यवसायिक खेतिमा गर्न जोड दिइएको जिल्ला भू संरक्षण कार्यालयका प्रमूख शेरबहादुर श्रेष्ठ बताउनुहुन्छ । अनार गाँउ वनाउनका लागि गत वर्ष यस गाविसमा कार्यालयले किसानहरुलाई चार हजार पाँच सय विरुवा वितरण गरेको थियो । यसमा करिव तीन हजार विरुवा सरेको स्थानिय वासिन्दा सुब बहादुर भण्डारी वताउनुहुन्छ । अनारको वारेमा धेरै ज्ञान नभएका कारण विरुवा मरेको उनि बताँउछन । “कस्तो ठाँउमा रोप्ने, अनारका लागि कस्तो माटो सुहाँउदो हुन्छ भन्ने थाहा नपाई विरुवा रोप्दा केहि विरुवाहरु मरे,” उनले भने ।
बिरुवा वितरण गर्दै भू संरक्षण कार्यालय प्रमुख शेर ब. श्रेष्ठ
|
घ्याङसुकाठोकरमा अनार फष्टाएको देखेपछि दोलखाका अन्य विभिन्न क्षेत्रका वासिन्दासमेत अनारखेति तर्फ आकर्षित हुन लागेका छन । दोलखाको च्यामा गाविसमा रहेको महेन्द्र उच्च माध्यामीक विद्यालयको नाममा रहेको करिव चौरासी रोपनी जग्गामा विद्यालयले आफ्नो नाममा यस वर्ष अनार खेति सुरु गरेको छ । पहिलो चरण अन्र्तगत यस वर्ष सात सय विरुवा रोपिएको स्थानिय कुलविन्द्र फुयाँल वताउनुहुन्छ । विद्यालयको नियमित आम्दानीको श्रोत हुने र यसले शैक्षिक गुणस्तर कायम गर्न पनि महत्वपूर्ण सहयोग गर्ने भएका कारण विद्यालयको जग्गामा अनार खेति गरिएको स्थानिय रुपमा गठन भएको कदासे कृषि व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका फुयाँलले जानकारी दिए ।
अनारको व्यवसायीक रुपमा नै खेति गर्न किसानहरु लागि परेपछि दोलखाको भिमेश्वर नगरपालिको किराँतीछापमा अनारको नर्सरी वनाउनका लागि काम सुरु भएको छ । दोलखा जिल्लामा अनार खेति गर्नका लागि अनुकुल रहेको र दोलखा भन्दा वाहिरका जिल्लामा समेत यसको सम्भावना देखिएका कारण यसको नर्सरी आवाश्यकता देखिएको स्थानिय भोजराज न्यौपाने वताउनुहुन्छ ।
अनार खेतिको दोलखामा वढ्दो सम्भावना देखिएकाले जिल्ला विकास समितीले पनि नर्सरी निर्माणका लागि गत वर्ष १ लाख रुपैया वजेट विनियोजन गरेको थियो । अनारको प्रचार प्रसार गर्नका लागि गत वर्षबाट दोलखाबाटै अनार दिवस मनाउने काम सूरु भएको छ । जिल्ला कृषि विकास कार्यालय, जिल्ल भूसंरक्षण कार्यालय लगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा यस वर्ष पनि यहि असार २७ गते अनार दिवस मनाइएको थियो ।
अनारको व्यवसायिक खेती सुरु भएपछि राजनैतिक दलहरु पनि यस अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छन । अनारको खेतिलाई प्रवद्धन गर्न सकिए त्यसले पर्यटन उद्योगमा पनि टेवा दिने भएकाले त्यसका लागि यस वर्ष जिल्ला विकास समितिबाट रकम छुट्याउनका लागि पहल गर्ने नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ्ग वताउनुहुन्छ । एनेकपा माओवादी दोलखाका सेक्रेटरी हिमाल शर्मा अनारको व्यवसायिक खेतीमा भैरहेको कामले दोलखाको कृषि क्षेत्रमा आशा जगाएको वताउनुहुन्छ ।
नेपाल कृषि प्रधान मूलुक भएपनि सरोकारवाला पक्षको यसमा खासै ध्यान पुग्न सकेको छैन । कृषि क्षेत्रमा आधुनिकिकरण गर्ने हो भने देशमा अहिले देखिएको वेरोजगारी समस्या समाधान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । देशमा यस्ता खालका कार्यक्रमहरु अन्य क्षेत्रमा पनि गर्न सकिए त्यसले कृषि पेसामा आवद्ध जनतालाई आत्मनिर्भर त वनाँउछ नै देशलाई पनि आर्थिक रुपमा सम्पन्न बन्न सहयोग गर्छ ।
हाम्रो जिल्ला र गाउँ को बारेमा खबर पोस्ट गरेको मा धेरै धेरै धन्यवाद
ReplyDeleteअमृत बाबु थोकर (भेडपु)