• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रतिगमनका पक्षमा

यो लेख पुरै पढिएछ भने बेग्लै कुरा, नत्र लेखक प्रतिगामी ठहर्नेछ । पछाडी फर्कनुलाई प्रतिगामी भनिन्छ क्यारे ! तर आजलाई राम्रोसंग अध्ययन गर्ने हो भने प्रतिगामी नभई धरै नपाईने रैछ । हिजोको सबै कुरा विर्सिएर भोली बनाउने कालिदास यात्रामा रहेकाहरुका के कुरा गर्नू ?
झण्डै ५ वर्ष अगाडीको प्रसङ्गबाट कुरा सुरु गर्न  चाहन्छु । बिबिसीको साझा सवाल कार्यक्रम प्रसारण भैरहेको थियो । बक्ता बोलाइएका थिए कट्टर राजतन्त्रबादी नेता कमल थापा । छलफलको विषय नेपालको गणतन्त्र थियो जस्तो लाग्छ । त्यस कार्यक्रमका धेरै सवालहरु त याद छैनन । एउटा कुरा भने अझै याद छ । त्यो हो गणतन्त्र नेपालले धान्नै सक्दैन भन्ने थापाको चुनौती । कमल थापाले त्यस कार्यक्रममा सञ्चालक नारायण श्रेष्ठलाई भनेका थिए, “लेखेर राख्नुस नारायण जी गणतन्त्र नेपालले धान्नै सक्दैन ।”
त्यसपछि धेरै समय वितिसकेको छ । अग्रगमनका नाममा थुप्रै कामहरु भएका छन । त्यसले अगाडी लाँदैछ की पछाडी धकेल्दैछ भन्ने कुरा व्याख्या गर्नैपर्दैन । नेपालमा राजतन्त्र हटेका दिन सबैको दुखका दिन सकिन्छन भन्नेहरुले जनतालाई अझै कति दिनसम्म भुल्याउने हुन यसै भन्न गाह्रो छ । देशमा संघियता भएका दिनसबै कुरा पाउनेछन जनताले भन्ने अर्को जमात सक्रिय छ । तर संघियताको बारेमा बहस नहुँदै नाक थेप्चा र चुच्चा, छालाको रङ्ग कालो की गोरो भन्ने विषयमा छलफल मोडिएको कुरा कति दिन लुक्न सक्ला ?
कमल थापाको दर्शनमा विमती राख्न सकिएला तर उनका कुराहरु दुरदर्शि थिए भन्ने कुरामा भने विश्वास लाग्न थालेको छ । मसिना कुराहरुमा पनि लम्पसार पर्ने स्वाभिमान यसबिचमा छरपस्ट सडकमा नै छरिएको छ । त्यसले कति वर्षसम्म नयाँ पूस्तालाई पिरोल्ने हो ? जवाफ दिनुपर्नेहरुसंग जवाफ छ त ?
गाँउगाँउमा विस्तारवादको विरुद्ध बंकरहरु खन्दै गर्दा छिमेकी गुप्तचर एजेन्सीसंग निउरमुन्टि गरेको कुरा राष्ट्रको कार्यकारीले सगर्व स्विकार्छन र भन्छन सरकार प्रमूखका नाताले हामीले विदेशीहरुसंग कुराकानी गरेको कुरामा किन विवाद ? बुझ्न नसकेको कुरा के मात्रै हो भने एउटा राष्ट्रप्रमूखले गुप्तचर एजेन्सीसँग गएर सम्झौता गर्ने सिद्धान्त नेपालबाट नै सुरु भएको हो । माक्र्सवाद जस्तै यो वाद नेपालबाट निर्यात कहिले होला ?
पक्कै पनि हिजोको कुरा गर्न नहुने भएकै कारण कुनै समय दङदङि गन्हाएका व्यक्तित्वहरुलाई सम्मान गर्न सिकाँईदैछ नयाँ नेपालमा । हिजो राजाले गरेको कामकारबाहीमाथि प्रश्न उठाउन्न पाईन्थेन । अहिले नयाँ राजाहरुका बारेमा प्रश्नहरु उठ्न सम्म त उठ्छन केही दिनमा अरण्य रोदन बन्छन र सकिन्छन । यो भन्दा बढि नेपालमा कुन कुरामा परिवर्तन आएको छ र ?
गनगन गरेर हुने पो के नै हो र ? विरोध गर्न गएकाहरुलाई त वर्दिवालाहरुले हस्तक्षेप गर्छन । परिवर्तनका जतिसुकै गफ गरेपनि मलाई केही कुरा राज्यले दिए पुग्छ ।
आफुले काम गर्दा स्वतन्त्रता पाइयोस । कमाएको सम्पत्तिको सुरक्षा होस । अनि समाजमा गल्ति गर्नेहरुलाई विना आग्रह सजाय होस । एउटा नागरिक भएका नाताले मैले राज्यसंग गरेको अपेक्षा यत्ति हो । मलाई तिनीहरुका ककर्श गफ पनि चाहिएको छैन । अमेरीका जापान जस्तै बन्ने वाहियात सपना पनि चाहिएको छैन ।
अग्रगमनकै पक्षमा आफ्नो मत जाहेर गर्दा समाजमा इज्जत पाइएला व्यवहार प्रतिगमनवाला भए पनि । कमल थापाहरुलाई गल्ति नै बोलिएछ भन्ने दिन आओस । उनका कुरा सुन्न मान्छेहरु रहरले नजाउन र उनको सभा विफल होस । प्रतिगमनकारीहरुलाई समाजमा कुनै पनि स्थान हुनुहुन्न भनेर बलजफ्ती कसैलाई नगलहत्याइयोस । यस्तो दिन आउला की नआउला ? आश मार्नुहुन्न भन्छन अग्रजहरु । आशा गरौं ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना