• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कुकुरको बन्ध्याकरण !



सदरमुकाममा बढ्दै गएको कुकुरको संख्या नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण गरिने भएको छ । भीमेश्वर नगरपालिकाको आर्थिक तथा जिल्ला पशुसेवा कार्यालयको प्राविधिक सहयोगमा हिमालयन एनिमल रेस्क्यु ट्रष्ट (हार्ट)ले कुकुर बन्ध्याकरण अभियान सञ्चालन गर्न लागेको हो । 

तीन दिनसम्म सञ्चालन हुने बन्ध्याकरण अभियानमा ५० भन्दा बडि कुकुरको बन्ध्याकरण गरिने लक्ष्य राखिएको छ । कार्यक्रमबारे जानकारी दिनका लागि हिजो जिल्ला पशुसेवा कार्यलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेश राउतले यस कामका लागि कार्यालयले ३० हजार रुपैंया खर्च विनियोजन गरेको जानकारी दिए । कार्यक्रममा बोल्दै हार्टका खगेश्वर भट्टराईले पहिला कुकुरलाई विष खुवाएर मार्ने गरिएको भएपनि त्यसले अन्य खालका समस्या निम्त्याएपछि यो काम सुरु भएको वताए । कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला पशुसेवा कार्यालयका पश चिकित्सक रामचन्द्र सापकोटाले एउटा कुकरको बन्ध्याकरणका लागि  भालेलाई १ हजार तथा पोथी कुकुरका लागि ३ हजार रुपैंया न्युनतम खर्च हुने वताँउदै यो पद्धती कुकुरको संख्या रोकथाम गर्न धेरै नै प्रभावकारी हुने वताए । 
अभियान अन्तर्गत कुकरलाई रेविजको खोप पनि लगाईने आयोजकले जानकारी दिएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना