• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आफ्नै बारे छलफलमा किशोरकिशोरीहरु


दोलखा काब्रे गाविस वडा नं ३ मैनापोखरीकी सरीता बस्नेत अहिले कक्षा १० मा अध्ययन गर्दैछिन । भर्खर १६ वर्ष उमेर पुगेकी बस्नेतलाई परिवारमा १ वर्ष अगाडी नै विवाह गरिदिने कुरा चलेको थियो । सानै उमेरमा विवाह गर्दा विभिन्न समस्या आईपर्ने भन्दै उनले विवाह नगर्ने अड्डि लिईन । उनको अड्डिले विवाह रोकियो र उनि आफ्नो पढाई पुरा गरिवरि २० वर्ष कटेपछि विवाह गर्ने सोचमा छिन । उनले भनिन “सानो उमेरमा विवाह गर्दा त्यसले क्षणिक केही फाईदा त होला तर त्यसका कारण जिन्दगीभर पछुताउनुपर्छ ।”

सरिताको गाँउमा सामुदायिक विकास मञ्च दोलखा नामक गैरसरकारी संस्थाले युरोपियन युनियनको आर्थिक सहयोगमा सोलिड नेपाल काठमाण्डौसंगको सहकार्यमा १ वर्ष अगाडीदेखी कम उमेरमा विवाह गर्दा आईपर्ने खतराहरुका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस कार्यक्रममा संलग्न सरिता जस्तै अन्य किशोरकिशोरीहरुले विवाह गर्ने उमेर लगायत विभिन्न विषयहरुमा छलफल गर्नका लागि समूह बनाएका छन ।  समुहमा उनिहरु छिटो उमेरमा विवाह गर्दा आईपर्ने खतराहरु तथा विवाहपूर्व गर्नुपर्ने तयारीका बारेमा छलफल गर्छन
बैठकमा छलफल गर्दै किशोरकिशोरीहरु 
काब्रे गाविसमा किशोरकिशोरीहरुले योन तथा प्रजनन स्वास्थ्यका बारेमा छलफल गर्नका लागि ७ ओटा समूह निर्माण गरेका छन । यी समूहहरुमा झण्डै २०० किशोरकिशोरी आवद्ध छन  । काब्रेकै जुना मिजार पनि १ वर्षदेखी समुहमा आवद्ध छिन । समुहमा हुने छलफल उनलाई व्यक्तिगत रुपमा मात्रै हैन उनको समुदायमा पनि सकरात्मक फाईदा भएको छ । उनको समुदायमा कम उमेरमा नै विवाह गर्ने चलन थियो । अहिले त्यो चलन विस्तारै हट्दै गइरहेको मिजार वताँउछीन । मिजार भन्छिन हामीले समुहमा बसेर गर्ने छलफल हामी परिवारका सदस्यलाई पनि भन्छौं । यसले गर्दा समुदायमा नै छिटो विवाह गर्न हुन्न भन्ने कुरामा सहमत हुन लागेको छ ।
समुहमा संलग्न किशोरकिशोरीहरु गाँउगाँउमा चेतना फैलाउन छलफलका साथसाथै चेतनामुलक गित संगित लगायत अन्य विभिन्न खालका क्रियाकलाप गर्छन । समूहमा नियमित रुपमा हुने छलफलहरु तथा अन्य रचनात्मक कार्यक्रममा सहभागि किशोरकिशोरहिरु कार्यक्रमले धेरै फाईदा भएको अनुभव सुनाँउछन
समाजमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कुरा गर्न अझै संकोच मान्ने गरिन्छ । सुरुसुरुमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कुरा गर्न असजिलो भए पनि अहिले समुहमा सबैजना यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने गरेको सामुदायिक विकास मञ्च दोलखाकी सामाजिक परिचालक संगिता दाहाल वताउँछीन । उनि भन्छिन “समुदायमा अझै पनि यौनका विषयमा कुरा गर्न उच्छिृङ्खलता मानिन्छ । तर सुरुमा यस्तो कुरा पनि गर्ने हो र भन्नेहरु पछि हामीले छलफल गर्ने समुहमा पनि संलग्न भए ।”
नेपालमा विगतको तुलनामा २० वर्षभन्दा कम उमेरमा हुने विवाहको दर घटे पनि अझै समाजमा कम उमेरमा विवाह गर्नेहरु भेटिन्छन । कम उमेरमा विवाह गर्नाले आमा र नवजात शिसुको ज्यान खतरामा पर्नुका साथै अन्य पारिवारिक तथा सामाजिक समस्याहरु पनि थपिने गर्छ । यस्ता समस्यामा परेर पछुताउनुभन्दा समस्या आउन नदिने उपायहरु खोज्नु नै बुद्धिमानी ठहरिन्छ ।

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना