• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

समाजका बहस र अष्ट्रिच प्रवृत्ति


अर्जुन अपवाद
समाजमा आफ्नो पूख्र्यौली थलोको अन्वेशण गर्ने बहस वढ्दो छ । यो खालको अष्ट्रिच प्रवृत्ति वजारको महंगी जस्तै वढिमात्रै रहन्छ की कुनै ठाँउमा पुगेर रोकिन्छ र ओरालो लाग्छ यसै भन्न सकिने अवस्था छैन ।

              अहिले थोरै मात्र मानिसहरु देखा परेका छन । जसले जाँड लागेर लर्खरिएको  समाजमा आफ्नो वहस राख्न सुरु गरे । यसले समाजमा तरङ्ग ल्याएको नदेखीए पनि अनुभव गर्न भने धेरैले थालिसकेका छन । वोल्दै नवोली गजक्क परेर भाउ खोज्नु भन्दा आफ्ना भनाई राख्न थाल्दा त्यसले वहसको सिर्जना गथ्र्यो नै । यसरी वहस सुरु भएपछि अहिले समाजमा अझै चर्का कुरा सुनिन थालेका छन । यसलाई अस्वाभाविक मान्न पनि मिल्दैन ।
              अहिले चलिरहेका वहसका तरिकाहरु हेर्दा तर्कको एउटा नयाँ निष्कर्ष निष्कन सक्छ । त्यो भनेको अव हामीले सम्पूर्ण वैज्ञानिकहरुलाई मूर्ख भन्नुपर्छ अनि नयाँ घोषणा गर्नुपर्छ, मान्छे च्याउजस्तै उम्रन्छ जमिनवाट भन्ने आशयको । नयाँ परिभाषामा कुनै प्रजातीको मान्छे जमिनमा फुत्त च्याउ जसरी जन्मन्छ हुर्कन्छ वढ्छ र आफ्नो बंश विस्तार गर्छ । कुनै प्रजातीका मान्छेहरु पर कुनै दुर दराजवाट आँउछन । मान्छेको उत्पतिका वारेमा यस्ता कथा हामी धार्मीक ग्रन्थहरुमा सुन्ने गर्दथ्यौं । त्यहाँ मानिस फुलवाट उम्रन्थे, जमिनवाट उम्रन्थे, आकाशवाट वर्सन्थे । अर्थात मानिस जन्मने कुरा जसरी पनि हुन्थ्यो यदि भगवान वा इश्वरले चाहे भने ।
              अहिले हामी यस्तै वहसमा अल्झीरहेका छौं । को च्याउसरी उम्रीयो को सिमलको भुवाजस्तो उड्यो अनि को जलकुम्भि जस्तो फैलीयो भन्ने विषयलाई लिएर । हुन त आफ्ना वारे सबै कुरा जानीराख्नु राम्रै कुरा मान्न सकिएला तर यस परिवेशमा हामी हाम्रो २ पुस्ता अगाडीका वाजेको जस्तो सबै कुरा आफैं उत्पादन गर्छु आफैं उपभोग गर्छु, जंगलमा एक्लै जीवन कटाउन सक्छु भन्ने मान्यतामा टिक्न सक्छौं की सक्दैनौं भन्ने गम्भिर प्रश्न हो । हामीलाई अहिले धेरैसंग अन्तरक्रिया गर्नुपर्छ । धेरै कुरा सिक्नुपर्छ यसका लागि हामी धेरैसंग सँगसंगै नहिंडी सुखै छैन । आर्दश एकातिर हुन्छ व्यवहार एकातिर ।
              हामीलाई आवाश्यक नपरेपनि कसैले त्यत्तिकै दिए हामी जे पनि स्विकार गर्छौ । कथित चेतनाका नाममा हामीले त्यस्ता कुरा स्विकार गर्दै आएका छौं । यसो भन्न लजाउनुपर्ने कुनै कारण छैन । तर अव यसका वारे गम्भिर हुनु जरुरी भइसकेको छ । बेलैमा ध्यान दिन नसकिए त्यसले गम्भिर दुर्घटना निम्त्याएको हामीले वेलावेलामा पढ्दै सुन्दै आईरहेका छौं । मधेसमा वाँधेर पालिने गाईलाई सिफारिस गरिएको ओखती हिमालमा निष्फिक्री चर्ने चौंरीका लागि उपयोगी हुनु नपर्ने हो । तर सुकिला लुगा लगाएका खैरा कपाल हुनेहरुले दिएको भन्दै हामी चौंरीलाई मधेसी गाईको ओखती खुवाईरहेका छौं । यसले गाईलाई निको पार्नुको सट्टा नयाँ रोग जन्माइदिएको छ । अव यो रोगका लागि ओखती कोसंग खोज्ने हो ? पुस्तौंपुस्तादेखी चौंरी पालेर जीवीका गर्ने शेर्पाहरुसंग की जीवनमा चौंरी भन्ने जीव नदेखेका पश्चिमाहरुसंग । हामीले कहिल्यै यो पक्षमा गम्भिर भएर सोचेनौं । बेला घर्कन लागिसक्यो ।
              अलि अगाडी भएको एउटा कार्यक्रममा कुरा सुन्ने र सुनाउनेहरुका विच विवाद भयो । सामाजिक सञ्जालहरुमा कथित विद्धानहरुको समूह जनमत आफ्ना पक्षमा भएको भन्दै डम्फु वजाँउदो छ । डम्फु वजाईको तरिका हेर्दा अव त कसले सहि ग¥यो कसले गल्ति ग¥यो भन्ने कुरा भन्दा पनि कसको नाक मेरो जस्तै छ ? कस्का आँखा मेराजस्तै छन ? कुन मेरो नश्लको हो भन्ने कुरामा ध्यान केन्द्रित भएको प्रष्ट देखिन्छ । म एउटा कुरामा धेरै समयदेखी अन्योलमा छु । के नेपालमा त्यस्तो शासन व्यवस्था सम्भव होला जहाँ शिक्षक आफ्नै नश्लको होस, स्वास्थ्यकर्मी आफ्नै नश्लको होस, प्रहरी आफ्नै नश्लको होस, प्रशासन आफ्नै नश्लको होस ? सुृनेको कुरा सहि हो भने चिनमा एउटा जातीको ८० प्रतिशत जनसंख्या छ तर त्यहाँ पनि यस्तो खालको व्यवस्था सम्भव छैन रे ?          
              केहि वर्ष अगााडी इराकमा एउटा वालकले आफ्नो अभिभावकलाई सोधेको थियो रे बाबा हामी हिँडीरहेको यो सडक सिया समुदायले वनाएको हो की सुन्नि समुदायले ? अरुले निर्माण गरेको सडकमा हामी हिंड्नु पनि हुँदैन र हामीले निर्माण गरेको सडकमा अरुले हिंड्नु हुन्न भन्ने कुरा उसले गरेको भन्ने सामाग्री प्रकाशित भएको थियो नेपालको एउटा पत्रिकामा (इराक मुस्लिम समुदाय वसोवास गर्ने देश हो । मुस्लिममा पनि सिया र सुन्नि गरि दुई सम्प्रदाय हुने गर्छन) उनिहरुको जस्तै दुर्दशा नेपालमा नआउला भन्ने सोच्थ्यो सम्पूर्ण समाज त्यसवेला । तर एक जिम्मेवार नागरिकले केही दिनअगााडी चिया गफमा गरेको कुरा सुन्ने हो भने हामीले पनि त्यस्तो दिनका लागि प्रशस्त मलजल गरिसकेका छौं ।
              कुरा वताउने व्यक्तिका छोरा छन वोलाई र सुनाईमा समस्या भएका । जिल्लामा पढाउनका लागि अनुकुल विद्यालय नभएपछि उनले काठमाण्डौको एक विद्यालयमा छोरालाई भर्ना गरेका रहेछन । छोरा काठमाण्डौबाट विदामा आँउदा आमासंग आग्रह गरेछ हामी काठमाण्डौ जाऔं भनेर । आमाले किन भनेर प्रश्न राख्दा छोराले भनेछ हामी त काठमाण्डौमा पो वस्ने रे त । त्यो पो हाम्रो थलो रे ।
              १२ वर्ष नपुगेको एक वालकको अभिव्यक्तिवाट हामीले के सिक्ने होला ? हामी सचेत पढेलेखेका बुद्धिजीवी भन्दै हिड्नेले वालकलाई बुझाउन ढिलो भइसकेन र ? वावु हामी जहाँ पनि वस्न सक्छौं । पसिना भिजाएर खान हामीले जहाँ पनि पाउँछौं । यो देशमा कुनै जात गोत्र र नश्लका आधारमा जन्मेकै आधारमा तीमीलाई राज्यले कुनै पनि विभेद गर्दैन र तिमी काठमाण्डौ वसाँई सर्नुपर्दैन ।

मिर्गे–५, दोलखा
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना