• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दीपक हत्यामा फैसला, २ लाई जन्मकैद ।


मिर्गेको कालिढुङ्गा माध्यामिक विद्यालय व्यवस्थापन समितिको विषयमा भएको झडपमा हत्या गरिएका दिपक दाहालको हत्यामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालत दोलखाले २ जनालाई जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधिस प्रभा बस्नेतको इजलासले आज मिर्गे गाविस वडा नं. ७ वस्ने गोविन्द दाहाल र सिताराम दाहाललाई घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै मुलुकी ऐनको ज्यान मार्ने महलको धारा १७ उपधारा ३ बमोजिम यस्तो फैसला गरेको हो ।
दीपक दाहालको फेसबुकमा भेटिएको तस्बिर 
२०६६ सालको चैत्र महिना ६ गते विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर भएको झडपमा दिपक दाहालको हत्या भएको थियो । हत्यामा संलग्न भएको भन्दै १४ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरिएको थियो । मुद्धामा फैसला गर्दै जिल्ला अदालतले हत्यामा सहयोग गरेको भन्दै मिर्गे गाविस वडा नं. ७ बस्ने सुर्य दाहाल, पष्कर कुमार दाहाल, छत्र दाहाल र कुलप्रसाद दाहाललाई जनही २ वर्ष कैद हुने फैसला गरेको छ । बाँकी अभियुक्तहरुलाई अदालतले सफाई दिएको छ । 
यसैगरि दमयन्ती दाहालको घरमा आगलागी गरेको मुद्धामा २ जनालाई ४ वर्ष कैद सजायको फैसला गरिएको छ । दाहालको हत्यापछि आक्रोशित समूहले दमयन्ति दाहालको घरमा आगजनी गरेको थियो । आगजनी मुद्धामा मिर्गे ८ का रामशरण नेपाली र तेज बहादुर दाहाललाई जनही ४ वर्ष कैदको सजाय हुने तथा आगलागीमा सहयोग गरेकोमा मिर्गे ८ का शेषनारायण दाहाल, रञ्जिबकुमार दाहाल, निरोज दाहाल र मिर्गे ९ का तेञ्जिङ शेर्पालाई जनही २ वर्ष कैद हुने फैसला अदालतले गरेको छ । आगलागीमा क्षति भएको अन्नको क्षतिपुर्ति भराउन अदालतले आदेश दिएको छ । यसै घटनामा आधारित डाका मुद्धा भने अदालतले खारेज गरिदिएको छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना