अर्जुन अपवाद
दोलखाको सदरमुकाम चरिकोटमा रहेका विभिन्न होटल तथा कारखानामा २६ जना वालश्रमीकहरु कार्यरत रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्यांक प्रस्तुत गर्दै RRN जिल्ला संयोजक टंक कार्की तस्बिर : रबिन्द्र पराजुली |
११ औं वालश्रमविरुद्धको विश्व दिवसको अवसरमा चरिकोटमा आयोजना गरिएको वालश्रममा संलग्न बालबालिका र संरक्षक रोजगारदाता अभिमुखिकरण तथा परामर्श कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्क सार्वजनिक गर्दै नेपाल ग्रामिण पुर्ननिर्माण संस्था आर आर एन का जिल्ला संयोजक टंक उप्रेतिले सदरमुकामममा रहेका होटल तथा कलकारखानामा महिला ८ र पुरुष १८ जना वालश्रमीक कार्यरत रहेको र उनिहरुमध्ये ७ जनाले विद्यालय फर्कन चाहेको वताउनुभयो ।
आफ्नो भनाइ राख्दै जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटा तस्बिर : रबिन्द्र पराजुली |
जिल्ला वालकल्याण समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा रहेका बालश्रमिकहरुको अवस्थाका वारेमा छलफल गरिएको थियो । कार्यक्रमको आयोजनाका लागि ग्रामिण विकास टुकी संघले आर्थीक सहयोग गरेको थियो । सहायक प्रमूख जिल्ला अधिकारी रोशन ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर आर एन का जिल्ला संयोजक टंक उप्रती र हुराडेक दोलखाका अध्यक्ष होम पाठकले वालवालीकाका अधिकार तथा श्रमको अवस्थाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानिय विकास अधिकारी ऋषिराज आचार्य, जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटा, ग्रामिण विकास टुकि संघका रविन्द्र पराजुली,जिल्ला वाल संरक्षण अधिकृत गणेश लामा, सिएमसि दोलखाका नारायणकृष्ण श्रेष्ठ, जिल्ला वाल सञ्जाल दोलखाका अध्यक्ष राजन वस्नेत, दिपज्योति समाज सुधार संघका इश्वरी दाहाल एकिकृत नेकपा माओवादी दोलखाका सचिवालय सदस्य इश्वर थापा, नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य राकेश श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरा थोकर लगायतले मन्तव्य राख्दै जिल्लामा रहेका वालश्रमिकको अवस्थामा सुधार ल्याउन सबै पक्षले एकत्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा वालश्रमिकका वारे श्रमिक, श्रमिक कार्यरत रहेका उद्योग तथा कलकारखानाका मालिक लगायतलाइ आमन्त्रण गरिएपनि कार्यक्रममा उनिहरुको उपस्थिती थिएन । उनिहरु नआएपछि कार्यक्रमको रुपरेखा नै परिवर्तन गरि कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रश्ट्याउनु पर्ने केही तथ्यहरूः
ReplyDeleteदोलखामा वालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको पहल तथा जिल्ला वालकल्याण समितीको समन्वयमा वालरश्रमिकको तथ्याङ्क संकलन गरिएको हो ।
कार्यक्रमको आयोजनाका लागि ग्रामिण विकास टुकी संघ, महिला तथा वालबालिका कार्यालय र अन्य संघ संस्थाहरूले आर्थीक सहयोग गरेका थिए ।
वाल अधिकार अधिकृत गणेश तामाङ हुन ।
thank you sir for your comment.
Delete