• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कहिले आँउछ शान्ति ?

शिवहरि पोखरेल 
मालु
म उठेर बोल्न सक्दिन । २०५६ सालको फागुन ९ गते मलाई स्कुलमा लगेर माओवादीले कुटपिट गरे । दिगो शान्तीको कुरा गर्ने, पिडित र पिडकसंगै बस्नुपर्दैन ? दिगो शान्तीको कुरा पिडित र पिडक सँगै वसेर हुनुप¥यो । पिडितले पिडकलाई कसरी माफ दिन्छ त्यो उसको कुरा हो । सरकारले भन्दैमा हुन्छ र ? काम गर्ने मान्छेलाई असक्त बनाएपछि कसरी जीविका गर्ने ? 
माओवादीका नेता टोपबहादुर रायमाझी मन्त्रि भएपछि उनले देशमा विस्थापित नै छैनन भने । हामीजस्तै मानिसहरु थुप्रै छौं । खै कसरी सकिए ? हामी पिडामा छौं । कुटपिटबाट हातखुट्टा भाँचियो । मेरो के गल्ति छ भन्दा पनि निर्घात कुटपिट गरियो । देख्नेहरुले भन्थे मलाई कुट्दाखेरी लाठी नै टुक्रा टुक्रा भएको थियो रे । म त बेहोस भएँ । केही थाहा पाइन । मलाई अझै आफ्नै घरमा बस्न पनि डर लाग्छ ।
म निरपराधी थिएँ । मलाई यो हालतमा पु¥याउनेहरुलाई माफी दिन पाँए भने मात्र मेरो मन शान्त हुन्छ । मलाई त्यो घटनाले अझै त्रसित बनाँउछ । पिसाब फेर्न बसेका बेला त्यो दिन सम्झिएँ भने मेरो पिसाब नै बन्द हुन्छ । देशको विकास मेलमिलापबाट मात्रै हुन्छ । झगडाबाट हुँदैन । 
दलहरुको चाला देख्दा एकदलिय शासन नै राम्रो थियो की जस्तो लाग्न लागेको छ । हामीले यहाँ बोलेर के पो हुन्छ र ? मलाई कुट्ने मान्छे मेरा सामु आउनुप¥यो । तपाँईलाई यो आरोपमा कुटपिट गरिएको हो भन्नुप¥यो । त्यो आरोप सहि वा गलत के थियो त्यो पनि सुनाउनु प¥यो । कसैले रिसइवी साँध्न पो यसो गरेको थियो की ? 
मैले गल्ति गरेको छैन म किन डराउने ? हामीलाई निर्वाह हुने भरणपोषणको व्यवस्था गर्नुप¥यो । दोलखाबाट नै ३१ जना विस्थापित भएका थिए । हामी त गरेर खान नसक्ने भै हाल्यौं । अवका सन्ततीले दूख नपाउन् ।

सरस्वती नेपाली 
पवटी ४ 
परिवारमा एउटा छोरो र २ ओटा छोरी गरि ५ जना थियौं । द्धन्द्धका क्रममा छोरो शहिद भयो । छोरो शहिद भएको सुनेपछि बाबुपनि त्यसकै कारण शोकले मरे । दुइवटा छोरीको विवाह भयो । अहिले सिङ्गो घरमा म एक्लै बस्नुपर्छ । सरकारी सेना प्रहरी तथा उनिहरुको परिवारका लागि अस्पताल छ । माओवादी लडाकु तथा तिनको परिवारका लागि खै ? द्धन्द्धका क्रममा ज्यान गुमाएकालाई सरकारले १० लाख दिने भनेको थियो । अहिलेसम्म ३ लाख मात्र पाइयो ।
घर रित्तो छ । दुख विरामी भएँ भने हेर्नेपनि कोही छैन । केही समयअगाडी विरामी परेर अस्पताल भर्ना भएँ । जाँच गर्दा किड्नीमा पत्थरी छ भन्यो डाक्टरले । उपचारका लागि आफुसँग खर्च थिएन । धेरै ठाँउमा हारगुहार गरें । कसैले केही गरेनन । माओवादीका नेताहरु पनि तपाँईको छोरा शहिद भयो हामी तपाँईलाई हेर्छौ भन्थे तर यस्तो आपत पर्दा केही गरेनन । बल्ल बल्ल अपरेसन गरें । द्धन्द्धका क्रममा जे भो भयो । अव कसैलाई त्यस्तो नहोस ।
सिता राउत 
भीनपा २
मेरा श्रीमान जिल्ला हुलाक कार्यालयमा काम गर्नुहुन्थ्यो । १२ वर्षअगाडी कामको सिलसिलामा सरकारी सुरक्षाकर्मीबाट उहाँको हत्या भयो । सेना पुलिसले मा¥यौं भने । मलाई घटना सम्झँदा अझै डर लाग्छ । त्रासकै कारण मैले श्रीमानको काजक्रिया पनि गर्न पाईन । तँ माओवादीकी स्वास्नी होस । माओवादीले नै दिन्छ भने । राज्यले केही दिएको छैन ।
श्रीमान नै गुमेपछि मलाई सुख होला त ? एक छाक नुन किनेर लैजाने क्षमता मसंग छैन । न राज्यले सहयोग गर्छ, न पार्टीले । बसेर बोले सुन्दैनन । उठेर बोले हावाले उडाँउछ । 
तपाँईहरु मलाई यस्ता बैठकमा वोलाउनुहुन्छ । म एक छाक खा’र जान्छु । यसले घरमा भ’का मेरा सासु ससुरा अघाउनुहुन्छ ? अहिलेसम्म राज्यले ३ लाख दियो । अहिले द्धन्द्धपिडितका लागि आएको तालिम लिँदैछु । तालिम नियमित भए राम्रो हुन्थ्यो । ३ महिना सिकाएर ७ वर्ष हरायो भने के पो गर्ने हो । मेरो श्रीमानको हत्यारालाई कारवाही होस । 
इश्वर थापा 
सचिवालय सदस्य एमाओवादी दोलखा 
सर्वहारा मुक्तिका लागि लागेको एमाओवादी पार्टीभीत्र नवसामन्त वर्गहरु उदाएका छन । हिजोदेखि मुक्तिका खातिर लडेका कार्यकर्ताका कुरा नसुन्ने र अरौटे भरौटेका कुरा सुनिए जस्तो देखिन लागेको छ । यस्तै हो भने कर्तव्यनिष्ठ कार्यकर्ताले पार्टीका कामहरु वहिष्कार गर्नुपर्ने पनि हुन सक्छ । हामी हिजो पनि ज्यान माया मारेर हिँडेका थियौं । अहिले पार्टीमा नवसामन्त वर्गहरुलाई हटाउन हामी ज्यान दिन पनि तयार छौं । 
कृष्ण थोकर 
अध्यक्ष, द्धन्द्धपिडित अपाङ्ग संघ, दोलखा 
२०५९ साल कात्तिक १९ गते हलहलेमा माओवादीले सर्वसाधारण चढेको वसमा एम्बुस विस्फोट गराँउदा म घाईते भएको हुँ । त्यस घटनाका कारण मेरो कम्मरमुनीको भाग चल्दैन । हामीले धेरै पटक मिठा मिठा कुरा सुनेका छौं । 
सरकारले दिने भनिएको राहत वितरणमा अन्याय नहोस । द्धन्द्धपिडितका नाममा आएको पैसा लडाकुले मात्र पाएका छन । सरोकारवाला निकायले यसमा भेदभाव भएको छ छैन याद गर्नुप¥यो । आगामी कार्यक्रममा यस्ता असन्तुष्टि दोहोरिनुभएन ।
नवराज श्रेष्ठ 
क्षेत्रपा ४
म  शहिद परिवारको मान्छे । धेरै ठाँउमा अव आलोचना नगर्नूस भन्नुहुन्छ हामी कतिञ्जेल सहेर वस्ने ? नेताहरु मेलमिलाप गर्नुस भन्छन तर मौका पर्दा आफैं हिँसात्मक आन्दोलनको अगुवाई गर्छन । माओवादीले नै आफ्ना मुद्धाहरु विर्सियो । देशका लागि भनेर मरेका शहिदको सपना कता गयो ? द्धन्द्धका क्रममा मारिएका सेना तथा प्रहरीले लाखौं रकम पाए । माओवादीले किन पाएनन ? गाँउबाट विस्थापित भएको देखाउनेहरुले राज्यवाट गाँउमा कब्जा गरिएको भन्दा धेरै रकम राज्यबाट लिएका छन । 

२०७० असार ८ गते असल शासन मन्वय समिति दोलखाले शैलुङ्ग भिलेज होटल चरिकोटमा आयोजना गरेको दिगो शान्तीका लागि मेलमिलाप विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका विचारको सम्पादित अंश । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना