• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नीतिका बारेमा नेता बेखबर



दोलखामा क्रियाशिल राजनैतिक दलका युवा तथा विद्यार्थी संगठनका नेताहरुले नेपाल सरकारले २०६६ सालमा पारित गरेको युवा नीतिका बारेमा आफुलाई जानकारी नभएको बताएका छन । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा सहभागीमूलक ग्रामीण विकास कार्यक्रम दोलखाले आयोजना गरेको राष्ट्रिय युवा नीति २०६६ कार्यान्वयनको अवस्था तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले यस्तो वताएका हुन । 
जिल्लामा क्रियाशिल राजनैतिक दलका युवा तथा विद्यार्थी संगठनका प्रतिनिधीहरुले भाग लिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश युवा तथा विद्यार्थी नेताले आफुलाइृ युवा नीति सरकारले लागु गरेको छ भन्ने समेत थाहा नभएको वताएका थिए । 


कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीको भातृ संगठन वाइ सि एल दोलखाका राम पाण्डे उदितले युवा नीति आफुले अध्ययन गर्न नपाएको वताए । अन्तरक्रियामा सहभागी भएका अखिल क्रान्तीकारी दोलखाका सुब्बा श्रेष्ठले हालसम्म युवा नीतिका बारेमा जानकारी नपाएको वताउनुभयो । “मैले आजसम्म थुवा नीति सरकारले लागु गरेको छ भन्ने थाहा नै पाएको थिइन ।” श्रेष्ठले भने । 
नेपाल युवा संस्था सञ्जाल आयोनको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा दोलखाका विभिन्न क्षेत्रमा सरोकार राख्ने २५ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै युवा संघ नेपालका केन्द्रिय सदस्य हिरा थोकरले युवा दिवसका बारेमा अझै पनि युवाहरुले रेडियो तथा टेलिभिजनबाट मात्र थाहा पाउनुपर्ने अवस्था रहेकाले यसको कार्यान्वयनमा जटिलता भएको वताए ।“नीतिमा सबै कुरा समेटिएका छन यसलाइ कार्यान्वयन गराउनका लागि धेरै नै चुनौती छन  ।” थोकरले भने । कार्यक्रममा आफ्नो भनाई राख्दै तरुण दल दोलखाका पुष्कर शिवाकोटी, नेपाल विद्यार्थी संघका भीम खड्का नेकपा एमाले दोलखाका  सचिव भरत दुलाल लगायतले युवा नीति महत्वाकांक्षी भएका कारण कार्यान्यन गर्नका लागि कठिनाई रहेको वताउनुभयो । 


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. आदर्निए ,, साथीहरु ,भबिषय का ,, महान देश र जन्ता को लागि ,, केही गर्नु ,पर्छ , तपाईं हाम्रो जिम्मा मा हाम्रो ,,जन्म भुमी माता ,ले खुशी अशिरबाद दिन्छ्न .....

    ReplyDelete

हाम्रो फेसबुक पाना