अविरल बग्दछ ईन्द्रावती
हिजो पनि वगिरहन्थ्यो
आज पनि बगिरहेछ
भोली पनि वगिरहनेछ ।
ईन्द्रावतीको छेउछाउका
माछा मार्ने माझी जीवनशैली
ईन्द्रावतीझैं बगिरहेछ
उधों उधों लगातार ।
लगातार वगिरहेछ ईन्द्रावती
थुप्रै पटक
भेल आयो
पानी फेरियो
नदिले आफ्नो रङ फे¥यो
कहिले नदी आफ्नै रङमा
सुसाउँदै बगिरह्यो
नदि छेउछाउका माझीहरु
हिजोको समयमा
डुङ्गा चलायर गुजारा गर्थे
माछा मार्थे र बेच्थे
थोरै पैसा कमाउँथे, जीवन धान्थे
समय फेरियो आजभोली
नदिमाथि पुल बनेपछि ।
माझिका डुङ्गामा झ्याउ पलाएको छ
मक्किएका छन डुङ्गाहरु
झूपडि भित्र अध्यारै छ
नदीमा पानी हैन वालुवा टल्किएको छ
आजकाल त माझीहरु
भोको पेट पटुकाले कसेर
आफ्नो झुप्राको डिल्मा बसेर
ईन्द्रावतीको बालुवा हेर्दै
सोची रहन्छन्
हिजो जस्तो थियो यो ठाउँ
आज पनि त्यस्तै छ ।
नयाँ नेपालका चर्का नारा
थोरै थोरै, अक्क्ल्झुक्क्ल सुनिन्छ
माझी बस्तीमा
तैपनि
अविरल वग्दछ इन्द्रावतीमा झैँ
माझी बस्तीमा
तैपनि
अविरल वग्दछ इन्द्रावतीमा झैँ
फरक छैन माझीबस्ती
मात्र फरक भएको छ
मात्र फरक भएको छ
दुःख पाउने तरिका
त्यो बेलाको लाल गेडी
त्रिलोचन विक्रमका हातमा खेलाइन्थि
तर
आज लालगेडीहरु
आफैँ शहर पसेका छन्
विदेश पसेका छन्
गाउँ फेर्ने भने र हिडेको सोभिते
शिविरभित्र थन्किएको छ
रमेश विकल !
केही फरक पाउने छैनौ
फेरी माझी बस्तीमा पस्यौ भने
त्यसैले,
फेरी फर्की नआउनु तिमी
भक्कनीएर मन रोला
माझिको दुःखले ÷देशको दुःखले
उपन्यासकार रमेश विकलको अविरल बग्दछ इन्द्रावती पढेपछि
apawad@hotmail.com
No comments:
Post a Comment