• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वस्नेतको मेरो हजुरको सार्वजनिक

    गजलकार वोल वहादुर वस्नेतको दोश्रो गजल संग्रह मेरो हजुरको सार्वजनिक भएको छ ।
    दोलखाको सुनखानी गाविसमा जन्मिएर लाकुरीडाँडा गाविस निवासी वस्नेतको गजल संग्रह जमर्को साहित्यिक यात्राको ५४ औ श्रृखलामा विमोचन गरिएको हो । दोलखाली गजलकार तथा जनसाहित्य मञ्च नेपालका केन्द्रिय सदसय जीत कार्कीले सङ्ग्रहको विमोचन गर्नुभएको हो । सङ्ग्रहमा जीवन, समाज र देशले भोगेका भोगाईहरुका अनुभूतिहरु समावेश गरिएको छ ।
कार्यक्रममा कृतिको समिक्षा गर्दै साहित्यकार अवतार ढकालले गजल सग्रहमा विषय वस्तु वनाएर प्रस्तुत गरिएको र राष्ट्रप्रति नै विशेष चिन्ता व्यक्त गरिएका भावहरु रहेको वताउनु भयो ।
    पेशाले शिक्षक गजलकार वोल वहादुर वस्नेतले २०६७ सालमा तरङ्ग चारैतिर नामक गजल प्रकाशन गर्नु भएको थियो । कला साहित्य प्रतिष्ठान काव्य कविता विद्याका संयोजक विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि दोलखाका सचिव भरत दुलाल, पत्रकार महासंघका सचिव जीवन लामा, गाविस सचिव हकहित केन्द्रका सचिव भरत पौडेल,  राष्ट्रिय जनसांस्कृतिक महासंघ दोलखाका अध्यक्ष रमेश कार्की साहित्यकार मुकुन्द शिवाकोटी लगायतले शुभकामना व्यक्त गर्दै कृतिले दोलखाली साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्ने वताउनुभयो । कार्यक्रममा कला साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष विर्ख क्रान्तिले साहित्य अझै पनि व्यवसायिक हुन नसकेकोले साहित्य व्यवसायिक हुनु आजको आवश्यकता  रहेको वताँउदै दोलखामा गजल साँझको आयोजना गर्न सके गजलको विकासमा थप सहयोग पुग्ने वताउनु भयो । कार्यक्रममा कला साहित्य प्रतिष्ठानका प्रतिनिधि, जमर्को साहित्यिक यात्राका  साहित्यिक यात्रीहरु,पत्रकार, साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
    ८० वटा गजल सङकलन गरिएको पुस्तकको मूल्य १०० रुपैंया रहेको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना