• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

मिर्गेकी चेली रश्मी दाहाल जिल्ला प्रथम



दोलखा जिल्लाले यस वर्ष ९ वर्षयता सबैभन्दा कम नतिजा ल्याएको छ । २०६६ सालमा सबैभन्दा वढि उर्तिण नतिजा प्राप्त गरेको दोलखा जिल्ला यस वर्ष ९ वर्ष यताको सबैभन्दा कम नतिजा हासिल गरेको हो । 

जिल्लामा २०६६ सालमा सबैभन्दा वढि ७८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए भने ९ वर्ष अघि २०५९ सालमा २५ प्रतिशत विद्यार्थी एसएलसिमा उतिर्ण भएका थिए । यस वर्षको एसएलसि परिक्षामा दोलखाका चार वटा सामुदायिक विद्यालय निल भएका छन् । दोलखाका कालिका उच्च माध्यामिक विद्यालय घयाङसुकाठोकर ,बालोदय माध्यामिक विद्यालय कालिञ्चोक, गौरीशंकर माध्यामिक विद्यालय विगु,र गुप्तेश्वर माध्यामिक विद्यालय मालुवाट एसएलसी परिक्षामा निल भएका हुन् । 
यस्तै १८ भन्दा बढि सामुदायिक विधालयले निल सरहको परिणामा ल्याएका छन् । यी विधालयले मुस्किलले १० प्रतिशत नतिजा ल्याउन सकेनन् । यसैगरी नगरपालिका र सहरी क्षेत्रको नतिजा पनि अत्यन्त न्युन रहेको  जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । दोलखावाट ०६८ सालको प्रवेशिका परिक्षामा संस्थागत र सामुदायिकवाट ८५ विधालयका कुल ३५ सय ८७ जना विधार्थी सहभागी भएकोमा जम्मा एक हजार ३ जना मात्र उत्तिर्ण भएकाछन् । यस वर्षको परिक्षामा १६ जनाले विशिष्ट श्रेणी, २ सय ९४ जना प्रथम श्रेणी, ६सय ६६ द्धितिय श्रेणी र ७७ जना तृतिय श्रेणिमा उत्तिर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । 
यस वर्षको परिक्षामा कालिढुङगा उच्च माध्यामिक विद्यालय मिर्गे कि छात्रा रश्मी दहाल जिल्ला प्रथम भएकी छिन् उनले ६८४ अंक ल्याईन भने कालिञ्चोक उच्च माध्यामिक विद्यालयका विक्रम ओलीले ६८२ अंक ल्याएर दोस्रा भएको शिक्षा कार्यालयले जानकारी दिएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना