उत्तम सञ्जेल समता फाउण्डेशन
जुन देशमा युवा र कृषकलाई हेलाँ गरिन्छ त्यो देशमा सुख, सुविधा र शान्ती आउन सक्दैन । समयलाई हेला गर्ने ठाँउमा पनि सुख र शान्ति आउन सक्दैन । सगरमाथा परतिर उत्तरतिरको देश चिनमा मेचीमा उभिएको मानिस १ घण्टामा काली पु¥याइदिन्छ । २०४८ सालमा देशमा प्रजातन्त्र आयो तर नेपालमा नेपाली भएर वाँच्न सकिन्न । हामी कसै न कसैका भइसक्यौं । अझ अहिले त देश टुक्रा पार्नुपर्छ भनिसक्यौं ।
भारतमा अहिलेसम्म थुपै देशका बहुराष्ट्रिय कम्पनी आईसके । चिन नेपाललाई च्यापेर भारतलाई खुसी वनाउन सक्दैन । यो कलि युग हो यहाँ सबै कुरा भन्दा व्यापारको कुरा महत्वपूर्ण मानिन्छ । नेपालमा पनि व्यापार व्यवसायको क्षेत्रमा काम गर्न सके मात्र उन्नती गर्न सकिन्छ ।
हामीले कहिल्यै आफ्ना लागि आन्दोलन गरेनौं । इलामका युवाले देशका सबै ठाँउमा इलामको चिया मात्रै बेचिनुप¥यो भनेर आन्दोलन गरेनौं । केहि दिन अगाडी म जुम्ला गाको थिए । जुम्लामा स्याउ छ, आलु छ, सबैभन्दा उचाईमा फल्ने धान छ । तर उपयोग गरेनौं । जुम्लामा अर्को सम्भावना मैले केशरको देखें । केशरको वजारको मूल्य ६ लाख रुपैंया प्रतिकेजी छ । जुम्लावासीले एक वर्षमा एक केजी मात्र केशर वेच्न सके उसले अन्य परिश्रम गर्नै पर्दैन । यस्ता कुरामा ध्यान पु¥याउन सके जुम्लावासी विश्वको सबैभन्दा धनी मानिस वन्न सक्छन ।
हामी सधैं अरुका लागि प्रयोग भयौं । ४० रुपैंयाको तेललाई १४० लिँदा हामीले कहिल्यै आन्दोलन गरेनौं । दलका नेताले वोलायो भने हामी त्यत्तिकै पनि चक्काजाम गरिदिन्छौं । मैले सञ्चालन गरेको समता फाउण्डेशनमा २१ हजार विद्यार्थी पढ्छन । १९ ओटा जिल्लामा विद्यालयहरु स्थापना गरिएको छ । प्रत्येक वर्ष थप ४ जिल्लामा विद्यालय स्थापना गरिन्छ ।
म मेरो विद्यालयका विद्यार्थीहरुसंग दैनिक विहान ४५ मिनेट विभिन्न विषयमा छलफल गर्छु । मैले उनिहरुलाई तिमीहरु भारतको महात्मा गान्धीजस्तो वन्नुपर्छ भनेर भन्ने गर्छु । नेपालमा त्यस्तो व्यक्ति अहिलेसम्म मैले भेटेको छैन । जसलाई हामी नायक मान्न सकौं । निश्चित तहको पढाई पुरा गरिसकेपछि यो भईन्छ भन्न सकिन । नेपालको शिक्षा किन आर्जन गर्ने यो प्रश्नको उत्तर नै भेट्न सकेको छैन ।
नेपालमा प्रजातन्त्र पुर्नस्थापना भएको २२ वर्ष भो । यस अवधीमा हामीले के ग¥यौं ? हामीसंग भन्न सकिने कुरा के छन ? कामचाँही नगर्ने संविधान चाहिने ? बेलायतमा संविधान नहुँदा पनि देश चलेको छ । हामीलाई मात्र संविधान किन चाहियो ? संविधानभन्दा त हामीले गर्ने काम पो ठुलो हो नी ।
सडकका छेउछाउमा एउटा ट्राफिक संकेत हुन्छ स्टप लुक एण्ड गो । यो संकेतलाई मनन गर्ने हो भने धेरै कुरा बुझ्न सक्छन युवाहरुले । यो संकेत सवारी साधनहरुका लागि मात्र हैन । हाम्रो जीवन दर्शन हो ।
हाम्रा नेताहरुले देशलाई जापान र स्विजरल्याण्ड वनाउने कुरा गर्छन, स्विजरल्याण्ड र जापानको अँध्यारो पाटो कसैले हेरेका छैनन । जापान र स्विजरल्याण्डमा सबैभन्दा बढि आत्महत्या हुन्छ हामीले खोजेको देश त्यस्तै हो र ? हामीलाई आत्महत्याको उच्च रेकर्ड हुने जापान स्विजरल्याण्ड चाहिएन । हामीले नेपाललाई नेपाल नै वनाउनुपर्छ ।
सबै देश आफ्नै हो भन्ने वानीको विकास गर्नुप¥यो । हामी कोही एमाले, कोही माओवादी तथा कोही कांग्रेस भयौं । यो विभाजन एकदमै तल्लो तहमा पुगेको छ । हामी यत्ति धेरै विभक्त भयौं की नर्सले बिमारीलाई सुई लाँउदा विमारी कुन पक्षको भनेर सोच्नुपर्ने अवस्था आईसक्यो ।
म एकपटक लण्डनको अध्यागमनमा थिएँ । लाइनमा मेरो अगाडी कट्टु लगाएको मानिस थियो । म भद्र पोशाकमा थिएँ । अध्यगमनको कर्मचारीले कट्टु लगाउनेलाई नमस्कार गरेर पठायो लगत्तै मेरो पालो आयो पहिला त मलाई उसले नमस्कार ग¥यो । मेरो हरियो पासपोर्ट देखेपछि उसले मलाई यत्ति घृणा ग¥यो की २ घण्टा झुलायो । मैले त्यो देशका लागि लाग्ने सबै रकम तिरेकै थियो तर त्यहाँ हामीलाई अपराधी भन्दा तल्लो तहको व्यवहार गरिन्छ । हरियो पासर्पोट बोक्ने नेपालीका लागि हामीले कहिले सोच्ने ?
मैले गरेको कामले मलाई सानो कुरामा अल्झाएको छ । म यो भन्दा धेरै काम गर्न सक्थें । शिक्षा विकासको आधार हो तर देश शिक्षितले बिगारे । कुनै दिन आँउछ त्यस दिन शिक्षाको महत्व झल्कन्छ । अवको आन्दोलन इलामको चिया, जुम्लाको स्याउ सुदुरपश्चिमको जडिवुटी लगायतका लागि गरिनुप¥यो । हामी कति निरिह छौं हाम्रा लागि आन्दोलन गर्दैनौं, नयाँ नेपाल वनाउने भन्ने(नेता)का लागि विनाअर्थ दिनभर लागिदिन्छौं । आन्दोलनमा गर्ने एकजनाले भने उत्तमजी आन्दोलन त मासु भातका लागि पो त ।
मलाई प्रतिमहिना २० लाख तलव दिन्छु विदेश जाऔं भनेपनि म विदेश जान्न । म मेरै देशमा काम गर्छु । अमेरिकाको एउटा राज्यको नाम हो लस भेगस । लस भेगसको अर्थ नरक हो । नरकमा जान पनि नेपालीलाई दिँदैनन । नरकमा पनि नेपालीको अपमान हुन्छ ।
त्यो दिन आओस जुन दिन मेरो देशको पासपोर्टमा पहिला छाप लागोस । हामीले राम्रोसँग विकास गर्न सक्यौं भने त्यो दिन पनि आँउछ । एकपटक लण्डनको सडकमा म हिंड्दा मलाई कसैले चिनेन । दौरा सुरुवाल लगाएर हिंडेको त धेरै नेपालीले चिने । अहिले हामी विकासका नाममा आफैंलाई बिर्सँदैछौं । आफ्नोपन बिर्सेर भएको विकास, विकास होइन विनास हो । विदेशी नेपालमा आएको वेला कोक हैन महि दिन सक्नुप¥यो । आयोनको आन्दोलन आफ्नै आन्दोलन होस आयातित आन्दोलन नहोस ।
2069 भाद्र 2 गते पोखरामा नेपाल युवा संस्था संजालको सातौ अधिबेशनको उद्घाटन कार्यक्रम संजेलले व्यक्त गरेको बिचारको सम्पादित अंश .