• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तामाकोशी समयमा नै पुरा होला त ? सरोकारवाला के भन्छन ? जस्ताको तस्तै

तामाकोशी जलाबिध्युत योजनाको सडक निर्माणको काममा भयको ढिलाईलाई सबैले तामाकोशी समयमा नबन्ने संकेत क रुपमा बुझ्न थालेका  छन् ! के कुरा त्यस्तै हो त ? आयोजना निर्माण पक्ष के भन्छ ? दोलखाका पत्रकार, नागरिक समाज के भन्छन ? यस्तै प्रश्नमा आधारित रहेर तयार गरियको यो सामग्री !

दिल वहादुर केसी 
पत्रकार / कारोबार दैनिक  
अहिले पछिल्लो समयमा सन २०१५ सम्म पुरा गर्नुपर्ने आयोजना अहिले सिभिल संरचनाको मूख्य ठेकेदार चिनिंया कम्पनी सिनो हाइड्रो कर्पोरेशनले सन २०१० अक्टोबरदेखी काम सुरु गर्नुपर्ने भनिएको थियो तर सडक लगायतका विभिन्न कारणले गर्दा खेरी एक वर्ष ढिला भइसक्यो ।

अहिलेको संरचनामा हेर्ने हो भने एक दिन मात्रै काम रोकिंदा आयोजनाले २ करोड ५० लाख कमाउथ्यो त्यसरी हेर्दा वार्षिक २ अर्व २८ करोड युनिट विद्युत उत्पादन गर्नेमा त्यो वरावरको ८ अर्व रुपैंया कमाउथ्यो तर १ वर्ष ढिला हंदा त्यती त हामीले लसमा गइसक्यौ । फेरी विभिन्न निकायसंग लिएको ऋणको हिसाव गर्दाखेरी त्यो पनि वढ्ला । यसले गर्दाखेरी कतै लम्बिने हो की महंगो हुने हो की भन्ने आशंका पैदा भाको छ ।
आयोजना महंगो हुन गयो भने दोलखालाइ त्यसले कस्तो असर गर्छ ?

दोलखाले ३५ अर्व २९ करोडमा निर्माण हुने आयोजना वरावरको १० प्रतिशत स्थानिय शेयर लगानी हुने भनिएको छ । तर त्यसको अहिलेसम्म संरचना वन्न सकेको छैन । त्यो वापत १ अर्व ५ करोड ८७ लाख दोलखालीले मात्रै लगानी गर्न पाउनेछन । तर आयोजना महंगो भयो भने पनि त्यसको १० प्रतिशत हिस्सा दोलखालीले उ गर्छ र फाइदा  हुंदा पनि दोलखालीले पाउने हो । तर यो राष्ट्रिय हितको आयोजना भएको हुंनाले अव यसको असर भनेको समग्र राष्ट्रिय अर्थतन्त्रमा नै पर्नेछ । किनभने नेपाल विद्युत प्राधिकरण अहिले २८ अर्व घाटामा परेर टाट पल्टीन लागेको अवस्थामा एउटा आशा भनेको माथिल्लो तामाकोसी नै हो । तर यो पनि असफल हुने हो भने नेपाली लगानीमा नेपाली सिपमा त केही पनि हुँदैन । त्यसकारण दोलखालाई मात्र जोडेर भन्दा पनि समग्र राष्ट्रिय हितसंगकै आयोजना हो भन्ने लाग्छ ।
अन्य विद्युत आयोजना पनि वन्दै छन तामाकोसी सस्तो वा महंगो भयो भने ति योजनाहरुलाइृ यसले असर गर्छ कि  गर्दैन  ?
तामाकोसी आयोजना सकिने वित्तिकै तामाकोसी हाइड्रो कम्पनीकै नेतृत्वमा तामाकोसी पाँचौं १०० मेगावटको अर्को तामाकोसी ए ४५ मेगावाटको त्यसरी १४५ मेगावाटको अहिले अध्ययन भइरहेको छ । यो माथिल्लो तामाकोसी २०१५ मा सकिने वित्तिकै ती आयोजना सुरु हुनु पर्नेमा यो ढिला हुनेवित्तिकै त्यसमा पनि असर गर्ने भो । त्यो भन्दा माथी लप्ची खोलामा अहिले ४ सय मेगावाट वरावरका आयोजनाहरु छन । त्यसकारणले अरुमा त असर स्वाभाविक रुपमा कुनै न कुनै रुपमा पर्छ ।
आयोजना महंगो चाँही कुन क्षेत्रमा हुंदैछ ?
२०६२  देखी सडक निर्माणको काम सुरु भएको हो । योकाम ४ वर्ष अगाडी नै सकिनुपथ्र्यो । अहिले तर अहिलेसम्म सिङ्गटीदेखी लामावगरसम्म को ट्रयाक खोलेरमात्रै मूख्य ठेकेदारलाई हस्तान्तरण गरिएको छ । ७ ओटा पुल निर्माण ४ वर्ष अगाडी सकिनुपर्ने थियो ।अहिले २ ओटा मात्रै पुरा भएको छ । ४ पटक सम्म म्याद थप भइसकेको छ । यो सडकको कारणले  गर्दा दोलखादेखि सिङ्गटी खण्डको सडक पनि विभिन्न ठाँउमा विग्रिएको छ । त्यसले गर्दाखेरी संरचना निर्माण गर्ने सामानहरु मूख्य ठेकेदारले पु¥याउन सकिराखेको छैन । अनि अक्टोबरबाट सुरु गर्नुपर्ने आयोजनाका लागि माघदेखी तातोपानी भन्सारमा सिनो हाइड्रोले चिनवाट ल्याएका सामान बैशाखसम्म रोकिए । यसले गर्दाखेरी माथिल्लो तहदेखि माथिल्लो तहदेखि तल्लो तहसम्म र लट थ्रि अन्तर्गत इलेक्ट्रो मेकानीकलको ठेक्का ३ महिनासम्म अख्तियारले लगेर फाईल कव्जा गरेर राख्यो । सबै चरणमा चाँही केही न केही ढिला हुँदै आइरहेको छ यसले गर्दाखेरी सबैतिर ढिला हुन सक्ने अवस्थामा छ 


नवराज शिवाकोटी 
शिक्षक /  सुस्पा क्षमावती गाविस

अहिलेको परिवेश हेर्दा डेफिनेट्ली तामाकोसी आयोजना महंगो हुने हामीले पनि महशुस गरेका छौं । किनभने यो तामाकोसी मार्गको वाटोमा एकदम सिधै ठाडौ बग्ने खोलाहरु छन र यहाँको सडक डिजाइन गर्दा नै काम गलत भयो किनकी ति खोलाहरुमा हिम पाइपहरु  राखिएको छ । जहाँ बडेमाका ढुङ्गाहरु वर्षैपिच्छे लेकबाट वाढिसंगै वगेर आँउछन र अहिले यो सडक खण्डमा क्षती हुनाको एउटा प्रमूख कारण चाँही यही हिमपाइपको कारण गर्दा पनि हो । लेकवाट ठुला ठुला ढुङ्गाहरु वगेर आँउछन र त्यसका प्वालहरु टालिदिन्छन र खोला अनियन्त्रित भएर वाढि आएको समयमा चारैतिर फैलन्छ । यहि कारणले अहिले वाटो पनि वगेको छ । सडक आसपासका घरहरु क्षतिग्रस्त वन्न पुगेका छन । सूरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत खनिएको सडक हो पछि माथिल्लो तामाकोसी जलविद्युत आयोजना बन्ने भएपछि यसलाई अपग्रेड गरिएको हो । हामी सामान्य नागरिकले पनि त्यतिखेरका माथिल्लो तामाकोसी सम्वद्ध पदाधिकारी हरु  ठेकेदारसंग हामीले यो खोलाको प्रकृति यस्तो छ । र यहाँ चाहि हिम पाइप नराखिकन कजवाई राख्नुपर्छ अन्यथा यसले ठुलो क्षती गर्छ भन्दा पनि उहाँहरुले पटक्कै सुन्दै सुन्नुभएन । अर्को कुरा कजवेको निर्माण वैज्ञानिक ढंगले निर्माण गरिएको छैन । अझ भनौं कजवे नै वनाइएको छैन । अर्को कुरा सडक निर्माण गर्दा हामलिे सामान्य नागरिकले देख्दा पनि त्याहाँ हाल्नुपर्ने जत्ति ग्राभेल हालिएको छैन । र माटोको मात्रा वढि छ । जसको कारणले यो वर्षामा त पुरै रोपाँइ गर्न लायकका भएका छन सडकहरु र स्थानिय नागरिकहरुले क्षमावती सुन्द्रांवती जस्ता केहि ठाँउहरुमा रोपाँइ गरेर पनि आफ्नो विरोध प्रदर्शन गरिसक्नुभएको छ । यो दुर्दशा देख्दा स्थानिय नागरिकहरु अहिले त अख्तियारमा पनि केश हाल्ने कि भनेर पनि लागिरहेको अवस्था छ । 
तामाकोसी आउने कुरा हुंदाखेरी के आश गरेका थिए ? महंगो हुने हल्ला आएपछि कस्तो किसिमको प्रतिक्रिया पाउनुभएको छ गाँउघरमा ?
माथिल्लो तामाकोसी वन्ने भन्दाखेरी सम्पूर्ण नागरिकहरु त्यो क्षेत्रमा विशेषगरि त्यही सडक भएर जाने क्षेत्र आसपासका हामी एकदमै खुसी भएका थियौं । सडक राम्रो बन्छ आफ्ना उपजहरु वजारमा लगेर सजिलै विक्रि वितरण गर्न सक्छौं र बाहिरका सामान ल्याउन सकछौं भन्ने हामीलाइृ नं. १ आश थियो । दोश्रो कुरा माथिल्लो तामाकोसीको शेयरको हामीले अपेक्षा गरेका थियौं । लगानी वढेपछि त्यो शेयरको मात्रा पनि नागरिकहरुले थप्नु पर्छ की ? अथवा सर्वसाधारणले तिर्नै नसक्ने अवस्था हून्छ की ? भन्ने पनि नागरिकहरुमा एउटा आशंका छ । यो आयोजना पनि विस्तारै विस्तारै दोश्रो मध्यमस्र्याङ्दी बन्छ की भन्न्न गम्भिर आशंका छ ।


रुद्र वहादुर खड्का 
पूर्व जिविस सभापति दोलखा / सरोकार समिती सदस्य 
यो विषयमा मेरो आफ्नो छुट्टै धारणा छ । पत्रपत्रिकामा नि धेरै कुरा आएका पनि हुन  । मेरो विचारमा अहिले तामाकोसी महंगो हुन्छ  भन्ने वेला होइन । काम भर्खर सुरु भएको छ । टेण्डर प्रकृयामा पनि धेरै घटेर आएको पैसा समायोजन गर्दाखेरी म महंगो हुने सम्भावना म त्यती देख्दिन । कामको मध्यतिर अथवा कामको सुरुवातीका दिनहरुमा कुनै वाधा व्यवधानहरु  भए र त्यसवाट धेरै कम्पेनसेसन दिने अवस्था आएको खण्डमा महंगो हुने निश्चितै छ । महंगीका कारण केही रकम महंगो हुन सक्छ । तर अहिले जती हल्लाका विषयहरु वनेको छन त्यति महंगो यो तामाकोसी हूदैन भन्ने मलाई विश्वास छ । तर त्यो महंगो नवनाउनको लागि हामी त्यसमा सरोकार राख्ने त्यसका सम्वद्ध निकायहरु ठेकेदार लाई हामीले कसरी  सञ्चालन गर्ने कसरी अगाडी वढाउने जनताका समस्याहरुसंग हामीले कसरी साक्षात्कार गर्ने यो विषयमा हामी जानु निश्चय पनि पर्छ । सम्वन्धीत पक्षको लापरवाही र हामी जिम्मेवार राजनैतिक दलको प्रेसर कम भयो की ? २ , ३ दिनमा खोलीने वाटो १० , १० दिन लगाइने जनतालाई दुखमा राख्नु उचित थिएन यसै गरि लिङ्गरीङ गर्ने यसमा चलखेलै गर्ने अवस्था आयो भने यो महंगो हुन्छ नै । 
मैले यो तामाकोसीको विषयमा कुरा गर्दा प्राविधिकहरुसंग कुरा गरें । उनिहरुले के भने भने अहिले सडक वनाँइएको छ ग्राभेल पनि मिलाएर ल्याइएको छैन । जसले गर्दा सडक भत्किएको हो । अनि अर्को कुरा फिलिङ गर्ने कुरा पनि राम्रो भएको छैन र जुन ड्रेन वनाइएको छ त्यो ड्रेनले पानी नै थेग्न सक्दैन भन्ने कुरा गरे उनिहरुले । काम कमसल भएको देखियो त्यस्तो काम हुंदाखेरी पनि सरोकार समिति केही बोलेन नी ? 
सरोकार समितिले पटक पटक त्यो वारेमा वार्न गरेकै हो । मलाई के लाग्यो भने विद्युत क्षेत्रमा लाग्ने इञ्जिनियर प्राविधिक साथिहरुले जुन वाटो वनाउने काममा उनिहरुमा विज्ञता छैन भन्ने कुरा चाँही  प्रमाणित भएर देखिएको छ । ज्वलन्त उदाहरण के छ भने उहाँहरुले हिमपाइपको व्यवस्था गर्नुभयो ठाडो खोलामा हिमपाइप त्यती उपयुक्त हुँदैनथ्यो । कन्सल्ट्यान्टले त्यो जुन गल्ती ग¥यो । प्राविधिकले त्यसलाई स्विकृति प्रदान गरे । त्यसमा चाँही ठुलो नोक्सानीको वाटो हामीले लिनुप¥यो । यो कन्ट्याक्टरलाइृ त १० वर्षसम्म काम गर्न नदिनु पर्ने हो ।
काम कमसल भएको कुरा तपाँइलाइ पनि जानकारी रैछ । अव त्यो काम पुन गर्नुप¥यो । त्यसो गर्दा रकम त वढ्न सक्ने भयो नी ?
रकम त वढ्छ नै । सडकको रकम वढ्दा त्यसलार्इ अपर तामाकोसी संग जोडिरहनु विषयमा ..........
पैसा त तामाकोसी को हो नी ? 
पैसा तामाकोसी अन्तर्गत भयपनि त्यो रकमलाई तामाकोसीसंग जोडेर अव त्यसलाई महंगो भयो भनेर तामाकोसीलाई हतोत्साही वनाउनुभन्दा सडक त हाम्रोे पनि उपयोगको सडक भएको हुंनाले सडकमा लगानी भएको पैसाहरु । जहाँसम्म वाटोको स्तर छ सरोकार राख्नेले पनि त्यसमा हामी एकदमै लागि पर्छौं ।


भागवत खड्का 
सडक प्राबिधिक 
तामाकोसी महंगो हंदैछ भन्ने जुन प्रसंग अहिले वजारमा हल्ला आइरहेको छ यो सहि हो जस्तो लाग्छ मलाई किनभने ठ्याक्कै प्राविधिक नम्समा भन्नुपर्दा जवकी अहिले तामाकोसीले दोलखा सिङ्गटी सम्मको अपग्रेडि बाटो जो चाँही स्तरउन्नती भनेर जुन टेण्डर आव्हान ग¥यो कन्ट्रयाक्टरहरुलाई । जवकी काम सम्पन्न भएर नेपाली ठेकेदारहरुले लगभग लगभग  काम जिम्मा लगाइसकको अवस्था छ । त्यो काममा एक किलोमिटर वाटो निर्माण गर्नका निम्ती डेढ करोड भन्दा वढि खर्च भएको छ । तर पनि त्यो वाटो फेरी पनि अर्को डेढ करोड रुपैंया नलगाई कन नवन्ने यो २ महिनाको वर्षाले देखाएको छ । अर्को कुरा अव सिनो हाइड्रो कम्पनी आइरहेको छ चाईनिज कम्पनी जस्ले हालेको टेण्डर वृद्धि गरेर हामी त्यो भन्दा घटिमा काम गर्न सक्दैनौं भनेर आफ्नो खालको योजना वनाएर लागिरहेको छ । नेपाल सरकारले आर्मीलाई वाटो दिएको थियो पी आर कन्सट्रक्सनको वाटो त्यो वाटोमा पनि अहिले रोडको ग्रेड मिलेको छैन । जसरी १२ करोडमा आर्मीले पहरो फुटाएर वाटो वनायो अव फेरी १२ करोड लगानी गरेर स्तरोन्नती गर्नुपर्ने वाध्यता छ ।  


लक्ष्मण खड्का 
सचिव जनहित नागरिक समाज 
लामो समयदेखी माथिल्लो तामाकोसी महगो हुने भो भनेर प्रेस विज्ञप्तिहरु  निकाल्ने ध्यानाकर्षण गराउने कार्यहरु गरिरहनुभएको  छ । महंगो नै कुन क्षेत्रमा हुँदैछ । 
स्वदेशी पुँजीमा निर्माण  हुना लागेको माथिल्लो तामाकोसी जलविद्युत परियोजना सन २०१५ सम्म निर्माण पुरा गरेर विद्युत उत्पादन गर्ने पूर्व निर्धारित कार्य हो । तर काम केही सुस्त भएको कारणले गर्दा यसको प्रति युनिट लागत वुद्धि हुन सक्छ भन्ने हाम्रो भनाई हो । 
आधार चाँही के तपाँईहरुको 
आधार भनेको माथिल्लो तामाकोसी आयोजनाको प्रवेशमार्ग  निमार्णमा जुन ढिलासुस्ती भयो जुन गुणस्तर हिन सडक निर्माण भयो । विगत ६ महिनादेखी निर्वाध रुपमा दोलखा सिङ्गटी सडक खण्डमा  चाँही यतायातका साधन चल्न सकेका छैनन । भनेपछि हलुका यात्रुवाहक वस चल्न नसक्ने ठाँउमा  सत्तरी टन सम्मको आयोजनाका लागि आवाश्यक पर्ने उपकरणहरु लियर जाने हेभि इक्वुइपमेण्ट हरु सञ्चालन हुन सक्ने अवस्था अहिले पनि छैन । एग्रिमेन्ट भएर पनि समयमै विष्फोटक पदार्थ ढुवानी हुन नसक्नाका कारणले गर्दा र माथिल्लो तामाकोसीको आयोजनाको प्रवेशमार्ग गुणस्तरहिन  भएका कारण सिनो हाईड्रोको एक वर्षको अवधी सडक स्तरवृद्धि गर्ने नामममा सकिएको छ । यसै हिसावले गर्दा यसको लागत वृद्धि हुन्छ र समय पनि अलि फरक पर्न जान्छ भन्ने हाम्रो अनुमान हो । र आयोजना स्तरमा अहिले पनि ६८ किलोमिटर सडक वनिनसकेको अवस्था छ । पचास टन विष्फोटक आयोजना स्थलमा पुगेको छ ३ हजार टन विष्फेटक पदार्थ तामाकोसी आयोजना स्थल गोगरमा पुग्नुपर्छ । विष्फोटक पदार्थ ढुवानीमा नै ढिलासुस्ती भएको छ । आयोजनाका उच्च अधिकारीहरुलाई हामीले नागरिक समाजको तर्फवाट हामीले ध्यानाकर्षण  गराँउदा उहाँहरु निर्धारित समयमै सकिने अझै पनि निर्धारित लागतमा नै हुन्छ भनेर दावी गरिहनुभएको छ । तर परिस्थित त्यस्तो छैन । भन्नलाई लगानीकर्ताहरु हतोत्साही नहुन भनेर जे जे भनिए तापनि ३५ अर्व २९ करोडमा आयोजना वन्दैन । 

राजन शिवाकोटी 
स्थानीय बासिन्दा सुस्पक्षमावती 
तपाँईहरुको गाँउ हुँदै अपर तामाकोसीको सडक खनियो । वनाँउदाखेरी कस्तो तरिकाले वनाइएको थियो ?  
पहिले डिआर एस पिले वनाएको सडकमा गाडी गुडिराको अवस्थामा माथिल्लो तामाकोसीले अपग्रेडिङ  ग¥यो । काम गर्ने जाँदा त्यहाँ गुणस्तरिय रुपमा ग्राभेल नओच्छ्याइएको समयमा ड्रेन वनाउनुपर्ने ड्रेन पनि गुणस्तरिए नभाको भन्ने स्थानिय पब्लिकहरुको व्यपक गुनासो । र त्यो गुनासोलाइ सुधार गर्नका निम्ती स्थानिय जनताहरुले त्यहाँ काम गराइराको साइडका इञ्चार्जहरुलाई निर्माण व्यवसायि कम्पनीहरुलाई पनि उनिहरुले पटक पटक भनेका छन । तथापी उनिहरुले आफ्नो हिसावले मात्र काम गरिरहेका कारण अहिलेको यो समस्या आएको हो । जनताहरुको गुनासो चाँह िके हो भने जुन ग्राभेलहरु ओच्छ्याइएको छ त्यसमा चाँही माटोको मात्रा वढि भयो । जुन ठाँउवाट ग्राभेलका लागि माटो ल्याइयो त्यो नै कमजोर माटो हो ।  
तपाँइहरुले त्यस्तो कुरा तत्काले गर्दाखेरीचाँही कर्मचारीको जवाफ कस्तो हुन्थ्यो  ?
स्थानियहरुलाइ चाँही क्वालीटीका वारेमा ज्ञान हँुदैन । त्यो नहुँदा नहुँदै उनिहरुलेचाँह के वुझे भने ससुरुमा त्यो ग्राभेल ओच्छयाउदा एजिङ राख्ने भाइव्रेशन राम्रोसंग दिने । साइड इञ्चार्जहरुलेचाँही गुणस्तरिय ग्राभेल छ की छैन टेष्ट गर्ने गर्देको भउ हुन्नथ्यो भन्ने उनिहरुको गुनासो । आयोजना आयोजनासंग सम्वन्धीत कर्मचारीहरु र निर्माण व्यवसायीहरुलाइृ समेत स्थानिय मान्छेहरुले यो गुणस्तरिए भएन । यहाँको मानिसहरुको उ अनुसार काम गरियो भने समयमा ड्रेन दिन सकियो भने यसका भित्तामा टेवा पर्खाल लगाउन सकिने भने यो चाँही रहन्छ नत्र यो रहन्न । जनताहरुले भनेको कुरा सुनुवाइृ नभएकैले यो समसया आएको हो । त्यतिखेर साना साना काम नगरेका कारण अहिले ठुलो क्षती भएको छ । मानविय क्षति भएन तथापी व्यक्तिहरुको व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति छ 


मधुसुदन प्रताप मल्ल
सिभिल महाशाखा प्रमूख 
माथिल्लो तामाकोशी आयोजना 

अहिलेसम्म भाको काम चाँही टाइमलाईन भित्र छ की वाहिर छ  ?
सुरुमा गर्नुपर्ने एउटा दुइटा माइलस्टोनचाँही स्लिप भाको छ । त्ये चिजलाई चाँही रिकभरी कसरी गर्न सकिन्छ भनेर प्रोजेक्ट याज अ होल हामीले रि भिजिट रिसेडुलिङ  गरेर ल्याप्सेस हरुलाई हामी रिकुप रिकभरी गर्न सक्छ की भनेर अहिले कन्सल्ट्यान्ट र कन्ट्रयाक्टरका विचमा छलफल चलिराको छ । यसरी अपडेट गर्नुप¥यो की अव आउने अरु लट लट नं २ लट नं टु लट नं. थ्रि लट नं. फो लाई पनि प्रपर्ली कसरी याकमोन्डेट गरेर  सेडुल याज अ सच लाई कसरी अपडेट गर्ने भन्ने कुरा चाँही अध्ययन भैराको छ काठमाण्डौमा ।
जव तामाकोसी शिलान्यास भयो त्यतिखेर उर्जा मन्त्रि गोकर्ण विष्टले ३ सिफ्ट सम्म भएपनि काम गराउनुपर्छ भन्नुभाथ्यो प्राविधिक रुपमा यो सम्भव छ ।
सम्भव छ । अव २४ घण्टा काम गर्न चाँही प्राविधिक दृष्टिकोणवाट सकिन्छ । २,३ ओटा  इक्वुइपमेन्ट राखेर । वत्ति वालेर रातभरी काम गर्न प्रविधिक दृष्टिकोणमा सम्भव छ ।   
खोलाको काममा नसक्ला । सुरुङ्ग खन्ने पावर हाउस वनाउने ड्याम वनाउनेमा पनि सकिन्छ । जति पनि यो सडकहरु विग्रिएको छ अव चाईनिज कम्पनीले नै काम गर्छ । उनीहरुले नै सुपरिभिजन गर्छ । सवग्रेड नै धसेको ठाँउमा सवग्रेड नै चेञ्ज गर्छ । त्यो चाँही प्रपर लगिङ गरेको छ । कामको क्वान्टिटिफाई नि भाको छैन एरिया चाँही आइडन्टी फाई भाको छ । क्वान्टिटी आईडन्टीफाई भएपछि कस्टिङ निस्कन्छ । अहिले भन्दा हचुवा ताल हुन्छ त्यसमा नजाऔं । 
पहिला सडक वनाइयो । सडकको ड्रेनमा पानी नै छिर्दैन ड्रेन कमजोर भएको सडक जिम्मा लिनुभयो भन्ने आरोप छ नी । 
यो डिजाईनहरु रिभ्यु गरेर त्यसलाई अलिकती स्कुपिमाईजिङ गरेको भए अझ रो वोष्ट हुन्थ्यो कि डिजाईन भन्ने मलाइ पनि लागेको छ । पहिलाको जुन डिजाईन छ । त्यसलाई हामीले अक्षरस इम्प्लीमेन्टेशन ग¥यौं । त्यही कारणले कहींकहीं फ्ल देखिएको हुनुपर्छ । अव त्यो कारवाहीको क्रममा विषेषज्ञहरु पनि हुन्छ । त्यो वेला उहाँहरुले यसलाई मोर डिटेलमा प्रस्तुत गर्नुहोला । 


मृगेन्द्रबहादुर सिंह
आयोजना प्रमूख , माथिल्लो तामाकोशी जलबिद्युत आयोजना 

दोलखा वाट सिङ्गटी सम्म ३५ किलोमिटर वाटो छ । ३५ किलोमिटर वाटोमा धेरै विग्रेको एकदमै ग्राभेल नै स्लिप आउट भएको ४ ५ किलोमिटर जति देखिएको छ । अरु ठाँउमा चाँही के छ भने त्यसलाई रिपेयरिङ्ग गर्ने कुरा हो । एउटा के भुल स्विकार गर्छौ भने त्यो वेलामा हामीले जेनेरल्ली २० सेीन्टमिटर २५ सेमि गर्ने भनेर गयौं है । यत्ति धेरै वाल लगाउनु प¥यो की हामीले चिताएभन्दा वढि । मान्छेको घरवारी लड्न लागेको छ उसलाइ वचाउनुप¥यो । वाटो चाँही हामीले तामाकोसीको तलैतलवाट लगेर यो भन्दा कम खर्च हुन्थो तर हामीले चाँही यहाँ वाट लाने वाटोलाई जुन गाँउ पटि छोएर गाको छ त्यही वाटोमै जनताहरुको भलाई छ भन्ने कुरा आएपछि हामीले यहि वाटो नै लिएका हौं । केहि किलोमिटरमा हिलो होला । चाइनिज कम्पनीलाई हामीले ह्याण्ड ओभर गर्छौ । वाटो भनेको कस्तो भने अलिकती खाल्डो हुने वित्तिकै त्यसलाई ग्राभेल भरेर फेरी लेवल मिलाएर त्यसलाई पानी तर्काएको भए यत्ति सारो वाटो खराव हुँदैनथ्यो होला । जहाँ जहाँ वाटो विग्रेको छ हामी त्यो पैसा हामी काट्छौ । यो वाटोचाँही हामीलाई वर्षभरि खुला राख्न अति नै आवाश्यक छ प्रोजेक्टका लागि । हामीलाई पनि धेरै दूख लागेको छ यस्तो वाटो वनाइयो । तपाँइले यति गाली गर्दै हुनुहुन्छ हामी सुनिराखेको छौं । टोटल कष्टको छ देखी सात प्रतिशत रकम हाम्रो सव यसमा खर्च भो ।

   तपाँइहरुले जुन ढंगले वाटो वनाउन खोज्नु भाको थ्यो त्यो वाटोमा धान फलाउन थिएन होला गाडी गुडाउन थियो होला । गाडी गुडेन त्यहाँ दोषि को भयो । आयोजनाले दिने पनिष्मेन्ट के हो ? आयोजनाले वोल्नुप¥यो ।

समन्वय समितिको मिटिङ भैराख्छ । सर्वदलिय त्या चाँही छानविन समिति वनाउने एउटा समन्वय समितिमा हामी कुरा गरेर कसरी गर्ने भन्ने टुङ्गो लगाँउला । तामाकोशी महँगो भन्ने जुन हल्ला भैरछ  त्यो  हुँदैन . सुरुमा इस्टमेट गर्दा डलरको दर नि धेरै राखेको छ . पहिलो लट नि सडक मात्र हैन अरु काम नि छ . सडक को काममा अलिकति समस्या भाको हो . अरु लटमा यसलाई मिलाउन सकिन्छ . 

गणेशप्रसाद भट्टराई 
प्रमुख जिल्ला अधिकारी, दोलखा 
अपर तामाकोसी जलविद्युत आयोजनाको सफलता र छिटो कार्यान्वयन सम्पन्न होस भन्ने मान्यताले सबैलाई घेरेर उत्प्रेरीत भएर यो आको हो । यो अपर तामाकोसी जुन छ यो  राष्ट्रिय महत्वको हो । यसमा भएका राम्रा पक्ष पनि राष्ट्रलाइ फाईदा गर्छ नराम्रो भो भने  पनि राष्ट्रलाई वेफाइदा गर्छ । हामी दोलखा त त्योसंग मुछिइहाल्छौं । विषेसगरेर अख्तियारको कुराहरु अनियमितता कुराहरु जुन कुराहरु छन । यो चासो यो भनेको जिल्ला प्रशानसनको मात्र हैन जिल्ला प्रशासनले पनि हेर्न सक्छ । राज्यव्यवस्था समितिको पनि यहाँ ध्यानाकर्षण हुन्छ । लेखा समितिको पनि हुन्छ अख्तियार दुरुपयोगको पनि हुन्छ महालेखापरिक्षकको पनि हुन्छ । र यहाँ लगानी गर्ने वित्तय संस्थाहरु सबैको चासोको विषय हो । जिल्ला परिषदले आयोजना सरोकार राख्ने पावरफुल समन्वय समिती गठन गरेको छ । वाटो वनाउने हाइड्रोपावर एकदमै टेक्नीकल कुराहरु हुन । अहिले हामीले जति भनेका छौं लेम्यानका हिसावले जनताका हिसावले अनुमानका हिसावले र हामीले देखेको हामीले कमी कमजोरी भएको पनि देखेका छौं । यो कमी कमजोरी सच्चिनुपर्छ यसका लागि हामी छिट्टै समन्वय समितिको बैठक राख्छौं । कती खर्च भो कति इष्टमेट कुन क्वालिटी हो । के हुनुपर्ने हो ? प्रवेशमार्गको वाटोको सवालमा कति खर्च भो यसको शक्ति कति हो । यसमा वातावरणिय पक्ष पनि हेरिएकोमा यसमा के कस्तो छ । यी कुराहरु सार्वजनिक भइसकेपछि अगाडी वढ्न सकिन्छ । अव अहिले जुन गनासो आको छ यो छानविनको दायराभित्र परिसक्यो । छानविन गरेर रिजल्ट के आँउछ प्रुफ भएपछि गल्ती भएको भन्न सकिन्छ अहिले हाम्रो सोझो हिसावले हेर्दाखेरी केही कमी कमजोरी देखीयो यसको छानविन हुनुपर्छ । अनुगमनमा गयौ त्यो अनुगमन छानविनको एउटा कडि हो सुरुवात हो ।


 यसबारे रेडियो शैलुंगले साउन ३१ , २०६८ मा प्रसारण गरेको यो रिपोर्ट  

डाउनलोड गर्नका लागि  :यहाँ थिच्नुहोस 


यसबारे एन्टेना फाउनडेसनले कार्तिक  ५, २०६८ मा प्रसारण गरेको यो अर्को रिपोर्ट  

डाउनलोड गर्नका लागि  


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना