• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कस्ताले शासन गर्नुपर्ला ?


सुवोधराज प्याकुरेल
अध्यक्ष, इन्सेक 

हामी सधैं अधिकारका कुरा गर्छौ तर मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा २९ मा कर्तव्यको बारेमा लेखिएको छ । हाम्रा नेताहरु अरु विभिन्न कुरा गर्छन तर कर्तव्य का कुनै कुरा नै गर्दैनन । अधिकारका कुरा गर्नेहरु पनि उफ्रिउफ्री अधिकारका मात्र कुरा गर्छन कर्तव्यका कुरा कहिल्यै गर्दैनन ।
हाम्रा ३ किसिमका जिम्मेवारी छन । व्यक्तिगत, सामाजिक र पेशागत तथा व्यवसायिक । जो जुन पेशाको हो उसले त्यो पेशामा छउञ्जेल जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । देशमा अहिले भएका १ करोड युवा मध्ये ४० लाख युवा आफ्नो श्रम विदेश पोखिरहेका छन । हामी यता नयाँ नेपाल निर्माणका कुरा गरिरहेका छौं । कुल जनसंख्याको ४० प्रतिशत युवालाई विदेश पठाएर देश विकास सम्भव छ ?
यो स्थान जहाँ म अहिले उभिएर भाषण गर्दैछु । यहाँ ११ महिनामै केरा फल्यो । । यत्ति राम्रो कुरा अव सबैलाई देखाउनुपर्छ । त्यसका लागि अव ३ कठ्ठामा केरा लगाऔं । अनि पो छेउछाउकाले सिको गर्छन । देश विकास पनि छिट्टै हुन्छ । 
म पहिले पहिले पाँचथर जाँदा नास्ता खाँउ भने खाजा खुवाउँथे । खाजा खाऔं भने जाँड खुवाउँथे । म तिनिहरुलाई पारिको इलाम देखाँउथे अनि सोध्थें के देख्यौ ? के छ र त्यहाँ उनिहरुको जवाफ यस्तो हुन्थ्यो ? म भन्थें अलैंची, चिया देखेनौं । पाँचथरको मान्छे तिमीहरुका पनि त्यस्तै खेति गर्दा त होला नी । तर धेरै मानिसहरु आँउथे र भन्थे यहाँ त केही भएन । 
पाँचथरमा शाहीकालमा भाषण गर्दा सभामा मुस्किलले ९, १० जना भए । तर म बसेको होटलमा मलाई भेट्न ५० भन्दा वढि मानिसहरु आए । मैले तिनीहरुलाई भने तिमीहरु पानीमरुवा भयौं । आफ्नो अधिकारका बारेमा कुरा गर्न लागिएको सभामा तिमीहरु आउँदैनौ । 
पहिले मैले तिनीहरुलाई पारिको इलाम देखाएर हप्काएको थिएँ । अहिले त्यहाँको अलैंची इलामको भन्दा राम्रो फलाउन थालिएको छ । अरु देशमा किसानले राम्रो गरे देशभरी फैलन्छ । राज्य किसानलाई प्रोत्साहन गर्छ । नेपालमा राम्रो गर्न खोज्नेहरु भयभित हुनुपर्ने अवस्था छ । पार्टीका नाममा चन्दा आतंक छ । नेपालमा राजनीति लुटिखानेहरुका हातमा भयो । निर्वाचनका वखत हामीले आफ्नो मतको सहि प्रयोग गर्न सकेनौं र गलत नियत वोकेकाहरु विजयी भए । डाँकुहरुलाई माथी पठायौं । अहिले तिनीहरुकै बारेमा हामी धेरै गुनासो गरिरहेका छौं । हामीले चुनेर पठाएका मानिस नै त्यस्तै छन । अव हामीले  डाकुपिडित भईयो भन्न मिल्छ ? 
हाम्रो ध्यान रुखका पातहरु हेर्न मात्रै पुगेको छ । जरामा ध्यान पुगेको छैन । यसका कारण नै हामी काठमाण्डौ बसे केन्द्रिय हुने बाहिर बसे स्थानिय हुने विचार पालिरहेका छौं ? यो कस्तो मानसिकता हो । यस्ता धेरै कुरा छन जुन हामीले मानसिकताबाटै हटाउनु जरुरी छ । हामीले नेतृत्व जरावाटै विकास गर्नुपर्छ । गाँउगाँउबाट सहि नेताहरु छान्नुपर्ने भईसकेको छ । 
असल व्यक्ति हुनका लागि ३ वटा गुण चाहिने रहेछ । व्यक्ति असल भएको कुरा उसको क्षमता सिर्जनसिलता र आत्मनिर्भरताले पुष्टी गर्छ । आत्मनिर्भरता भन्ने कुरामा हामी अझै सचेत छैनौं । गरिबीको अन्तिम सिमामा पुगेपछि सांसद हुन योग्य मानिने चलन छ नेपालमा ? एमाले नेता अमृतकुमार बोहोरा सर्वाहारा भएर राजनीति गर्नुभएको मान्छे । एउटा भाले बेचेर आएको रकम समेत पार्टीमा वुझाएर उहाँले राजनीति गर्नुभयो । उहाँ स्थानिय विकास मन्त्री पनि हुनुभयो ।  सबै जिविस, गाविसका मान्छे उहाँले तह लगाउनुपर्ने ? कसरी पो गर्नु । उहाँ मन्त्रि भएको बेला उहाँलाई भेट्न जाँदा म उहाँकामा ३० मिनेट बसें उहाँले आफ्नो कथा सुनाउनुभयो म रनभुल्ल परेर हिंडे । 
अहिले पूर्व सभासदको विजोग छ । गाँउबाट काम गर्दै गरेका मान्छेहरु पार्टीले लिएर त आए । संसद चलुञ्जेल सांसद भए । भंग भएपछि  र्फकँदा गाँउमा सर्वहारा भए । तिनीहरुलाई खुसार्नी रोप्न बाख्रा पाल्न सिकाइएन । मजदुरी गर्न पनि अप्ठ्यारो । एकपटक सांसद भएर चुरीफरी गरिहाले । देशमा यो दशा छ । त्यसैकारण अब हामीले भन्नुप¥यो तपाँई नेता हुने हो भने तपाँई आत्मनिर्भर बन्नुप¥यो । पार्टीभित्र जनताकोे यो मान्छे लोकप्रिय हो यसलाई टिकट नदिई हुन्न भन्ने अवस्था आउने वातावरण वनाउन तन्नेरीहरु लाग्नुप¥यो 
हामीलाई शासन गर्ने नेतामा कस्तो गुण चाहिन्छ ? यसका बारे खोज्नुप¥यो । स्थानपिच्छे केही कुरा फरक पर्छ । वातावरण, रोजगारी जस्ता केही मुद्धामात्र ठाँउअनुसार फरक हुन्छ । नेताहरुमा यस्तो गुण चाहिन्छ । यस्तालाई मात्रै हामी भोट हाल्छौं भनेर हामीले निश्चित बुँदाहरु राखेर राजनैतिक घोषणा वनाऔं । अनि त पार्टिहरु हामीले खोजेको गुण भएका राम्रा मान्छे खोज्न लाग्लान नी हैन ? 
अव गाँउ गाँउ बाट नेता खोज्नुप¥यो अनि राम्रा मान्छेहरु छनौट गर्नुप¥यो । अहिले धेरैकामा नेट पुगिसकेको छ । भनेर मलाई एकजना साथीले भन्नुभयो । तपाँइ सबैले मतदाता परिचय पत्र त लिनुभयो होला ? अहिले भोट हाल्न जहाँसुकै जानै परेन । जहाँसुकैबाट भोट हाल्न सकिने भईसक्यो । यसो भएपछि मतदान केन्द्रमा भिडभाड नै हुन्न । अनि गुण्डातन्त्र त हुने भएन नी ? यसलाई बायोमेटिक इलेक्सन भनिन्छ । अष्टे«लीयामा मतदान नगरे दण्ड तिर्नुपर्छ । 
नेपालमा त गञ्जागोल छ । नेताहरु आफु प्रधानमन्त्रि भए मात्रै चुनाव स्वच्छ हुन्छ भन्ने ठान्छन । बाबुराम भट्टराईले मतदाताको संख्याभन्दा धेरै मत पाएर विजयी भए । सिष्टम कन्ट्रोलका लागी नेता तयार भएनन । मानिस बहुलाएको थाहा पाउन सात दिन लाग्छ जवकी सात दिनमा देश नै सकिईसक्छ । 
नागरिकलाई स्वतन्त्रताको अनुभुती भएपछि मात्र उसको गरिमाको रक्षा हुनसक्छ । यस कुरालाई  नेपालका सबै पार्टिले अंगिकार गरिसकेका छन । हामीले नेताहरुलाई सच्चिन बाध्य पार्नुपर्छ । हामीले नागरिक समाजका लागि छलफल गर्दा पाँचवटा कुरा गम्भिरता पहिलो कानुनी शासन छैन, दोश्रो राजनैतिक नैतिकता ,तेश्रो राष्ट्रियता नागरिकले मनन गर्नुपर्छ । चिनियाले भन्यो मलाई चिनिया भएकोमा गर्व छैन । किनभने मानिसहरु तँ धनि मात्रै छस् अरु कुरा तँसंग छैन । पैसाले मात्र त हुँदैन । नागरिकको स्वतन्त्रता र समानताको रक्षा गर्नुपर्छ । निर्वाचनका लागि बहुमतको हैन सरकार स्वतन्त्र हुनुपर्छ । विश्वमा पनि निर्वाचनका वेला सरकार जथाभावी निर्णय गर्दैन । ढुकुटी रक्षा गर्छ । नयाँ निर्णय गर्न नसक्ने भएकाले त्यो विश्वसनिय हुनुपर्छ । स्वच्छ सरकार लयालु हुनुपर्छ । अर्को कुरा के छ भने नयाँ संविधानसभाको कुरा आँउछ । स्थानिय निकाय नहुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने हाम्रा नेतालाई थाहा छ । हामीले भन्नुपर्छ उनिहरुलाई । 
अहिले महिला हिंसाका घटना धेरै बजारमा आए । नेपालमा एकाएक हिंसा वढेको हो त ? मास हिस्टेरीया जस्तै भको हो त ? त्यसो हैन अहिले मानवधिकारका वारे चेतना वढ्यो र घटनाहरु वाहिर आउन लागे । हामीलाई भएका विभिन्न अधिकार सामाजिक र साँस्कृतिक अधिकारकारका वारेमा समाजले निर्धारण गर्छ । २०२० सालमा नै छुवाछुत विरुद्ध कानुन बनेको थियो । महिलाअधिकारको कानुन पुरुषले पनि मनन गर्नुप¥यो । सिंगो समाज हामी सबै लाग्नुपर्छ । 
डेढ वर्ष पुरानो कुरा म भन्छु । देशको सिमाभन्दा डेढ किलोमिटर पर मात्रै वाँध वाँध्न पाईन्छ । भारतले त्यो मानेको छैन । यो नियमा मान्दा उसको ३० प्रतिशत जमिन सिञ्चाईविहिन हुन्छ । भारतले विभिन्न कुरा गरेर उ बाध बाध्छ यसो गर्दा मधेसमा सिमसार हुन्छ । त्यसको अलिकती उत्तरमा चुरे छ । यसो भएपछि चुरे खतरामा पर्छ साथै तराईको भागमा ९० वर्षभित्र रिभरलिंक प्रोजेक्ट चलाएपछि ३० प्रतिशत ठाँउ अन्न उब्जन्न । त्यसपछि तिनीहरु उत्तर सर्नुपर्छ । त्यस कार्यक्रममा उपेन्द्र अर्याल थिए मलाई यो थाहा नै थिएन भने । जितेन्द्र देव केही वोल्न खोज्दै थिए । तिमिले मधेसको राजनीति गर्दैनौ भनेपछि उनि चुप लागे । नेपालका नेतालाई यो थाहा छ ? 
कुमार लामाको केशको कुरा गरौं । बेलायतमा उनि पक्राउ परेपछि नेपाल सरकारले केही वोल्न सक्यो त ? हामी सुध्रन्छौं भन्यो । यस्तो अवस्थामा नेपालको सर्वोच्चले न्याय दिन्छ त ? उसले सर्वस्व सहित जन्मकैद र्फसला गरेको मानिस संविधान बनाउन सहि गर्छ । १५/१५ दिनमा मलाई मानिसको जानकारी दिनु भनेको मान्छे पार्टिको प्रवक्तामा वढोत्तरी हुन्छ । अनि अन्य देशमा नेपालको नागरिक पक्राउ पर्दैन त ? अदालतमा वकिलले विपक्षीलाई सर्मथन गर्ने वहस गरे लाईसेन्स खारेज हुन्छ । महान्यायाधिबक्ता मुक्ति प्रधानको पनि हुनुपथ्र्यो । ठुला मान्छे भएकाले भएन । नेपालमा भएको यस्तो वेथिती बेलायतले हेरेको छैन त ? उहाँहरुलाई यत्ति कुरा जानकारी छैन त ? के अहिले चिनमा माओले गरेको बेलाको युद्ध जस्तै अवस्था छ त, चिनियाहरुले एउटा पुल काटेपछि महिनौं जापानी आउन नसक्ने ?
अहिले कमरेडहरु गाँउगाँउमा सत्य निरुपण तथा मेलमिलाप आयोग वनायो भने प्रहरी र अदालत चाहिन्न भनेजस्तै गर्छन । तर आयोगले नियतवस नगरिएका पिडकहरुले क्षमा दिन चाहेको अवस्थामा मात्रै मेलमिलाप गर्न सक्छ , लोकतन्त्रमा अदालतको ढोका कहिले पनि बन्द हुन्न  । सबैलाई आयोगको नियम मन पर्छ भन्ने छैन, भोली कसैलाई मन नपरे उसले अदालतमा मुद्धा हाल्न पाउँछ । उसको यो स्वतन्त्रता लोकतन्त्रमा कसैले खोस्नै मिल्दैन ।  
द्धन्द्धका क्रममा भएका सबै अपराधलाई माफि गर्ने भनेकै हैन । नेपालमा गलत तरिकाले यसको अर्थ गलत लगाँईदैछ । गम्भिर अपराध भयो भने त्यसलाई त कसैले पनि छुट दिन मिल्दैन भन्ने अन्तराष्ट्रिय प्रावधान नै छ । अपराध भयो भएन भनेर फैसला गर्ने अधिकार अदालत भन्दा बाहेक कसैलाई छैन । नत्र त कुनै पार्टिको नाममा जे गरे पनि भै गयो नी ? 
हामी फेसबुकबाट अभियान चलाएर कार्यक्रम गर्ने जमानामा पुग्यौं । हाम्रा नेताहरु कता छन ? के यिनले हामीलाई शासन गर्न सक्छन ? हाम्रा सामु धेरै समस्या छन । अव हामी भागेर समस्या समाधान हुन्छ त ? हामी केही गर्न बसेका हौं । यतिखेर अवसर पनि छ । अव हामीले जिम्मेवारहरुलाई दवाव दिएर सुधार्नुपर्छ । हामीसंग कानुन नभएर पछाडी परेकै हैन । हामी त्यस्तो जंगली युगमा छैनौं । युरोपिय देशहरु सरह छौं । गाविसमा हेर्नुस त सबै कुराको लागि कानुन छ ? कसका लागि के गर्ने प्रष्ट प्रावधान छ ? नीजि विद्यालय हेर्नुस त १० प्रतिशतलाई छात्रवृत्ति दिने भनेको छ । कार्यान्वयन भाको छ की छैन खोजौं न ? 
चुनावमा हामीले सहि मान्छेलाई भोट हालौं , दवावका आधारमा भोट नहालौं । थोरै कुरावाट नै असल कुरा सुरु हुन्छ । हामी त लागौं, देशलाई कर्मयोगीको खाँचो छ । त्यो स्थान युवाहरुले पुरा गर्नुपर्छ ।

(मानब अधिकारको क्षेत्रमा सक्रिय प्याकुरेलले  २०६९ माघ ९  गते  चितवनको भरतपुरमा सम्पन्न  रिलेक नेपालको छैठौ सम्मेलनमा व्यक्त गरेको बिचारको सम्पादित अंश )

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना