• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आँगनमै रहेको केन्द्रको सेवा लिन २ घण्टाको पैदल यात्रा

अर्जुन अपवाद 

सुरी ५ का हेमकुमार थापाको घरवाट प्राथमिक स्वास्थ्य केन्द २० मिनेटको दुरीमा रहेको छ । १ वर्षअगाडी २०६७ कार्तिक १६ गते रातको १२ वजे थापाकी श्रीमतीलाई सुत्केरी वेथा लाग्यो । गाँउलेहरु सबै भएर नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरे । तर केन्द्रमा दरवन्दि अनुसारको जनशक्ति नवस्दा उनको अत्याधिक रक्तश्रावका कारण मृत्यु भयो ।
थापा भन्छन यस स्वास्थ्य केन्द्र यहाँ नभएको भएदेखी पो मैले श्रीमतीलाई वचाउन सक्थें की ! त्यस दिन सम्झँदै थापाले भने
चेक गर्दा खेरी नर्मल नै छ भन्नुभयो । मैले वारम्वार सोधीवस्ताखेरी यदि यहाँ नभए म लैजान्छु मेरो सबै रेडी छ भन्दाखेरी  । राती १२ वजे ल्याको दिउँसो १२ वजेतिर वच्चा पैदा भएको १ घण्टा भित्रमा मृत्यु भयो । अव व्लीडिङका कारण मृत्यु भयो भने उनिहरुले । अव उनिहरु त केथ्यो कोनी हामी त अनविज्ञ छौं त्यसमा ।
यस स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसारको जनशक्ति नवस्दा स्थानियलाई यसले दीने सेवा कागलाइ वेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । डाक्टरहरु पनि हाजिर गर्न मात्रै स्वास्थ्य केन्द्रमा जाने गरेको थापाले वताए । उनले भने यहा हाजिर गर्न मात्र आँउछन । अनि अन्तै गएर काम गर्ने गर्छन । अव अरु १२, १३ जनाको दरवन्दिमा अहिले त १, २ जना छन होलान । 
दोलखा जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा एकना एमविविएस डाक्टरसहित १२ जनाको दरवन्दि छ । तर यहाँ विगत ३ वर्षदेखि कुनै डाक्टर देखिएका छैनन । कतिपय अवस्थामा ल्याव टेक्निसियन एक्लैले स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने अवस्था छ भन्छन ल्याव असिष्टेन्ट अशोक कुमार राउत । जनशक्ति प्रयाप्त नहुँदा आफुले सिकेको सिप पनि प्रयोग गर्न नपाएको उनको गुनासो छ । उनी भन्छन “यहाँ ल्यावमा भएका कुनै सामाग्री प्रयोगमा आउँदैनन् । पढ्दा सिकेको सीप पनि विर्सिसकियो अव त ।”
दरवन्दी अनुसारको जनशक्ति नवस्दा स्थानियलाई दीने सेवा कागलाइ वेल पाक्यो हर्ष न विस्मात जस्तै
यस स्वास्थ्य केन्द्रले झ्याकु, चंखु, मार्वू गाविसका उपस्वास्थ्य चौकीले रिफर गरेका विरामीहरुको पनि उपचार गर्नुपर्ने हो । तर यहाँ दरवन्दि भएका डाक्टरहरु काजमा जिल्ला अस्पताल जिरीमा वस्दा केन्द्रको सेवा स्थानियहरु केन्द्र वस्नु र नवस्नुमा कुनै फरक देख्दैनन । सुरी ५ कै देवि खड्काको यहि मंसिर ११ गते राति भ¥याङवाट लडेर खुट्टा भाँचियो । उनि भन्छिन डाक्टरहरु वसिदिएको भए यत्ति धेरै दूख पाइन्थेन होला । यता उपचार गर्दा पैसा पनि कम लाग्थ्यो नी ।
स्वास्थ्य केन्द्रमा एक्स रे लगायतको सेवा छ । तर त्यसको प्रयोग गर्नका लागि स्थानिय वासिन्दा भने २ घण्टा भन्दा वढिको पैदल यात्रागरेर सिङ्गटी वजार धाउन वाध्य भएको वताँउछन । एकजना स्थानिय वासिन्दा प्रल्हाद सुरेल केन्द्रमा भएको सुविधा स्थानियले प्रायेग गष्र्न नपाएको वताउँछन । एक्स रे गर्ने माध्यमका लागि पनि १, २ घण्टा वोकिएर सिङ्गटी नै आउनुपर्ने हुन्छ । 

जटील प्रकारका उपचार गर्न बिरामीहरु अन्यत्रै जानुपर्ने भएपछि स्वास्थ्य केन्द्र प्राय सुनसान रहने गर्छ । अनमी अप्सरा खड्काले यस केन्द्रमा काम गरेको ४ वर्ष पुग्न लाग्यो । यस स्वास्थ्य केन्द्रले प्रदान गर्न समस्या परेको उनको भनाई छ । आफु हँदा सेवा दिन सकिन्छ नत्र सकिन्न उनले भनिन । 

गाँउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति नभएका कारण विभिन्न  समस्या भोग्नु परेपछि केन्द्रलाइ सञ्चालन गर्नका लागि गठन भएको स्वास्थ्य समन्वय समितिले जिल्ला स्वास्थ्य कार्यालयमा पहल गरिरहेको छ । तर स्थानियको आवाजलाई जनस्वास्थ्य कार्यालयले नसुनेको गुनासो व्यत्त गर्छन समितिका सल्लाहकार सदस्य भागवत खड्का । उनका अनुसार पटक पटक गाँउलेले जिल्ला स्वास्थ्य कार्यालयले वेवास्ता गर्दा केन्द्रले दिने सेवा ठप्प सरह छ । 

यससम्वन्धी १ वर्ष अगाडी प्रकाशन भएको यो सामाग्री पढ्नुहोस 

सुरीमा दरबन्दी जिरीमा जागिर



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना