• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रकोप व्यवस्थापन कोष स्थापना गरिने


दोलखा जिल्लामा हुन सक्ने प्रकोपका घटनामा उद्धार तथा पुर्नस्थापनाका लागि प्रकोप पुर्नस्थापना कोष स्थापना गरिने भएको छ । १९ औं जिल्ला परिषदमा आगामी आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तुत गर्दै स्थानिय विकास अधिकारी टुवराज पोखरेलले यस्तो बताउनुभएको हो ।
यसअघि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपीको सहयोगमा इकार्डस दोलखाले जिल्लाको उत्तरी क्षेत्रका ६ गाविसमा यस्तो किसिमको कार्यक्रम गर्दै आईरहेको थियो । खारेखोला जलाधार क्षेत्रमा रहेका सुरी, खारे चंखु मार्वु र झ्याकु गाविसमा प्रकोप न्युनिकरणका लागि इर्काडसले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको थियो ।
“नेपाल  सरकारकै कार्यक्रम भएपनि स्थानिय सरकारका रुपमा चिनीने जिल्ला विकास समितिले यसको लागि अगुवाई गरेको कुरालाई सरकरात्मक मान्न सकिन्छ” इकार्डस दोलखाले सहञ्चालन गरिरहेको जलवायुजन्य जोखिम व्यवस्थापन परियोजनाका प्रमुख विमल खतिवडाले भने । कार्यक्रम सञ्चालीत गाविसहरुले भने यस कामका लागि अगुवाई गरिसकेका छन । गाँउ परिषदबाट नै स्थानिय स्तरमा हुने प्रकोप व्यवस्थापनका लागि रकम छुट्याउने काम भएको छ । गएको गाँउ परिषदबाट परियोजना सञ्चालित गाविसहरुमा ५० हजारदेखी १ लाख रुपैंयासम्म प्रकोपबाट हुने जोखिम व्यवस्थापनका लागि छुट्याइएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना