• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दोलखाको मिर्गे गाविस धुवाँमुक्त गाविस घोषणा गरिने



इश्वरी दाहाल/मिर्गे 
दोलखाको मिर्गे गाविसलाई धुवामुक्त गाविस वनाउने उद्येश्य सहित सुरु गरिएको  १ दिने जैविक उर्जा सम्वन्धी तालिम सम्पन्न भएको छ ।
ग्रामीण उर्जा तथा सामुदायिक विकास केन्द्र दोलखाको आयोजनामा सम्पन्न भएको तालिममा गाविसका ३५ जनाको सहभागिता रहेको थियो । गाविसमा ८० प्रतिशत भन्दा वढि सुधारिएको चुलो निर्माण गर्ने र धुवाँरहित गाविस घोषणा गर्ने उद्धेश्यका साथ आयोजना गरिएको तालिममा ग्रामिण उर्जा तथा सामुदायिक विकास केन्द्रका तेजकुमार सुनुवार र कृष्ण थोकरले सहजिकरण गर्नुभएको थियो । तालिममा सुधारिएको चुलो तथा फलामे चुलोको उपयोगिता तथा प्रयोगका वारे जानकारी गराइएको थियो । तालिममा मिर्गे गाविसका  आठ ओटा सामुदायिक संस्था चारओटा सहकारी तथा सामुदायिक केन्द्रका प्रतिनिधिहरु सहभागि भएका थिए । 
यसैगरि कार्यक्रममा गाविसस्तरिय जैविक उर्जा समिति मिर्गेको गठन समेत गरिएको छ । गाविस सचव सम्वरवहादुर तामाङको  अध्यक्षतामा गठन गरिएको समितीको सचिवमा सोमप्रसाद घिमिरे, कोषाध्यक्षमा मलमली तामाङ तथा सदस्यहरुमा दानबहादुर तामाङ, सरिता केसी, सन्तोषी कार्की, वालकृष्ण नेपाली, सिता थापा, पुष्करकुमार दाहाल,गोमादेवी  दाहाल, ज्ञानेन्द्र खड्का चयन भएका छन । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना