अर्जुन अपवाद
सधै व्यस्त, देखिने काम छैन
मेरा लागि, लेखिने नाम छैन ।यता उता, हल्लँदै दीन वित्छ
कता जाँउ, म जाने ठाम छैन ।
अपराध, भयो कि बेहोसीमै
पुण्यलाई, अलाप्ने राम छैन ।
अंध्यारोमै, हुर्कीएँ वढे म
यहाँ कुनै, उषा छर्ने घाम छैन ।
अभावमै, वित्छ की जीवन पनि
एक पेट, भरिने दाम छैन ।
जस्तो देख्यौ, त्यही नै रुप मेरो
सत्य कुरा, छोपिने खाम छैन ।
apawad@hotmail.com
from samakalin sahitya