..............देशको विभिन्न जातजातिको सुमधुर सम्बन्धका लागि जातीय हिंसा वा द्वेष, घृणा उत्पन्न गर्ने, चरित्र हत्या गर्ने तथा जनताको नैतिक मूल्य र मान्यताको प्रतिकूल हुने सूचनाहरू गोप्य हुन्छन् भन्ने सर्वोच्चको आदेश -२०६०/३/१२) का आधारमा हेर्ने हो भने नेपाली छापाका ९५ प्रतिशत सम्पादकहरूले पदबाट राजीनामा गरे हुन्छ ।.........
सौरभले कान्तीपुरमा लेखेको लेख सुराकीलाई सुचनाको हकमा उल्लेख गरिएको यो अंशवाट नै धेरै कुरा वुझ्न सकिन्छ नेपालमा पत्रकारीता अहिले कसरी अगाडी वढिरहेको छ भन्ने वारेमा । पत्रकारहरु समाजका वौद्धिक वर्ग भएको दावी गरिरहेका छन । थोरैलाई छोडेर कुरा गर्ने हो भने यो दावी जुनकीरीले देवताका अगाडी आफ्नो उज्यालोको वयान गरेभन्दा फरक लाग्दैन । सत्य स्विकार्न गाह्रो हुन्छ भन्छन । नेपालमा पनि त्यस्तै देखिन्छ बेला बेलामा ।
पत्रकारहरुको सधैंजसो दावी रहने गर्छ, स्वतन्त्र पत्रकारिता । वर्गियताका नाममा पार्टी पक्षधर भएर धेरै शब्द खर्च गर्नेहरुमा पत्रकारको परिचय वोक्नेहरु नै रहेका छन । मार्टिन चौतारीबाट प्रकाशित मिडिया अध्ययन ६ मा हेरे हुन्छ पत्रकार महासंघको चुनावमा कति सम्म राजनीति हुन्छ भन्ने विषय । केन्द्र नै राजनीतिक आवरणमा चुर्लम्म डुवेपछि त्यसभन्दा तल्लो तहमा राजनीति हुन्न भन्नु त घाम लागेको बेला छायाँ देखिन्न भन्नु जस्तै हो ।
दोलखामा केही समयअगाडी सरकारी निकायका अगाडी झडप भयो शैलुङ्ग क्षेत्रमा । पत्रकारपनि पुगेका रहेछन झडपको साक्षी वन्न । तर यस बारेमा एकिकृत माओवादीका जिम्मेवार नेताले घटना घट्नुमा पत्रकारले सक्रिय भूमिका खेलेको भन्न आँट गरे एउटा सार्वजनिक कार्यक्रममा । आरोप सबै थरी पत्रकारले सुने । तर वोलेनन्, बोल्नु आवाश्यक ठानेनन्, वा पत्रकारले सुचना संकलन गर्नुअघि राजनैतिक दलका नेतालाई सुराक दिनुपर्छ र उनिहरुबाट विषय पास भएपछि पत्रकारीता गर्नुपर्छ भन्ने उनको दावी मनमनै भएपनि स्विकार गरे । त्यस कार्यक्रममा उपस्थित हुनेहरु जानुन ।
केही समयअगाडी एक सरकारी कर्मचारीले कार्यकक्षमा नै दूव्र्यवहार भोग्नुपरेको समाचार चरिकोटका चोकतिर सुनियो । अधिल्ला दिन केही भएको हैन भनीएको घटनामा भोलीपल्टवाट थानका थान विज्ञप्ती निकालेर आरोप र प्रत्यारोप सुरु भयो । जगत जान्दछ यसमा कर्मचारीको कुरा मात्रै समावेश भएन राजनीति पनि मिसियो । अदृश्य रुपमा राजनीतिक लगानी भएका मिडिया पनि समाबेश भए । कसैले अराएर विज्ञप्ती प्रकाशन भयो । विज्ञप्तिमा हात कमाँउदै हस्ताक्षर गर्नेहरुले स्विकार गरेका छन । स्वच्छ र स्वतन्त्र पत्रकारिता गर्नेहरुले सम्बन्धीत समाचारश्रोतहरुलाई सोध्दै नसोधी आफ्ना मनोज्ञानले समाचार तयार गरे । आफ्नो नाम र भनाई प्रकाशन प्रसारण भइसकेपछि यो पङ्तिकारले सुचनादाता भनिएकाहरुसंग सोधेका थियो तिमीले त ठुलै कुरा पो भनेछौ त ............. संग तर सुचनादाता भनिएको मान्छे छक्क मात्रै हैन तीन छक्क परेको थियो, दोलखाको स्वतन्त्र पत्रकारिता देख्दा ।
यो लेखको अर्थ कसैलाई गलत आक्षेप लगाउनुलाई समर्थन गर्नु हैन । संसारमा आफुले चुरोटको सर्को उडाँउदै अर्कोलाई चुरोट नखाउ भन्दै अर्ती दिन मिल्दैन भन्ने मात्रै हो । यसपटकको भाँडभैलोले केही प्रश्नहरु उजागर गरेको छ भलै त्यसका बारेमा धेरैले सोचेको देखिएन, सोच्नेहरु चाँही मौन छन । कुरा यत्ति हो । पत्रकारीता अंगालेको व्यक्तिले कुनै पनि सम्प्रदाय ,धर्म आदीका आधारमा लविङ गर्न मिल्छ की मिल्दैन ? पत्रकारले वकिलको जस्तै भएर कसैको वचाउ गर्न मिल्छ की मिल्दैन ? अदालतले दोषी देखाएका व्यक्तिलाई पत्रकारले तानेर मञ्चमा ल्याउन मिल्छ की मिल्दैन ? कुनै व्यत्तिको नीजि जीवन हुन्छ की हुँदैन ? अहिले उठेका र गम्भिर रुपमा छलफल गर्नुपर्ने विषयहरु यीनै हुन । यसका वारेमा अहिले टालटुल गर्दै अगाडी वढ्ने हो भने फेरी पनि विगत दोहारीइरहनेछ । र पत्रकारहरुप्रति प्रश्नहरु सोझिइरहनेछन ।
केही समयअगाडी दोलखामा केन्द्रका नामी पत्रकार आए एउटा सञ्चारमाध्यमले आयोजना गरेको कार्यक्रममा भाग लिन । उनका साथैमा आए अदालतले दोषी प्रमाणित गरेका व्यक्ति । उद्घोषक थिए जिल्लामा लामो समयदेखी पत्रकारीतामा लागेका व्यक्ति, नियम कानुन पढेकै हुनुपर्ने । तीनैले दोषि प्रमाणितलाई मञ्चमा सम्मानका साथ वोलाए । अदालतका विरुद्ध चुनौती दिने भाषण गर्ने मौका पनि दिए । उनकै दावी मान्ने हो भने आठओटा भन्दा वढि जिल्लाका जिल्लाबासीलाई सुनाएर । त्यती मात्रे हैन सरकारी खर्चमा आयोजना गरिएको जीरि महोत्सवमा पनि महानुभावलाई उच्च सम्मान दिइयो भन्ने हल्ला ब्यापक थियो कुनै समय चरिकोटमा तर हल्लामा सत्यता नहुन पनि सक्छ ।
जनजाती मुलका न्यायाधीस थिए दोलखामा केही समयअगाडी । अहिले पनि उनि न्याय नै दिइरहेका छन देशको कुनै क्षेत्रमा । उनले एउटा पुस्तक लेखेका छन किरातहरुको प्राचिन इतिहास भन्ने । पुस्तकमा प्रष्ट लेखिएको छ । आर्यनहरु आफ्नै जातको मासु सम्म खान पछि पर्दैनन भन्ने । नेपालमा प्रभावकारी रुपमा लागु नहुनु छुट्टै कुरा हो । तर ब्लगमा समेत के लेख्ने के नलेख्ने भन्ने आचारसंहिता छ । किताब लेख्दा पनि हुनुपर्ने हो । तर आजसम्म कितावका वारे कसैले आवाज उठाएको पाइन्न । समाजको पहरेदार दावी गर्ने पत्रकारहरुले पनि ।
अन्तमा लेखनाथ न्यौपानेको एउटा कविता नैतिक दृष्टान्तको कुरा यहाँ मननीय लाग्छ
बडाले जे ग¥यो उहि हुन्छ सर्वसम्मतछैन शंकरको नङ्गा भेष कतै निन्दित ।।
apawad@hotmail.com