• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सामुहिक बाख्रापालनमा महिलाहरु

केहि वर्ष अगाडीसम्म भीमेश्वर नगरपालिकाको सोक्लाका महिलाहरुको अधिकांश समय घरायसी काममा नै वित्ने गथ्र्यो । घरखर्च गर्नका लागि सानो रकमको आवश्यकता पर्दापनि उनिहरुसंग खर्च गर्ने रकम हुँदैनथ्यो । अहिले उनिहरु झण्डै १२ लाखको लगानीमा सामुहिक बाख्रापालनमा जुटेका छन । सोक्ला चाक्पा सामुहिक वाख्रापालन समूहका सचिव सोम थामीका अनुसार यस सामुहिक बाख्रापालन कार्यक्रममा अधिकांश महिलाहरु आवद्ध रहेका छन । बाख्रापालनका लागि अहिलेसम्म ११ लाख ७८ हजार रुपैंया खर्च भईसकेको छ । यो रकमले आधुनिक खोर निर्माण लगायतका भौतिक संरचनाका काम गरिएको थामीले बताए ।  
यस क्षेत्रमा रहेका खाली पाखाहरुमा कबुलियती वन विकास कार्यक्रम लागु भएपछि समूहका सदस्यहरु मिलेर बाख्रापालन सुरु गरेका हुन । समुहले १ सय ओटा भन्दा वढि बाख्रा राख्न मिल्ने आधुनिक खोर समेत निर्माण गरेको छ । यस क्षेत्रमा भएका ५ ओटा कबुलियति वनसमूहको संयुक्त लगानीमा यो फार्म निर्माण गरिएको हो । फर्म निर्माणका लागि विभिन्न सरकारी कार्यालयले पनि सहयोग गरेका छन । सोक्ला चाक्पा सामुहिक वाख्रा पालन समुहकी अध्यक्ष कान्छि तामाङ भन्छिन “गाँउ वरपर रहेको डाँडाहरुमा कबुलियती वन कार्यक्रम लागु भएपछि बाख्रापालन सुरु गरिएको हो । वनमा भुँईघास लगायतका विरुवा रोप्न जिल्लामा रहेका जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालय लगायतका संस्थाले सहयोग गरेका हुन ।” 
 समूहले निर्माण गरेको आधुनिक बाख्रा खोर 
बाख्रापालन कार्यक्रममा अहिलेसम्म सोचेको प्रगति हुन सकेको छैन । समुहका सदस्यहरुले बाख्रापालन कार्यक्रम अगाडी वढाउनका लागि बैङ्कबाट ऋण समेत लिएर काम गरिरहेका छन । समूहकी अध्यक्ष तामाङ भन्छिन बाख्रापालन गर्नका लागि नै भनेर सूर्य विकास बैङ्कबाट ३ लाख रुपैंया ऋण संस्थाले लिएको छ । “अहिले पो सोचेको जस्तो नाफा भएन त सधैं त यस्तो नहोला नी”, तामाङले अगाडी थपिन । 
समूहकी सदस्य लक्ष्मि तामाङ गाँउमा कबुलियती वन कार्यक्रम सूरु भएपछि महिलाहरुमा परिवर्तन आएको वताँउछिन । उनले भनिन “गाँउमा अहिले महिलाहरुमा पनि केही गर्न सकिन्छ भन्ने भावनाको विकास भएको छ ।” 
जिल्ला वन कार्यालय दोलखाका निमित्त जिल्ला वन अधिकृत रामकुमार भण्डारी समुहले गरिरहेको काम उत्साहजनक भएको वताँउछन । उनले भने “समूहलाई हामीले सुरुदेखि नै कवुलियती वन विकास कार्यक्रम अन्तगर्त विभिन्न सहयोग गरिरहेका छौं । समूहका सदस्यहरु नै विभिन्न योजनाहरु लिएर आउनुभाको छ । यस्ता कुराले गर्दा फार्म दीर्घकालीन रुपमा सञ्चालन हुने आशा लिएका छौं ।” 
अहिले नेपालमा एघार अर्बभन्दा धेरै रुपैंयाको मासु विदेशबाट आयात हुने गरेको छ । यस्ता कार्यक्रमहरुमा सबै पक्षको सहयोग हुने हो भने यो अवस्थामा सुधार गर्न सकिन्छ । यसका लागि सबै पक्षको सामुहिक प्रयास आवाश्यक छ । 


यस बारेमा रेडियो नेपालको  घटना र विचार कार्यक्रममा प्रसारित रिपोर्ट  सुन्नुहोस । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना