• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

यसरी हुन्छ सरकारी विद्यालयको गुणस्तर सुधार ।


    हाम्रो विद्यालयले गत वर्षको एसएलसि परिक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल त ग¥यौं तर यस नतिजामा पुरै सन्तोषजनक हुने अवस्था छैन । अझै सुधार गरेर अगाडी वढ्न सकिने धेरै ठाँउ छ । मैले नेतृत्व गरिरहेको विद्यालयमा  शिक्षकको टिम जिल्लाकै उत्कृष्ट रहेको छ । माध्यामिक निम्न माध्यामिक तथा प्राथमिक सबै तहमा । विद्यालयमा रहेका शिक्षकहरुमा रहेको क्षमताअनुसारको नतिजा अझै आएको छैन । 

केशब प्रसाद चौलागाईं
अध्यक्ष
सर्व मा बि , जिलु 
विद्यालय व्यवस्थापन समितिले शिक्षक छनौट गर्दा निष्पक्षता कायम गर्नका लागि धेरै मेहनत ग¥यौं। विद्यालयमा काम गर्न चाहने उम्मेदवारलाई उसको क्षमताको आधारमा चयन ग¥यौं । उसको आस्था तथा पक्षधरता हेरेनौं । म पनि जिल्लामा नेपाली कांग्रेसको जिल्ला सचिव भएर काम गर्छु तर विद्यालयका धेरै शिक्षक मेरो पार्टिमा आस्था राख्ने छैनन । विद्यालयमा छनौट गरिने शिक्षकहरुलाई निष्पक्ष रुपमा छनौट गर्न सकिए शिक्षक जिम्मेवार हुने गर्छ । विद्यालयमा रहेका धेरै शिक्षकहरु एकभन्दा वढि विषयमा पढाउन सक्ने शिक्षकहरु सबैभन्दा पहिलो कुरा हुन शैक्षिक गुणस्तरका लागि । 
दोश्रो कुरा निष्पक्षता हो । विद्यालय व्यवस्थापन समितिको दृष्टि अन्य कुरामा नभई शैक्षिक कुरामा हुनुपर्छ । तेश्रो जहाँ समस्या छ त्यसैमा केन्द्रित भइयो । ४, ५ वर्ष अगाडी हाम्रो विद्यालयको माध्यामिक तहमा विद्यार्थीहरु अंग्रेजीमा निकै कमजोर थिए । यसलाई हटाउन हामीले एक पिरियड पढाईने अंग्रेजी विषयलाई २ पिरियड पढाउन लाग्यौ । यसले गर्दा अंग्रेजीमा केहि भए पनि सुधार भयो । गणित विषयमा अझै समस्या छ । तल्लो कक्षाहरुमा आधार राम्रो नहुँदा समस्या आएको हो । आफुले जानेका केहि कुराहरु म कतिपय अवस्थामा शिक्षकहरुलाई पनि सिकाउने गर्दछु । अहिले माथिल्लो तहमा मात्रै ध्यान नदिई तल्लो तहमा पनि ध्यान दिन सुरु गरिएको छ । आगामी दिनमा ६ कक्षादेखि गणित विषयमा सुधार गर्नका लागि थप कक्षा लिने योजना वनाएको छु । 
पहिला हामीले शिक्षक व्यवस्थापन निष्पक्ष ढंगवाट ग¥यौं । यसका कारण शिक्षकहरु विद्यालयप्रति समर्पित छन । म शिक्षकहरुलाई प्राय भन्ने गर्छु इन्द्रवहादुर खड्का ( पूर्व संसद दोलखा ) र चोकवहादुर दाहाल ( पुर्व मेयर भिमेश्वर नगरपालिका दोलखा ) राजनीतिमा सफल हुनुको मूख्य कारण राजनीति गरेर भन्दा पनि राम्रोसंग पढाएका कारण भएका हुन । तपाँईहरु पनि आफ्नो काममा सर्मपित हुनुभयो भने यसले तपाँईलाई भोली अन्य क्षेत्रमा पनि सहयोग गर्छ । 
अझै पनि अभिभावकहरुमा विद्यालयप्रति नैराश्यता कायम छ । यसका लागि गाँउगाँउमा सिकाईकेन्द्र स्थापना गरेका छौं । यसमा विद्यार्थीलाई थप कक्षा पढाउने गरिनछ वेलुका । केन्द्रमा पढाउनेलाई ३ हजार मासिक दिन्छौं । विद्यार्थीवाट १०० लिन्छौं । यो अहिले प्रभावकारी भएको पाएका छौं । यसले विद्यार्थीमा पढ्ने वानिको विकास गरेको छ । 
विद्यालयमा साप्ताहिक होमवर्क प्रणाली अपनाएका छौं । विद्यार्थीलाई कहिले धेरै कहिले थोरै होमवर्क हुन्छ । यसले गर्दा विद्यार्थीमा नियमित पढाई भएन । यसैलाई ख्याल गरेर हामीले एक दिनमा एक विषयको मात्रै गृहकार्य गर्ने काम सुरु गरिएको छ । 
उड्ने वेलामा वढि समय लाग्छ । हेलिकप्टरलाई पनि उड्न भन्दा भुँई छोड्न वढि वल लाग्छ । हामी अहिले त्यस्तै अवस्थामा छौं । पहिले दोलखाको कालिञ्चोक विद्यालय खुलिसकेको थियो चरिकोटमा तर दोलखामा रहेको भीम विद्यालयमा पढाई राम्रो छ भन्थे । म पनि भीममा भर्ना भएँ पढाई राम्रो छ भन्ने मानसिकता वोकेर । यसले विद्यार्थीलाई सकरात्मक प्रभाव पार्छ । त्यसैकारण विद्यालयहरुले पहिला गुणस्तरिय कायम गर्नुप¥यो र नाम कमाउनुप¥यो । 
सरकारी विद्यालयका शिक्षकहरुले जस पाँउदैनन् । अनि कसरी गुणस्तर कायम हुन्छ ? समस्या देखिएको स्थानमा पहिचान गरौं । जहाँ जे आवश्यकता छ त्यसैमा केन्द्रित भएर काम गरौं । म मात्रै हैन विद्यालय सफल वनाउन सवै पक्ष लागेका छौं । ३ वर्ष पछि विद्यालय जिल्लाकै नमुना वन्छ । हामी यसैमा केन्द्रित भएर काम गरिहेका छौं । 
  • सर्व माध्यामिक विद्यालय दोलखाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका कांग्रेस दोलखाका सचिव चौंलागाँईले दोलखामा आयोजना गरिएको विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्वन्धी शैक्षिक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश । 


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना