अर्जुन अपवाद
नयाँ विहान हुनु अघि, अन्धकार रात हुन्छ ।
कति दुखे मनहरु, केहि थिएन नाप्नलाई
आफ्नै मात्र दु:ख देख्ने, मानिसको जात हुन्छ ।
देश दुख्दा द्वन्द्व सँगै, मेरो संसार सामेल थियो
अरूलाई सुन्ने कस्ले, सबैको आफ्नो बात हुन्छ ।
कोट्याएर के हुन्छ र, खाटा बस्या घाउ अब
फुकाइदिँदा यो मनलाई, पिडाहरुको खात हुन्छ ।
बिर्स भन्छन् सबै जना, बिर्सने पो कसो गरि
सुन्दर देश बनाँउ अब, हातमाथी हात हुन्छ ।
from sapanasansar.com
~apawad@hotmail.com
No comments:
Post a Comment