• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

यसकारण असफल भए गैर सरकारी संस्था


सोमत घिमिरे 
गैससकर्मी  
राज्य र समाजको विचमा दुरि धेरै देखियो । अलिकति राज्य भनेको हुनेखानेहरुको सुकिलामुकिलाहरुको लेख्न पढ्न जान्नेहरुको वोल्न जानेकाहरुको वरिपरि घुम्यो । गरिव सिमान्तिकृत समुह कता हो कता राज्य कता हो देखियो र गैसस भन्ने जरुरि देखियो । तर हामी गैससले राज्य र जनताका विचमा सम्वाद गरायौं की आफु सरकार वन्ने प्रयास ग¥यौं ?
कृषिको जेटिएले काम गरेन हामीले सरकारलाई भनेर जेटिएलाई काम गर्ने वातावरण वनायौं की जेटिए राख्यौं । कहिलेकाँही गैसस हेर्दा सरकार देखिन्छ । मलाई लाग्छ यो हाम्रो सरकारको कमजोरी । सरकारले राम्रोसंग चुस्तसंग दुरुस्तसंग गरिवहरुप्रति उत्तरदायि भएर गर भन्ने ध्याउन्नमा हामी धेरै जनतालाई हामीले गर्न लाग्यौ नम्वर एक ।
नम्वर २ गैसस र जनताहरुको विचको सम्वन्ध लिने र दिनेको भयो । जनता थाप्छन हामी दिन्छौं । एउटा गैसस गाँउमा गयो भने गैससले मेरो दुख के भनेर गाँउलेहरुले दूख भन्दैनन्  किनभने गैससहरुले वाँड्छन भन्ने थाहा छ । गैसस जानुभन्दा ३ दिन अगाडी गाँउलेले वुझेर वसेका हुन्छन यो संस्थाले के वाँड्छ । एउटै ठाँउमा चार ओटा संस्थाहरु छन भने गाँउलेहरुले गर्ने वोली फरक हुन्छ । कृषिको गैसस गयो भने वोटविरुवाको समस्या देखाँउछन, शिक्षा सम्वन्धी गैसस गयो भने स्कुलमा यसो उसो भो भवन वनाइदिनुस भन्छ अर्थात गाँउलेहरुसँगको हाम्रो सम्वन्ध लिने र दिनेको विचमा, हामी वाँडुवा,के हामी वाँड्नका लागि जन्मेका हौं । के हाम्रो सम्वन्ध वाँड्ने हो ? कि हाम्रो भुमिका राज्य र जनताविच प्रभावकारी सम्वन्ध र जनउत्तरदायि सरकारको भूमिका निर्वाह गर्ने हो ? त्यसमा हामीले एउटा भूमिका देखाउनुपर्छ । 
तेश्रो कुरा हामीले जनतासंग काम गरेनौं । नढाँटिकन एनजिओले भन्दा जनताका लागि काम ग¥यौं । गरिवका लागि काम ग¥यौं दलितका लागि काम गरे, लागि काम गरेर हुँदैन । जनतासंग काम गरेनौं । एउटाका लागि अर्काले काम गरिदिएर भएको र हुने लक्षण छैन । लागिवाट हामी सँगमा हामी कसरी सर्ने हो । कि कुन गाँउले आएर हामीलाई भन्छ हामीलाई तिमी गैसस आइदेउ हाम्रो गाँउमा विजोग भो भनेर कँही जुलुस आको छ कुनै गैससका कार्यालय अगाडी ? तर गैसस त गाँउलेलाई खोज्दै गाको हो नी  गाँउलेका लागि । यहाँनेर हामी चुक्यौं । 
अर्को कुरा हाम्रो वेसिक थ्यौरी के हो ? यो एन जि ओ भन्ने जातलाई प्राज्ञिक मान्छेहरुले काट्ने कुरा के हो ? कि यसलाई डलरको खेति । कसैको छोराछोरी एनजिओमा काम ग¥यो भने गाँउमा हल्ला चल्छ फलानाको छोरा एनजिओमा काम ग¥यो अरे अव चाँडै नै  काठमाण्डौमा घर वनाँउने भो । हाम्रो विम्व त्यो हो । अहो त्यो गरिवप्रति सर्मपित भएर एउटा मुद्धामा लागेछ एउटा विषयमा लागेछ भन्ने विम्व छ हाम्रो ? भनेपछि हाम्रो पहिचान गलत छ । हामीले जे पहिचान वनायौं । हाम्रो जे शैलि वनायौं हामीले जे देखायौं गाँउलेहरुलाई गाँउलेहरुले त्यसवाट एउटा चित्र निर्माण गरे । गैससमा लाग्नेहरु यस्ता हुन्छन । एउटा गाँउमा जाँदा एनजिओ र गाँउलेविच फरक नछुट्टिए हुन्थ्यो नि त ।  एनजिओका सर मिस जानु र गाँउले गाँउमा वस्नुविचमा यतैवाट थाहा हुनछ । टकक मिनरल वाटरको वोतल, अल्लि अर्कै । यतैवाट थाहा हुन्छ कुन एनजिओ आछ यहाँ भनेर । यसै भएर केहि साहित्यकारहरुले भन्ने गर्छन यो एनजिओको प्रदुषणवाट गाँउलाई मूक्त वनाउन पाए कस्तो हुन्थो । ................

  • गैरसरकारी संस्थामा संलग्न रहेर काम गरिरहेका सोमत घिमिरेले चरिकोटमा २०६८ माघ २९ मा आयोजना गरिएको नेपालमा गैसस रुपान्तरणका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको विचारको मुख्य अंश । 

डाउनलोड गरेर सुन्नुहोस ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना