• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तार्किक निष्कर्ष : वर्तमान राजनैतिक जटिलतामा निकास के ?

नेपालमा पछिल्लोपटक २०६४ चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनले पहिलोपटक जनताद्धारा संविधान वनाउने प्रकृया संविधानसभाको स्थापना गरेको थियो । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकलाई २ बर्षभित्र संविधान दिने प्रतिवद्धता गरेको थियो । तर पटक पटक म्याद थपेर ४ बर्ष समयावधी पु¥याइएको संविधानसभा अन्तत २०६९ जेठ १४ गते राती नयाँ निर्वाचन घोषणा गर्दै विघटन हुन पुग्यो ।
संविधानसभा विगठन भएका बखत प्रधानमन्त्रि बाबुराम भट्टराईले आगामी मंसिर महिनामा नयाँ निर्वाचन गराउने उद्घोष गरेका थिए, तर यसबिचमा निर्वाचन आयोगले मंसिर महिनामा निर्वाचन गराउन नसक्ने बताएको छ । यसै सन्दर्भमा तार्किक  निष्कर्षमा हामी छलफल गर्दैछौं वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि संविधानसभा पुर्नस्थापना गर्नु उपयुक्त हुन्छ की नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ भन्ने बारेमा । 

यस विषयमा बहस गर्नका लागि हामीसंग हुनुहुन्छ अधिबक्ता प्रोणप्रताप केसी र सरोज उप्रेती । केसी नयाँ निर्वाचनका पक्षमा हुनुहुन्छ भने उप्रेती संविधानसभा पुर्नस्थापनाका पक्षमा ।

यस कार्यक्रम  तपाई जुसुकै समय डाउनलोड गरेर सुन्न सक्नुहुन्छ ।
डाउनलोड गर्नका लागि यहाँ थिच्नुहोस

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना