• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वाजा वजाउँदै गाँउ विकास


अर्जुन "अपवाद" 

विवाह लगायतका शुभकार्यहरुमा वजाइने पञ्चेबाजा आजकाल कम मात्रामा सुन्ने गरिन्छ । परम्परागत रुपमा वाजा वजाउँदै आएको दलित समुदायको नयाँ पुस्ताले यसमा चासो नदिएपछि यो वाजा कम मात्रामा सुनिन लागेको हो । वाजा वजाउने संस्कारका कारण जीवनस्तर परिवर्तन हुने नदेखेपछि यो पेशावाट दलित समुदाय विस्थापन हुन लागेको दोलखा जिलुका कृष्णवहादुर नेपाली वताउनुहुन्छ । 
तर समाजमा रहेको यो संस्कार वचाउनका लागि दोलखाकै सुस्पाक्षमावतीमा रहेका थामीहरु लागिपरेका छन । थामी समुदाय दोलखा मूलथलो भएको जनजाती समूहमा पर्दछ । समूह निमार्ण गरेर वाजा वजाउन लागेका थामीहरुको यस कार्यले थामी गाँउमा विभिन्न विकास निर्माणका कार्यहरु समेत भएका छन ।
 वाजा वजाएर उनिहरुले गाँउमा निर्माण गरेको वाजा समूहका कारण गाँउमा आर्थीक कारोवार गर्न पनि सहज भएको छ । वाजा बजाउने संस्कृतिलाई बचाउन चार वर्ष देखि दोलखा सस्पाक्षमावती दामराङमा एउटा अभियान नै चलेको छ । 
बाजा बजौं दै   थामी समुदाय
फोटो अपवाद 

वाजा वजाउन यस गाँउका थामिहरुले विगत ४ वर्षदेखि वाजा समूह गठन गरेका छन । गणेश बहादुर थामी सुरुदेखि नै यो अभियानमा संलग्न छन । उनि समूहमा झ्याम्टा वजाउछन । “गाँउघरमा  वाजा वजाउने मानिसहरु नभएका कारण यो समूहको निर्माण गरिएको हो । ” उनले भने । 
थामीहरुको यो पूख्र्यौली पेशा त हैन तर उनिहरुले यो कामका लागि आवाश्याक बाजासमेत आफैंले निर्माण गरेका हुन् । वाजा वजाउने काम गर्न गाँउ समाजमा खाजी हुन लागेपछि यो समूहका लागि आवाश्यक वाजा आफैंले निर्माण गरेको कालुमान थामी को भनाई छ । ”हामी यो वाजाचाँही हामी आफैंले बनाको हो । सार्कीहरुसंग सोधेर । कर्नाल चाँही हामीले बनाको हैन त्यो चाँही किनेको । ” थामीले भने । 
थामीहरुले वाजा वजाउन लागेपछी स्थानिय गाँउघरमा हुने विवाह लगायत अन्य शुभ कार्यका लागि पनि थामीहरुलाई डाक्न लागिएको छ । गएको वैशाख महिनामा सुष्पाक्षमावतीकी अम्बिका दाहालले आफ्नो छोराको विहे गर्नुभयो । छोराको विहेमा वाजा वजाउन उहाँले थामीलाई नै डाक्नुभयो । थामीहरु दलितको भन्दा कम मूल्यमा वाजा वजाइदिने भएकाले पनि वाजा वजाउनका लागि थामीहरुलाई नै डाकेको दाहाल वताउनुहून्छ । “दलितले वाजा वजाँउदा १५÷२० हजार रुपैया लगानी हुन्थ्यो भने अहिले थामी जातीमा ८, १० हजारले काम चलाउछौं । सस्तो पनि भएकाले दलित भन्दा थामीहरुलाई वाजा वजाउन वोलाउने गर्छौ । ” दाहालले भनीन । 
थामीहरुले बिवाहमा पन्चे बाजा बजाए बापत आएको रकमलाई बचत समुह बनाएर जम्मा गरेका छन् । यसले उनिहरुलाई आर्थिक कारोबार गर्न पनि सहज बनाएको बताउनुहुन्छ समुहका गोकुलबहादुर थामी । सुरुसुरुमा गाउघरमा ऋण काढ्न जाँदा महंगो व्याजदरमा ऋण लिनुपर्ने अवस्थावाट थामीहरु अहिले मुक्त भएका छन । “थामी जाती भनेको पहिलेदेखि पिडित भएको हुनाले हामीले साहु काड्न जाँदा पनि सयकडा पाँचमा ऋण चलाउनु पर्ने भएकाले थामी समूदायलाई थोरै व्याजमा पार्नै गरिकन पञ्चैवाजा समूह वनायौं । अनि त्यो पञ्चैवाजा समूहबाट अलिकति पैसा जम्मा गरेर थोरै व्याजमा अहिले पैसा कोषमा जति राख्या छौ दिइराखेका छौ ।” थामीले वताए । 
वाजा वजाएर संकलन गरेको थामी समूदायले यसरी वाजा वजाएर जम्मा गरेको पैसा सामाजिक हितका लागि समेत खर्च गर्ने गर्छ । गाँउमा आवाश्यक परेका सामाग्री खरिद गर्नका लागि पनि यो कोषको रकम प्रयोग गर्ने गरेको समूहका सदस्य वलवहादुर थामी वताउनुहुन्छ । “ समूहमा जम्मा भएको पैसा आवाश्यक परेको वेला थालवटुको, मैनटोल, आफु हिड्ने, वाटो वनाँउदाखेरि खर्च गर्छौ उब्रेको खर्च त्यहिँ राख्छौ । ऋण दिने गर्छौ । सयकडा १० पारेका छ अहिलेचाँही पहिला २० थियो । आवाश्यक पर्दाखेरि कसैले कुखुरापाल्न आलु खेति तरकारी खेति गर्न भनेर दिएको छ ।” थामीले भने 
पन्चे बाजा जोगाउने थामिहरुको सानो प्रयासले दोलखामा रौनक ल्याएको छ । 


  • यस बारेमा तयार परीयको यो सामग्री सुन्नका लागि 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. la ramro khabar lerako ma thank u.hami ghai aasaa gar6au yestai khabar ko.

    ReplyDelete

हाम्रो फेसबुक पाना