• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महंगो वन्ने भो माथिल्लो तामाकोसी

स्वदेशी लगानीमा दोलखाको लामावगरमा वन्न लागेको माथिल्लो तामाकोसी जलविद्युत परियोजना नेपालकै सस्तो भन्ने गरिएको छ । तामाकोसि शिलान्यसका क्रममा तत्कालिन उर्जा मन्त्रि गोकर्ण विष्टले तामाकोसि महंगो भएका त्यसले देशलाई नै असर गर्ने भएकाले तोकिएको समयमा पुरा हुनुपर्ने वताएका थिए । “तोकिएको समयमा काम पुरा हुनुपर्छ त्यसका लागि दैनिक तीन सिफ्ट भए पनि काम गराउनुपर्छ । मैले यो कुराका लागि निर्देशकलाई भनिसकेको छु ।” लामावगरको गोगरमा आयोजना गरिएको भव्य समारोहमा वोल्दनै मन्त्रि विष्टले भनेका थिए ।  
तामाकोसी जलविद्युत परियोजनाले देशको जलश्रोत इतिहासमा नयाँ अध्याय सुरु गरेको छ । ४५६ मेगावाट क्षमताको यो परियोजना पूर्ण रुपमा स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । देशकै सस्तो हुने ठानिएको यो परियोजना महंगो हुन सक्ने भनेर विभिन्न समाचारहरु प्रकाशमा आउन लागेका छन ।

 इलेक्ट्रो मेकानिकल कामको ठेक्कामा ढिलाई भएको समाचार आइरहेको अवस्थामा दोलखा जिल्लाका राजनैतिक दलहरु पनि तामाकोशी योजना महंगो हुने आशंका व्यक्त गर्दछन । नेकपा माओवादी दोलखाका इञ्चार्ज हिमाल शर्मा माथिल्लो तामाकोशिमा विभिन्न पक्षबाट चलखेल सुरु भएका कारण तामाकोसी महंगो हुने अवस्थामा पुगेको वताँउछन । सरोकारवाला निकायहरुले अनुचित लाभ लिएर यसका वारेमा मुख नखोलेको उनको शंका छ ।

माथिल्लो तामाकोशीको प्रवेश मार्ग सुरुंग
फोटो अर्जुन "अपवाद"
 “तामाकोशीले शुनको अण्डा पार्छ भनेर प्रचार गरिएको थियो । तर अहिले तामाकोसी जलविद्युत आयोजनामा भएको गलत कामहरु वारे जिल्लाका जिम्मेवार निकायहरु नवोल्दा सुनको अण्डा केहीका गोजीमा परिसकेको शंका छ ।” हिमालले भने । उनको यो भनाईसंग राप्रपा दोलखाका अध्यक्ष नर पाख्रिन पनि सहमत छन । तामाकोसी जलविद्युत परियोजनाले निर्माण गरेका सडकको दर्जनौं स्थानमा अहिले पहिरो गएको तथा सडक हिलो भएका कारण सवारी साधन सञ्चालन गर्न समेत मुस्किल छ । तर असवारे अहिलेसम्म कसैले वोलेका छैनन । कच्चा काम गरेर ठेकेदारहरुले लापरवाही गरेका छन । यसको क्षतीपुर्ति कसले दिने हो ? उनी प्रश्न गर्छन ।  सडक निर्माण गर्दा नै कमजोर तरिकावाट वनाइएकोले यसवाट तामाकोसीलाई थप भार थपिएको वताँउछन एकजना प्राविधिक भागवत खड्का । अहिलेसम्म गरिएको निमार्णको काम नै कमशल भएका कारण योजना महंगो हुने उनको भनाई छ ।  ”एकैपटकमा गर्नुपर्ने काम २ २ पटक काम गर्नुपर्ने भएको छ । दोलखा सिङ्गटी सडकमा प्रतिकलोमिटर सडकको लागत १ करोड लागेको छ । काम कच्चा भएका कारण फेरी १ करोड खर्च लाग्ने देखिन्छ “ उनले भने । तर तामाकोसी जलविद्युत परियोजनाका सिभिल महाशाखा प्रमूख मधुसुदन प्रताप मल्ल चर्चा गरिएजस्तै योजना महंगो हुने नभए पनि केही रकम भने फरक पर्ने वताउँछन । ” अहिले वाटो विग्रिएको कुरा आइरहेको छ । त्यसका कारण आयोजना महंगो हुने भन्ने कुरामा सत्यता छैन । तर फेरी काम गर्नुपर्दा केही रकम भने फरक पर्न सक्छ“ उनले भने । देशको सबैभन्दा सस्तो हुने भनिएको विद्युत आयोजना महंगो हुन गयो भने त्यसले नेपाली जलविद्युत क्षेत्रमा नै नकरात्मक असर पार्ने निश्चित छ । यसैले यसका बारेमा सबैले चनाखो हुनुपर्ने अवस्था आएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना