• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

फुर्सदै छैन, पुरस्कार लिन !

    सार्वजनिक समारोहमा पुरस्कृत गर्न निम्ता गरे नजाने को पो होला र ? अझ कतिपय अवस्थामा त आफुले नै खर्च गरेर पुरस्कार लिने गरेका घटनाहरु पनि सुनिने गर्छन । समाजमा यस्ता मानिस पनि भेटिन्छन जसलाई समाजले पुरस्कार थाप्न बोलाँउछ तर आफ्नै काममा व्यस्त उनिहरु पुरस्कार लिन जान समय निकाल्न सक्दैनन । आयोजकहरु कार्यक्रममा नाम बोलाँउछन, अनि उहाँ आउन सक्नुभएन भन्छन । बेलुका घरमै पुरस्कार बोकेर ल्याइदिन्छन र फर्कन्छन ।
    सुन्दा पत्याउन गाह्रो पर्ने यस्तो घटना दोलखा जिल्ला सुनखानी गाविस मलेपुका किसान मेखबहादुर बस्नेतको जीवनमा निरन्तर भईरहेको छ । गाँउमा मेहनती किसानको परिचय बनाएका उनि प्रायजसो समय आफ्नै खेतबारीमा व्यस्त देखिन्छन । यहि खेतवारीबाट भएको आयस्ताले उनले आफ्नो परिवार त पालेका छन नै । यसैबाट अहिले उनि वार्षिक १ लाख रुपैंया बचत पनि गर्छन ।
    भिरालो ठाँउमा घर छ । उँभो हेर्दा भिर छ । उँधो हेर्दा तामाकोसी नदि एकनाश सुसाईरहेको छ । निरन्तर बगिरहेको नदिजस्तै मेखबहादुरको दैनिकी पनि एकनाश अगाडी बढिरहेको छ । उमेरले ६१ बर्ष पुरा गरेका मेखबहादुरको जोश अझै पनि तन्नेरै छ । १५, १६ वर्षका युवाको जस्तै । “खेती भनेको खटिएर गर्ने पेशा हो अनि पो भने जस्तो आम्दानी हुन्छ त,” उनले भने ।    
केराको स्याहार गर्दै मेखबहादुर 
घर वरपर मौरीको भुनभुनाहट छ । परम्परागत रुपमा खोपा, काठको डुँड तथा आधुनिक घारमा गरि २० घार मौरी पालेका छन उनले । मौरी सगै उनको घर वरपर केराको  घारी छ । १५ भन्दा वढि जातका केराको खेति गरेको उनले वताए ।
    “बस्नेत यस क्षेत्रका मेहनती किसान हुन,” स्थानिय शिक्षक ढालबहादुर सापकोटाले भने । उनले अगाडी थपे “उनका घरमा के पो पाईन्न र ? सबै चिज उत्पादन गर्ने किसान हुन ।”
    २० वर्षको उमेरमा नेपाल प्रहरीको जागिर सुरु गरेका उनले जागिर छोड्नेवित्तिकै व्यवसायिक कृषि सुरु गरेका थिए । गाँउमा गरेको खेतिपातीबाट नै जीवन चलाउन सकिन्छ भन्ने लागेर जागिरका क्रममा नै २ पटक छोडेर खेती गर्ने जमर्को गरे । अर्काको नुन पानी खाएपछि भनेजस्तो के हुन्थ्यो र ? चर्को घाममा सुस्ताउदै उनले आफ्नो विगत सुनाए ।
    जगिरका क्रममा गाँउ गाँउ जाँदा विभिन्न स्थानमा किसानहरुले गरेका खेतिपाती हेर्थे । कुनै नयाँ प्रविधि देखे उत्सुकतापूर्वक सोधेर जानकारी लिन्थे । गाँउ गाँउ जाने र गाँउलेहरुसंगै रहेर काम गर्ने क्रममा नै उनले विभिन्न सिपहरु सिकेका हुन ।
     गाँउमा सिञ्चाईको समस्या चर्को छ । सिञ्चाईको सुविधा भए गाँउको आम्दानी ३ गुणा सम्म बढ्छ । अहिले गाँउमा खेतिपाती सबै आकाशे पानीकै भरमा गर्नुपर्छ । असारमा रोप्ने धान रोप्न साउन महिना पर्खनुपर्छ । गाँउमा यस्तो सिञ्चाईको समस्या हुँदा हुँदै पनि बस्नेतले ६ सय मिटर टाढाको दुरीबाट पाईपमा पानी ल्याएर सिञ्चाई गरेका छन । “अहिलेसम्म कुनै संस्थाले सहयोग गरेको छैन । काम गर्नका लागि साना साना कुरामा पनि सरकारको मुख ताक्ने हो भने कसैले प्रगति गर्न सक्दैन,” उनले भने ।
    झण्डै २० वर्ष अगाडी  सुष्पाक्षमावतीबाट ल्याएको २ घार मौरी र टुकी संघ दोलखा नामक गैरसरकारी संस्थासंग किनेको १६ सय केराका विरुवा रोपेर उनले व्यवसायिक खेती सुरु गरेका थिए । गाँउघरमा आँगनको छेउमा मात्र रोपिने केरा उनले पुरै २० पाथी धानको विउ जाने खेतमा रोपेर व्यवसाय सुरु गरेपछि उनले धेरैको आलोचना सहनुप¥यो । एउटा विरुवाको १० रुपैंयाका दरले १६ हजार रुपैंयाका केरा किनेर करिब ३०–३५ रोपनी जग्गामा केरा रोप्दा धेरैले धान खाने खेतमा केरा रोपेर के खान्छ होला पनि भने । त्यस बेला उक्त रकमले झण्डै डेढ तोला सुन किन्न सकिन्थ्यो ।
    गाँउलेहरुले कुरा काट्ने त गरेकै थिए । यत्ति धेरै जग्गामा केराको खेति गर्दा उनले परिवारको पनि साथ पाएनन । श्रीमतिले पनि यो काम गर्नु हुन्न भनेर रोक्न खोजिन । छेउमा रहेकी बस्नेतकी श्रीमति पार्वती बस्नेत उनको यो कुरा सुनेपछि मुस्कुराईन । “त्यस्तो झगडा नै त भएको हैन तर धान खाने जग्गामा केरा रोपेपछि परिवारलाई के खुवाएर पाल्ने भन्ने कुरोको भने चिन्ता नै लागेको थियो,” पार्वतीले आफ्नो बचाऊ गरिन । 
    फलफुल खेती गर्दागर्दै उनले फलफुलको विरुवा उत्पादन पनि सुरु गरे । नर्सरीमा फलफुल, जडिबुटी तथा घाँसका विरुवा उत्पादन गर्ने गरिन्छ । नर्सरीबाट वर्षमा झण्डै ६ हजार विरुवा विक्रि हुन्छ । सुरुमा उनले आफ्नो व्यवसाय सुरु गर्दा उनले विभिन्न जिल्लाबाट विरुवाहरु संकलन गरेका थिए । अहिले विभिन्न स्थानमा उनले उत्पादन गरेका विरुवा विक्रि हुन्छन ।
    अहिले गाउँगाउँ बाट पैसा कमाउन विदेश जाने परम्परा नै बन्न लागेको छ । उनको गाँउबाट पनि केही युवाहरु पैसा कमाउनकै लागि विदेशिएका छन । विदेश गएर पनि प्रगती गर्न सकिन्छ जस्तो बस्नेतलाई लाग्दैन । बस्नेतसंग पैसा लिएर विदेश पसेकाहरुले फर्केर नि पैसा फिर्ता गर्न सकेका छैनन । “खेति भनेको खटिरहनुपर्ने पेशा हो । खटिन सके कोही पनि विदेशीनु पर्दैन,” कुराकानीको बिट मार्दै उनले भने ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना