नेपालमा अहिले प्रत्येक चारजनामा एक जनाको कमाई दैनिक ५३ रुपैंयाभन्दा कम छ । नेपाल सरकारले दैनिक ५३ रुपैंयाभन्दा कम कमाई हुनेलाई गरिव भनेर तोकेको छ । केन्द्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०६६ ६७ मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण ३ का अनुसार यो संख्या ६६ लाख छ । यो कुल जनसंख्याको २५ दशमलव २ हो ।
नेपालमा गरिवी निवारणका लागि विभिन्न संस्थाहरुले गरिवहरुलाई विभिन्न किसिमका लालिम दिइरहेका छन । गरिवका लागि भनेर राज्य संगसंगै गैरसरकारी संस्थाहरुले तालिमका लागि थुप्रै रकम खर्च गरिरहेका छन । तर यसरी सिकेको सिप प्रयोगमा ल्याएर जीवन परिवर्तन भएको धेरै देखिन्न ।
यसै कुरालाई ध्यानमा राखि यस अंकमा हामीले गरिवी निवारणका लागि सिप सिकाउनुभन्दा जागिर दिनु उपयुक्त हुन्छ भन्ने विषयमा छलफल चलायका छौं ।
यस विषयमा पक्षतर्फ वहस गर्न सहभागि हनुहुन्छ ।
- इश्वर पौडेल, शिक्षक
- दिलवहादुर केसी, पत्रकार कारोवार दैनिक
- केदारनाथ दाहाल, जिल्ला वन अधिकृत
- शंकर श्रेष्ठ, शिक्षक
- रविन्द्र गौतम, पत्रकार अभियान दैनिक
- विष्णु थापा, कार्यक्रम अधिकृत लघु उद्यमी समुह संघ दोलखा
यस कार्यक्रमलाई सुन्नका लागि
यस कार्यक्रम तपाईले डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।
यसका लागि यहाँ थिच्नुहोस
तपाईलाई यो कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिकृया जनाउनुहोला । यसका लागि हाम्रो इमेल ठेगाना रहेको छ apawad@hotmail.com
No comments:
Post a Comment