• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कमरेडले वुझे कलमको महत्व


दोलखा सुनखानीका शुभराज शिवाकोटीको सानैदेखिको सपना सेनामा जागिर खाने थियो । २०६२ सालमा उहाँ ७ कक्षामा पढ्दै थिए । देशमा द्धन्द चलिरहेको थियो । । हतियार वोकेका सेना तथा माओवादीहरु गाउँगाँउमा आउने जाने गर्दथे । यसवेलामा उहाँलाई तत्कालिन विद्रोही नेकपा माओवादी पार्टीले जनसेना वनाइदिने आश्वासन दियो । आफ्नो सानैदेखिको सपना पुरा हुने भएपछि शुभराज आफ्नो पढाई छोडेर जनसेनामा लागे ।  
माओवादीको सेनामा चारवर्ष काम गरेपछि उनलाई विचैमा पढाई छोडेको कुरामा पछुतो लाग्न लाग्यो । यसपछि उनी जनयुद्ध छोडेर आफ्नो अधुरो पढाई निरन्तरता दिन विद्यालयमा फिर्ता भए । आफूले पहिले पढिरहेको विद्यालय कालिनाग उच्च माध्यामिक विद्यालयवाट एसएलसि परिक्षा उतिर्ण गरेर अहिले चरिकोटको हिम्स एकेडेमीमा कक्षा ११ मा अध्ययन गर्दै गरेका शुभराज भन्छन  “त्यतिखेर वन्दुक शक्तिशाली लाग्थ्यो । तर शक्तिशालि त कलम पो रहेछ ।”
शुभराजको विद्यालय पुनरागमनले विद्यालयमा समेत सकरात्मक सन्देश दिएको शिक्षकहरुको भनाई छ । उनि अध्ययन गरिरहेको हिम्स एकेडेमीका सहायक प्राचार्य शंकरलाल श्रेष्ठ भन्छन । “लामो समय पढाई छोडेका विद्यार्थीले ज्ञानको महत्वलाई वुझेर पुन आफ्नो पढाई निरन्तरता दिएको देख्दा यसले संगै पढ्ने अन्य विद्यार्थी तथा समाजमा पनि सकरात्मक छाप छोडेको छ ।”
रिता रिमाल : पढ्न उमेर बाधक होइन 
शुभराज मात्रै हैन दोलखामा द्धन्दको समयमा पढाई विचैमा छाडेर जनयुद्धमा सामेल भएका थुप्रै माओवादी कार्यकर्ता अहिले आफ्नो अधुरो पढाई पुरा गर्न लागेका छन । सुरुमा वुर्जुवा शिक्षा भनेर विचैमा पढाई छाडेर माओवादीमा लाग्ने मध्ये नाम्दु गाविसकी रिता रिमाल पनि एक हुन । अहिले माओवादी पार्टिको जिल्ला सचिवालय सदस्य रहेकी रिमाल भन्छीन “वुर्जुवा शिक्षा र व्यवहारिक शिक्षाको भेद थाहा पाउन पनि पढ्नु पर्ने रहेछ ।”
उनलाई पुन विद्यालय भर्ना हुँदाको अप्ठ्यारोको पनि धेरै सामना गर्नुप¥यो । कक्षामा पढ्ने अरु सबै सानो उमेरका हुने र आफु ठुलो उमेरको भएका कारण साथिहरुले गिज्याउने पनि गर्दथे । तर उनीभित्र रहेको पढ्ने चाहनाले उनलाई यस्ता कुराले रोक्न सकेन । उनि भन्छिन १० वर्षपछि पढ्न भनेर विद्यालयमा जाँदा आफुभन्दा निकै कम उमेरका साथिहरु थिए । आफुसंगै पढेकाहरुले पढाई पुरा गरेर विभिन्न पेशा अंगालिसकेका थिए । यसले गर्दा पढ्न निकै असजिलो भयो । उनले अगाडी थपिन कक्षामा एक जनाले त अण्टि यो उमेरमा के पढ्न आउनुभाको समेत भने । 
त्यस्तो प्रश्नले मलाई झनै पढ्नुपर्छ भन्ने लाग्यो । पढ्नलाई उमेरले के गर्छ र भनेर उसलाई सम्झाँए । त्यसपछि लगातार पढाइलाई निरन्तरता दिइरहेको छु । कुनै वर्ष पनि उनुतिर्ण भएको छैन । यस वर्ष कक्षा १२ को परिक्षामा सामेल भएकी रिमालले भनिन । उनी संलग्न भएको जनयुद्धमा वाँडिएको जस्तो ढाँचामा त अझै शिक्षा प्रणाली पुग्न सकेको छैन तैपनि किन यहि शिक्षालाई निरन्तरता ? हामीले कल्पना गरेको शिक्षा प्रणाली र यो शिक्षा प्रणालीका वारेमा अनतर छुट्याउन पनि त शिक्षा त चाहियो नी उनको जवाफ थियो ।
कक्षामा पढ्ने अरु सबै सानो उमेरका हुने र आफु ठुलो उमेरको भएका कारण साथिहरुले गिज्याउने पनि गर्दथे । तर उनीभित्र रहेको पढ्ने चाहनाले उनलाई यस्ता कुराले रोक्न सकेन । उनले अगाडी थपिन कक्षामा एक जनाले त अण्टि यो उमेरमा के पढ्न आउनुभाको समेत भने ।  
चिलंखा घर भएकी जोस्ना नेपाली कक्षा ४ मा पढ्दै गर्दा जनयुद्धमा सामेल हुनुभयो । उमेर सानै थियो माओवादीहरु लहरै भएर हिंडेको देख्दा मलाई पनि जनयुद्धमा सामेल हुन मन लाग्यो । त्यसले गर्दा सामेल भएँ । केहि दिनअगाडी चरिकोटमा भेटिएकी जोस्नाले भनिन । जनयुद्धमा लागेका कारण उनको एक वर्ष पढाई अवरुद्ध भयो । त्यसपछि फर्किएर पढ्न लागें । घरपरिवारले पनि धेरै सहयोग गर्नुभयो यसका कारण पनि मलाई पुन विद्यालय भर्ना गरेर रोकिएको पढाई पुरा गर्ने वातावरण मिल्यो । अहिले उनि चरिकोटको पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन ।
सानो उमेर भएका कारण ठीक बेठीक छुट्टयाउन नसकेर आफु जनयुद्धमा सामेल भएको जोस्ना वताउछिन । त्यती खेर के सहि के गलत भन्ने नै थाहा भएन बुद्धि पनि काँचो अनि पो त जोस्नाले भनिन । 
यसरी जनयुद्धमा सामेल भएकाहरुको पढाई सुचारु गर्नका लागि विभिन्न संघसंस्था तथा परिवारको भुमिका महत्वपूर्ण रहेको छ । शुभराज भन्छन घरवाट पनि पढाई सुरु गर्न प्रेरणा मिल्यो साथै इर्काड्स संस्थाले आवाश्यक शैक्षिक सामाग्री खरिदका लागि पनि सहयोग ग¥यो । यसले मेरो पढाई निरन्तरताका लागि ठूलो सहयोग ग¥यो । यस्तै धारणा व्यक्त गर्छन जोस्नाका भाई दिपक नेपाली । उनका अनुसार परिवारका सदस्यले उनिहरुलाई राम्रो वातावरण दिन नसके उनिहरु एक्लैले केही गर्न पनि सक्दैनन । हाम्रा पनि घरमा वुवा ममीले दिदीलाई मसंगै विद्यालय पठाउनुभयो । तिम्रो उमेर गएको छैन पढ्नुपर्छ भनेर हौस्याउनुभयो । यसले दिदीलाई परिवार तथा समाजमा घुलमिल हुन सहज भयो । दीपकले भने । 
विभिन्न कारणवाट विचैमा पढाई छाड्ने कारण धेरैले आफ्नो पढाई निरन्तरता दिन सकेका छैनन । उनिहरुका लागि यो सकरात्मक कदम हुनसक्छ । साथै सरोकारवाला निकायको पनि यसतर्फ चासो गयो भने शिक्षाको उद्धेश्य पुरा गर्न सकिन्छ ।
apawad@hotmail.com


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना