"अपवाद"
तिमी पत्रकारमेरो आँशुको मूल्य बेचेर
जीवीका चलाँउछौ ।
मेरो बाध्यता उधिनेर
समाजको नायक बन्छौ ।
मलाई बाँच्न मन छ
समाजबाट टाढा रहेर
एक्लै एक्लै,
जहाँ मजासंग हाँस्न पाइयोस
मनलाग्दो रुन पाइयोस ।
आरोह अवरोहका हिसाब नहोउन ।
अनी नहोउन
विज्ञान प्रविधिका अवशेषहरु ।
दैव मेरो जीवनमा
कुरुप खेल खेल्छ ।
अनि खित्का छोडेर खित्खिताँउछ
सबै कुरा म बिर्सन चाहन्छु ।
तर तिमी
जहिल्यै सम्झाईरहन्छौ
त्यो दुखद पल
त्रासदीपूर्ण अवस्था
अनी लेख्छौ
एउटा लामो कथा ।
कथा लेखेर
तिमी जगतभरको पूज्य
तिम्रो मालिक
चाँहदो पैसा जम्मा गर्छ
सहयोगिहरु थुप्रिन्छन ।
मेरो रमिताको व्यापारमा
पिंढीको डिलमा बसेको बेला
खरानी खोस्रीएर
सन्तान मागिरहेछ ।
एक पेट खाना
म नाजावाफ छु
कौवा आँगनबाट
सहानुभुती दर्शाउँछ ।
तिम्रो क्यामेरा सोझिन्छ
आशुँ सहितको मुहार खिच्न ।
तिमी हतारिन्छौ
मेरो संवेदना कैद गर्न
अन्त्यमा
सोध्छौ एक बचन
“तपाँइलाई राम्रै छ नी ?”
apawad@hotmail.com
No comments:
Post a Comment