• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

किन कुरा सुन्दैन तामाकोशी ?

वर्षा लागेपछि स्वास्थ्य चौकी नजिकैको सडक हिलो हुन्छ । विरामी परेर सेवा लिन जाने सेवाग्राही हिलोमा चिप्लिने डर त छ नै गाडीले हिलो छ्यापिदिने समस्या अर्को छ । हिउँदमा धुलोले मान्छे नै चिन्न नसकिने वनाईदिन्छ । स्वास्थ्य संस्थामा रहेका सामाग्री धुलाम्मे बन्छन । बल्ल बल्ल स्वास्थ्य चौकीमा पुग्यो । बस्ने ठाँउ छैन । साँघुरो कोठामा चेकजाँच गर्नुपर्छ । उत्तरी क्षेत्रको लामावगर, खारे र गौरिशंकर गाविस तथा बन्दै गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारीहरुलाई यसैले सेवा दिनुपर्ने हो । तर अर्कालाई सेवा दिने संस्थाभने विगत ४ वर्षदेखि आफैं विरामी भएको छ । 
माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सुरु भएपछि स्वास्थ्य चौकी समस्यामा परेको छ । २०६५ सालमा गोगरखोलामा रहेको स्वास्थ्य संस्थाको भवन तथा प्राङ्गण आयोजनाको कामका शिलसिलामा क्षति भयो । स्वास्थ्यचौकी इञ्चार्ज इश्वरकुमार खड्काले सुरुमा आफ्नै कम्पाउण्ड भएको चौकीलाई आयोजनाले क्षति पु¥याएपछि पुननिर्माण नगरिदिंदा समस्या आएको वताए । “आफ्ना कारण संरचनामा क्षति भएको थाहा हुँदा हुँदै आयोजना स्वास्थ्य चौकीको दुर्दशा हेरेर रमिते बनेको छ”, खड्काले भने । 
स्वास्थ्य चौकी भवन 
   ५ वर्षअगाडी आयोजनाले स्वास्थ्यचौकीलाई क्षति भएमा पुर्ननिर्माण गरिदिने वताएको थियो तर अहिलेसम्म काम भएको छैन । आयोजनाले कार्यालयलाई मिति २०६५ चैत्र १९ गते पत्राचार गर्दै आयोजना निर्माणको क्रममा स्वास्थ्य चौकी भवनमा हानी नोक्सानी भएमा त्यसको लागि कार्यालय जिम्मेवार हुने कुरा उल्लेख गरिएको छ । आयोजनाले कार्यालयलाई लेखेको पत्र देखाँउदै खड्का भन्छन “हामीले कत्तिपटक भनिसक्यौं तर कहिल्यै हुन्न पनि भन्दैनन् । काम पनि गरिदिंदैनन ।”
स्वास्थ्य संस्थाको भवन नभएपछि सेवा लिन धेरै गाह्रो परेको सेवाग्राहीको भनाई छ । लामावगर ६ ठाडीका विष्णु लामा भवन नहुँदा काम गर्न समस्या परेको वताउँछन । “यो क्षेत्र धेरै जोखिमको क्षेत्र हो । ब्लाष्टिन पड्किरहन्छ । एउटा एक्स रे मेसिन आवश्यकता छ”, लामाले भने । उनले अगाडी थपे “आयोजनाले स्थानियको कुरै सुन्दैन । एक कानले सुन्छ अर्को कानले उडाँउछ ।”
स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलमान तामाङ्ग पनि तामाकोसी आयोजनाको वेवास्ताका कारण समस्या निम्तिएको वताँउछन । उनका अनुसार आयोजना आउनुअगाडी यो ठाँउमा स्वास्थ्य चौकीले राम्रो सेवा प्रदान गरेको थियो । स्थानिय कार्यालयहरु जुत्ता खोलेर भित्र पस्ने किसिमको सुविधासम्पन्न बनाँइदिन्छौं भनेर आश्वासन आयोजनाका पदाधिकारीले दिएका थिए । तामाङ्ग भन्छन “भएको पनि भत्काइदिए । राम्रो वनाउने त कुरै नगरौं ।” 
आयोजनाले २०६५ सालमा स्वास्थ्य
चौकीलाई लेखेको पत्र 
