• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कागजमा सहि, व्यवहार गलत


अर्जुन अपवाद

दोलखा सदरमुकाम चरिकोटमा सरकारले लागु गरेको भवन आचार संहिता प्रभाबकारी रुपमा लागु हुन् नसक्दा भूकम्पीय जोखिम बढिरहेको छ । भुकम्पका कारण हुने जोखिम न्युनिकरणका वारे सचेतना जगाउने उद्धेश्यका साथ चरिकोटमा भिमेश्वर नगरपालिकाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी दियको हो । 
भिमेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा भुकम्पीय जोखीम तथा राष्ट्रिय भवन संहिताका वारे नगरपालिकाका इञ्जिनियर सुरेश राउतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै राउतले चरिकोटमा पछिल्लो समयमा भवन निर्माण आचारसंहिता वेवास्ता गर्दै घर वनाउने काम भइरहेको र यसले भुकम्पीय जोखिमलाई वढाएको बताउनुभयो । उहाँले भन्नुभयो चरिकोटमा नगरपालिकामा एकथरि नक्सा पास गर्ने र घर अर्कोथरी वनाउने काम समेत भइरहेको छ । कार्यक्रममा वोल्दै भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषेत्तम सुवेदीले आचारसंहिता उल्लंघन गरि वनाईएका घर लगायतका संरचना जुनसुकै समय भत्काउन सकिने भन्दै त्यस्तो काम गर्न सबैले निरुत्साहित गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै सहभागिहरुले भवन निर्माण आचारसंहिताका कडा रुपमा लागु गराउन नगरपालिकालाई आग्रह गरेका थिए । एकजनाले मात्र आचार संहिता  पालन गरेर जोखिम कमी नहुने भन्दै सहभागीहरुले नगरपालिकाको मापदण्ड मिचेर भौतिक संरचना वनाउने सबैलाई कारवाही गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना