हुन त १ विस उमेर कटेर अर्को आधा दर्जन उमेर पार गर्ने वेला भइसक्यो । मैले अझै व्राह्मणवादको सर्वस्विकार्य परिभाषा भेट्न सकेको छैन । यसलाई आफ्नै स्वार्थअनुकुल व्याख्या गरिएको जस्तो लाग्छ मलाई । तर पछिल्लो समयमा यसको प्रयोग ज्यादा हुँदै गइरहेको छ । अर्थ वुझ्नु नवुझ्नु अर्कै कुरा हो ।
आकाश र पाताल सम्याउने हुंकारका साथ जनयुद्ध सुरु हुँदा धेरैको आशा मेहनत गरेर खान पाइएला भन्ने थियो । कसैलाई दुख दिएर जीवीकोपार्जन गर्नेहरुलाई विगतको जस्तो कसैको निगाहामा कानुन नलाग्ला भन्ने थिएन । सुरुमा कल्पनाका क्रान्तीकारीहरु हाम्रा घरआँगनमा आउन लागे । पछि चिनेजानेका पनि जनयुद्धमा होमीएपछि जनयुद्ध पनि सामान्य वन्न लाग्यो ।
हातमा वन्दुक वोक्नेहरुले झोलामा बोकेका कितावहरु पढ्दै हामीलाई भन्थे अव यो देशमा आमुल परिवर्तन हुन्छ । दिनभर सरकारले काम लगाँउछ । त्यसका लागि जीवन निर्वाहको चाँजोपाँजो पनि सरकारकै हुन्छ । टुकीको मधुरो उज्यालोमा हामी उनका उज्याला योजनाहरु सुनिरहन्थयौं । उनिहरुका अगाडी रेडियो नेपाल सुन्न डर लाग्थ्यो गएपछि रेडियो सुन्थ्यौं । रेडियोले प्रचार प्रसार गथ्र्यो गाँउगाँउमा सवै वरावर हुन्छन भनेर फैलाइएका प्रचारहरु कोरा कल्पना हुन । यिनमा सत्यता छैन । यिनले केवल सोझा गाँउलेहरुको दिमाग भुटिरहेका छन ।
अहिलेसम्म हामी पछाडी पर्नुको कारण त नेपालमा वंशमा आधारीत राज्यव्यवस्था भएर पो त । नत्र त यो देशमा कोही पनी गरिव दूःखि नै रहने थिएनन । दिनभर काम गरेर वेलुका चुलो वाल्ने समस्या नै रहने थिएन । यो व्रह्मणवादी राज्यसत्ताले सर्वहारालाई माथी जान दिएन । उनिहरु भन्थे अहिले त कानुनमा नै वंशमा आधारित शासकलाई जे पनि गर्न पाउने अधिकार दिइएको छ । अनि पो हामी पछाडी प¥यौं त । टाटेपाटे लुगा लगाएर कुरा गर्नेले यस्तै के के भन्थे सवै सम्झन सकिएन तर सबै समान हुन हामीलाई धर्मले छेकेको छ पनि भन्थे उनिहरु कहिलेकाँही । यो भाग्यवादमा आधारित भयो । यसले श्रमको सम्मान गरेन भन्नेमा उनिहरुको दृढ विश्वास थियो जस्तो लाग्छ अहिले सम्झँदा ।
त्यति वेला सुने पुग्थ्यो, सोच्नु आवाश्यक थिएन । समय वदलियो अहिले सुनेर मात्र नपुग्ने भयो । एउटै कुरालाई धेरै पटक थुप्रै कोणवाट खोतल्नु पर्ने अवस्था आयो । अनि मलाई सोध्न मन लागिरहेको छ । यो व्राह्मणवाद भनेको चाँही के हो ? की यो हिन्दू व्यवस्था अन्तर्गत सबैभन्दा उच्च मानिएको वर्ग हो ? यदि त्यसो हो भने त हिन्दु संस्कार मान्नेहरुमात्रै पछाडी पर्नुपर्ने हो । तर यहाँ यस मान्यतालाई अस्विकार गर्नेहरु पनि त छन । ती सबै समुदायको उत्थान भएको त पाईनन । यहाँ एक छाक खान धौ धौ हुने वोद्धमार्गीहरु पनि छन । जुन समुदायका प्रवर्तक वुद्धको वचन तिमीले मेरो कुरा परिक्षण गर्न सक्छौ यदि तिमीलाई शंका लाग्छ भन्ने थियो । अन्य समुदायहरुको पनि अवस्था त्यस्तै त्यस्तै छ ।
धेरै जाती समुदाय नेपालमा मिलेर वसिरहेकै छन । अव भने शंकाका वादल मडारिन लागेका छन । भोली यसै होला भन्न सकिने अवस्था छैन ।
केही समय अगाडी इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेल भन्दै थिए । कुनै एउटा जिल्लामा एउटा जातिय समुदायको एकजनाले गएर प्रमुख जिल्ला अधिकारीलाई धम्क्याएछ । प्रमूख जिल्ला अधिकारीले त्यस मान्छेलाई प्रहरीको प्रयोग गरेर नियन्त्रणमा लिएछन । प्रमूख जिल्ला अधिकारी जनजाती भन्दा अन्य समुदायको थिए अरे । भोलिपल्ट सदरमुकाममा जुलुश निस्किएछ प्रमुख जिल्ला अधिकारीले जनजातीलाई नियन्त्रणमा लिएकोमा विरोध जनाँउदै । मलाई लागिरहेको छ । यदि प्रमुख जिल्ला अधिकारी जनजाती समुदाय र धम्क्याउने मान्छे अन्य समुदायको भए के हुन्थ्यो होला ?
अहिले देशमा भ्रष्टचारका विभिन्न घटनाहरु प्रकाशमा आईरहेका छन । यसमा अदालतले भटाभट निर्णय गरिरहेको छ । यसमा अदालतले दोषि ठह¥याएका हरु आफुलाई कुनै समुदाय वा जातजाती भएवापत कारवाही गरिएको वताइरहेका छन । के नेपालमा विगतमा र अहिले पनि कुनै जातजाती धर्म सम्प्रदाय वा भौगोलीक अवस्थाका आधारमा कारवाहि गरिएको छ र ?
प्राकृतिक नियम नै हो । जंगलमा आगो लगाउन धेरै मेहनत गर्नु पर्दैन जति त्यो आगो फैलिएपछि निभाउन मेहनत गर्नुपर्छ । अहिले व्राह्मणवादका नाममा जसरी एक समुदायमाथि सबै अपजसको भारी वोकाउन खोजिंदै छ । त्यसले हामीले खोजेको नयाँ नेपाल प्राप्त होला र ? म अन्यौलमा छु ।
मिर्गे – ५, चिलाउनेखर्क
दोलखा, जनकपुर
apawad@hotmail.com