स्वास्थ्य चौकी स्थापनाका लागि जग्गा प्रदान गरेकी लामावगरको गोगरखोलाकी इन्द्रकुमारी गुरुङ्ग स्वास्थ्यचौकीको अवस्था देखेर चिन्तित छिन । स्वास्थ्य चौकीको अवस्थाबारेमा प्रतिक्रिया लिन खोज्दा उनले भनिन “तपाँई आफैं हेर्नुस । अवस्था कस्तो छ   देखिहाल्नुहुन्छ नी ।” आयोजनामा कार्यरत पदाधिकारीहरु स्थानियको कुरा सुन्न नचाहने भएका कारण स्वास्थ्य चौकीको पुर्ननिर्माण हुन नसकेको उनले वताईन । 
स्वास्थ्य संस्था पुर्न निर्माणका लागि आयोजनामा स्थानियले मौखिक मात्र नभई लिखित आग्रह पनि स्थानियले गरिरहेका छन । आयोजनाले कुनै पनि चासो नदिंदा स्थानिय हैरान भएका छन । “आयोजनामा दिएका निवेदन जम्मा गर्ने हो भने २ डोका भरिन्छ होला । हग्नेलाई भन्दा देख्नेलाई लाज हुने अवस्था छ । अव त भन्न पनि नजाने”, गुरुङ्ग भन्छिन ।
भवन निर्माणका लागि जिल्ला स्वास्थ्य
कार्यालयले आयोजनालाई लेखेको पत्र 
स्वास्थ्य चौकीले गौरीशंकर, खारे, लामावगर र ओराङ गाविसको केही क्षेत्रका साथै माथिल्लो तामाकोशी आयोजनाका झण्डै २ हजार गरि करिब २० हजार जनसंख्यालाई सेवा प्रदान गर्नुपर्छ । प्राथमिक उपचार लगायतका स्वास्थ्य सेवा संगै २४ घण्टे प्रसुति सेवा पनि संस्थाले प्रदान गर्नुपर्छ । यी काम गर्नका लागि भवन नहुँदा समस्या परिरहेको स्वास्थ्य संस्थामा कार्यरत अनमी सानुमाया खड्का वताँउछिन । “सेवा प्रदान गर्दा समस्या आईपर्ला भनेर त्राहिमाम भएर काम गर्नुपर्छ । उपकरण तथा औषधीहरुमा धुलोले गर्दा विरामी झन विरामी हुने अवस्था छ । यसले गर्दा विरामी तलमाथि परिहालेमा के गर्ने भन्ने धेरै चिन्ता लाग्छ”, खड्काले भनिन । 
चौबिसै घण्टे सुत्केरी सेवा भएको संस्थामा स्वास्थ्यकर्मीका लागि कार्यालयमा नै आवास हुनुपर्ने व्यवस्था छ । खड्का भन्छिन “यहाँ त त्यस्तो केश आयो भने आधाघण्टा भन्दा वढि समय स्वास्थ्यकर्मी खोज्दैमा वित्छ । अनि कसरी सेवा गुणस्तरिय हुनु ?” 
माथिल्लो तामाकोशी जलविद्युत आयोजनका कामु आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ स्वास्थ्य चौकीको भवन छिट्टै निर्माण हुने वताँउछन । वातावरण तथा जनसम्पर्क शाखा वनाएर स्थानिय समस्या समाधानका लागि काम गरिरहेको वताउँदै उनले आयोजनाले सबै काम एकै पटकमा गर्न नसक्ने भएकाले काम ढिलो भएको वताए । “स्थानियहरुको आयोजनाप्रति धेरै अपेक्षा रहेको कारण काम गर्न समस्या रहेको छ”, उनले भने । स्थानियका लागि आयोजनाले एमबिबिएस डाक्टरको व्यवस्था गरि स्वास्थ्य क्लिनिक सञ्चालन गरि स्थानियलाई सेवा दिएको उनको दावी छ ।
“आयोजनाका लागि स्वास्थ्य संस्थाको भवन निर्माण त्यत्ति ठूलो काम हैन विचमा मिसअण्डरस्ट्यान्डिङ भएको हुन सक्छ”, श्रेष्ठले भने । तर उनले स्वास्थ्य चौकीको भवन बन्ने समयसिमाका बारेमा प्रष्ट प्रतिक्रिया दिएनन् । “यो ठुलो कुरा हैन छिट्टै वन्छ”, उनले भने ।
स्वास्थ्य सेवा मानिसको आधारभुत आवश्यकता हो । यसमा विशेषगरि तामाकोशी आयोजनाले ध्यान दिनु आवाश्यक छ ।

 यसबारेमा  तयार पारिएको रेडियो रिपोर्ट सुन्नुहोस ।


डाउनलोड गर्नुहोस 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना