• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

चुनाव लडे स्थानिय विकास अधिकारी र जिल्ला वन अधिकृत


अपवाद 
दोलखाका स्थानिय विकास अधिकारी ऋषिराज आचार्यले छेउमा रहेका वन अधिकृत केदारनाथ दाहालसंग साउती गरे "चुनाव त हुने भो । उम्मेदवार कसलाई वनाउने त ?" "अरु उम्मेदवार को खोज्नु समय पनि धेरै छैन तपाँई र म लडौं ।" जिल्ला वन अधिकृत दाहालले आचार्यसंग प्रस्ताव गरे । आचार्यले प्रस्ताव स्विकार गरे । उनले भने "ल लडौं न त ?"
निर्वाचन आयोगले धान, काउली लगायतको चिन्हहरु प्रस्तुत ग¥यो । तर पछि अंकमा सहमती भयो १ र २ लिने । भोट हाल्ने काम सुरु भो जिल्ला प्रहरी कार्यालयका प्रहरि निरिक्षक वसन्त पाठक भोट हाल्न गए । मेसिन तयार नभएपछि उनी एकछीन रोकीए अनि भोट हाले । मेसीन केहीवेर कराइरह्यो भोट हालेको संकेत हो यो भनेर भने निर्वाचन आयोगका अधिकारीले वुझाए ।
यो दृश्य दोलखाको सदरमुकाम चरिकोटमा जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको विद्युतिय मतदान यन्त्र वाट मतदान गराउने प्रकृयाबारे जानकारी दिन आयोजना गरेको अन्तरक्रियामा देखिएको हो । कार्यक्रममा आगामी चुनावमा निर्वाचन आयोगले सबै क्षेत्रमा विद्युतिय उपकरणमार्फत मतदान गराउने तयारी गरेको जानकारी दिंदै निर्वाचन आयोगका शाखा अधिकृत कृष्ण राज वाग्लेले विद्युतिय मेसनिले कसरी काम गर्छ भन्ने वारेमा जानकारी गराएका थिए । कार्यक्रममा गराइएको नमुना मतदानमा जिल्लामा रहेका राजनैतिक दलका नेताले पनि भाग लिए । एमाओवादी दोलखाका इञ्चार्ज हिमालले मतदान गरेपछि संविधानसभाको चुनावमा भोट हाल्न नपाएको धोको पुरा भएको वताए । उनले संविधानसभाको चुनावमा आफ्नो गाँउमा गएर भोट हाल्न पाएका रहेनछन । “मेरो जिल्ला यो हैन । यस जिल्लामा समानुपातिकमा हाल्नमतदान स्थलमा पनि गँए । अर्कौ जिललका मान्छेलाई भोट हाल्न नदिने भने । विवाद नगरि फर्किएँ” उनले भने । 
कार्यक्रममा मतदानका बेला हुने मतदान स्थल कब्जा (बुथ कव्जा)का वारे निकैवेर छलफल भयो । बुथ क्याप्चर गर्दा के गर्ने भन्ने विषयमा नेपाली कांग्रेसका जिल्ला सभापति तारा कोइरालाले माओवादीतर्फ इङ्गित गर्दै अघिल्लो चुनावमा कवजा गर्नेहरुले जिम्मा लिनुपर्ने वताए । नमुना मतदानमा सहायक प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवाली, प्रहरी नायव उपरिक्षक लगायतका व्यक्तित्वहरुले मतदान गरेका थिए । मेसिनले चुनावमा 29 जनाले मत खसालेको जानकारी दियो । तत्कालै मत परिणाम पनि सुनायो १ नम्वर लिएका वन अधिकृत दाहालको मत १३, २ नम्वरवाला आचार्यको १६, मेसिनमा मत बदर हुन्न रैछ । चुनावको नतिजा आएपछि निमित्त प्रमूख जिल्ला अधिकारी रोशन ज्ञवालीले भने हामीले त उममेदवार नै पो नचिनेको । जे होस स्थानिय विकास अधिकारी जिल्लामा लोकप्रीय रैछन । दाहालले पनि आफ्नो हार स्विकार गरे । 

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. लेख राम्रो लाग्यो अर्जुन जी। प्रिन्ट मेडियामा दिनु भए कसो होला -
    राजन श्रेष्ठ

    ReplyDelete

हाम्रो फेसबुक पाना