• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

एकै दिनमा कहाँ हुन्छ त ?

सुनखानी गाविस वडा नं ३ का रामबहादुर वस्नेत अहिले ३३ वर्षका भए । गाँउका एकै उमेरका साथीहरु कि त कामको खोजीमा शहर पसेका छन,  कि विदेशीएका छन । उनको दैनिकी भने कृषि पेशामा वितिरहेको छ । गाँउमा उनले विभिन्न फलफुल तथा डालेघाँसको नर्सरी बनाएका छन । खोरमा विभिन्न उन्नत जातका २० ओटा बाख्रा पालिएका छन । घर वरपर मौरीका घार छन । नर्सरीकै आम्दानीले उनले गाँउनजिकैको खोलामा पानीमिलको स्थापना गरेका छन । उनि भन्छन “मिलबाट आएको आम्दानीले घरखर्च चलाउन पुग्छ । मौरी र बाख्राबाट त्यस्तै ३०, ४० हजार वर्षमा आम्दानी हुन्छ । नर्सरीबाट आएको अन्दाजी तीन लाख रुपैंया बचत हुन्छ ।”
    झट्ट हेर्दा साधुजस्तै देखिन्छन रामबहादुर । तालुका धेरै कपाल झरिसकेका छन । अनुहार शान्त देखिन्छ । सामान्य लुगा लगाएको अवस्थामा विहानदेखी बेलुकासम्म खेतबारीमा काम गर्दै गरेका हुन्छन उनि । सुरुमा उनले नर्सरी स्थापनाका लागि विभिन्न स्थानबाट विरुवा संकलन गरेका थिए । अहिले आफुले उत्पादन गरेका विरुवा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका साथै छिमेकी जिल्लामा पनि बेच्ने गर्छन । “जिल्ला कृषि विकास कार्यालय, भुसंरक्षण, पशुसेवा कार्यलयका साथै रामेछाप सिन्धुपाल्चोक लगायतका जिल्ला पनि मैले उत्पादन गरेका विरुवारु पुगेका छन,” उनले भने । 
    १० वर्षअगाडी २३ वर्षको उमेरमा व्यवसायिक कृषि पेशा सुरु गरेका उनले यसका बारे अहिलेसम्म कुनै पनि संघसंस्थाबाट तालिम नलिएको वताए । “यसबारे जानकारी लिनका लागि नेपाल लगायत भारतका पनि केही ठाँउ घुमियो ।” उनले अगाडी भने “अरुको देखेरै सिकेको हुँ ।”
    कृषि पेशामा तत्कालै प्रतिफल नआउने भएका कारण युवामा कृषि पेशामा रुचि नबढेको उनको बुझाई छ । कृषि पेशामा प्रतिफल लिनका लागि कम्तिमा ३, ४ वर्ष लाग्ने भएका कारण युवाहरुमा त्यस्तो धैर्यता नभएकाले कृषिमा युवा नलागेका हुन । उनि भन्छन “विहान काम गरेर बेलुका खाने जमाना आयो । यसमा अडिएर काम गर्नुपर्छ । २ सय बोट अनार रोप्ने हो भने ३  वर्षपछि व्यक्तिले वार्षिक लाखौं रुपैंया कमाउन सक्छ ।” 
    कृषि पेशामा युवाहरुको आकर्षण वढाउन सरकारले विभिन्न कार्यक्रम गर्नुपर्ने राम बहादुर बताँउछन । सरकारले कृषि पेशामा लाग्नेहरुलाई सरकारले उचित सम्मान गर्न नसकेको उनको आरोप छ । व्यवसायिक रुपमा कृषिमा काम गरेकालाई राज्यले सम्मान गरे युवाहरुमा कृषिप्रति आर्कषण वढ्ने थियो । उनले भने अहिले काम नगर्ने गफ मात्र गर्नेलाई राज्यले तालिम दिन्छ काम गरेकाहरुलाई चिन्दैन ।
    अहिले गााउगाँउबाट युवा विदेशिने क्रम बढ्दो छ । यसका कारण गाँउका खेतबारीमा अन्न उब्जनुपर्नेमा झार उब्जिएको छ । स्थानिय स्तरमा यस्ता व्यक्तित्वहरुबाट प्रेरणा लिएर अगाडी वढ्ने हो भने त्यसले युवाहरुलाई स्थानिय स्तरमा नै सम्मानित जीवन ज्युन सहयोग गर्छ ।

उनका बारे रेडियो सैलुङ्गमा प्रसारण भएको रिपोर्ट 


डाउनलोड  गर्नुहोस 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना