• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गु खाने बुद्धि !

“अन्न खा’ भा’पो, गु खानेको के बुद्धि हुन्थ्यो”, सानामा काम विगार्दा बाले यसै भनेर गाली गर्नुहुन्थ्यो । नरमाईलो लाग्थ्यो । यस्तो किन भन्नुपरेको होला जस्तो लाग्थ्यो । आफुले विगारेको काम भन्दा गु खाने भन्ने बाको आरोप धेरै विझाउने लाग्थ्यो ।
कुनै दिन मनमा लागेको थियो । गु खाने आरोपका बारेमा बासँग कुरा गर्नुपर्छ । रिसा’का बेला बासँग कुनै कुरा गर्न आँट आउन्नथ्यो । खुसी भ’का बेलाँ सबै कुरा बिर्सेर भुसुक्कै ।
बालककालमा चसक्क मन छुने बाको यो गाली आज जान्नेबुझ्ने हुँदा म सहर्ष स्विकार गरिरहेछु । मभन्दा धेरै जान्ने, विवेकशिल, तथा अग्रजहरु सार्वजनिक स्थलमा म जस्तालाई लहरै लाईनमा उभ्याइरहेछन र भन्न लगाईरहेछन ‘म गु खान्छु ।’ धन्न बाले त म र बा मात्रै भ’का बेलामा भन्नुहुन्थ्यो ।
मनमा त्यही बालककालको प्रश्न छ । जुन मैले बालाई सोध्न सकिन । अव तिनै लहर लगाएर गु खान्छौं भनेर बाचा गर्न लगाउनेहरुलाई सोधौं कि भनेर यो लेख लेख्ने जमर्को गरेको हुँ । जसका लागि लेखेको हो । तिनीहरुलाई यो पढ्ने फुर्सद होला कि नहोला ? फुर्सद भएर पढि नै हालेछन भने पनि तिनीहरुले मलाई जवाफ देलान नदेलान ? “के हामी साँच्चिकै गु खान्छौं ।”
म बाँचेको सभ्यताले दिशा वसेपछि चाक पखाल्न लगाँउछ । चाक पखालेपछि हात माटो वा खरानी पानीले धुन पनि लगाँउछ । त्यो सभ्यतामा बाँचेकाहरु गु खान्थ्यौं भनेर आजभोली एउटा विद्धान वर्ग हामीलाई रटाँउदो छ । हामी विचरा सुगाहरु रटिरहेछौं ।
पश्चिम सभ्यताका केही मानिसहरु पुर्विय सभ्यतामा बाँचेकाहरु मानिस नै हैनन पनि भनिदिन्छन । हामीलाई जङ चलेर आँउछ । विभिन्न तर्क ल्याँउछौं । विचार प्रस्तुत गर्छौ तर गु खाने कुरामा हामीले विरोध गर्न किन सकेका छैनौं ? उनिहरु ठीकै भन्दैछन हामी गु खानेहरुको वुद्धि छैन र त आधुनिक भनिएको कालमा पनि हामी प्रागऐतिहासिक कुरा झिकेर व्यर्थको झगडामा छौं । आफ्नै गाँउका दाजुभाई पराई देख्न लागेका छौं । यो देश पछि पर्नुको एकमात्र अपजस कुनै जातीविशेषले लिनुपर्छ भनेर बुद्रुक बुद्रुक उफ्रँदो छौं ।
खोजेर हेर्ने नै हो भने यहाँ मासु खान हुने र नहुनेभन्नेमा बैज्ञानिकहरु एकमत छैनन । सर्वसाधारणले के लाई पत्याउने ? अञ्जानमा गल्ति गरिन सक्छ तर त्यसलाई थाहा पाईसकेपछि सुधार गर्न खोजिन्छ र सुधारिन्छ । अनि हामी अहिलेसम्म गु खाएर मात्रै पछाडी परेको भन्ने कुरा हामी किन निर्विवाद स्विकार गरिरहेका छौं । कुनै दिन आज गु खान्थ्यौ भन्नेहरुले हामीलाई मृत घोषणा गरिदिए हामी त्यो पनि स्विकार्छौ की ?
खुला दिशामुक्त क्षेत्र अभियानका क्रममा यस्तो क्रम दोहोरिँदो छ । खुला दिशामुक्त क्षेत्र घोषणाका लागि हामी हाम्रा संस्कार, संस्कृति अनुसारका भेषभुसा, बाजागाजा प्रदर्शन गर्दै तामझामपूर्ण कार्यक्रम आयोजना गर्छौ । गाँउका सबै घरका मानिस उपस्थित हुनका लागि उर्दि जारी गर्छौ । सबैलाई भेला पारेर आफैंले आफ्नै सार्वजनिक वेईज्जत गर्छौ । सबै कुरा सम्झँदा हाँस्नु कि रुनुको दोधारमा मन गाँठो पर्छ ।
कार्यक्रममा उपस्थित ठुला मान्छे स्थानियलाई लाईन लगाएर उभ्याइरहेका छन र भन्न लगाईरहेका छन । ‘हामी गु खाने मान्छे हौं ।’ गु खाएको कुरा स्विकार्न मन नलागेकाले नै होला, कोही नाक खुम्च्याउँछन । कोही पिच्च थुक्छन । तैपनि विरोध गर्न आँट आउन्न किनभने त्यो भन्न लगाउन उच्च ओहोदामा बसेका मानिसहरु छन ।
अहिलेसम्म आधा दर्जन पनि पुगेको छैन पुरै जिल्लाले नै गु खान छोडेको । अवको ४ वर्षभित्र पुरै देशले नै गु खान छोड्नुपर्ने भनेर देशले उहिल्यै ल्याप्चे लगाईसकेको छ अरे । आजभोली फाट्टफुट्ट सुनिएका यस्ता सपथले भोली आकाश घन्काउने छ । हामी चिच्याइरहने छौं गु खाको कुरा स्विकारेर । यहि सपथ अलिक शिष्ट वनाउन पनि हामी सक्दैनौं । यो आयातित सपथ हेरफेर गर्न त हाम्रो औकात हुनुपर्‍यो नि !
अलिक पढेका तालुखुईलेका कुरा चुपचाप स्विकार गर्नुको विकल्प हामीसँग छैन । यत्ति खेर मलाई बाको त्यही कुरा याद आईरहेछ । झण्डै बिस वर्ष अघि बाले भनेको कुरा त सोह्रैआना ठीक रैछ । त्यसैले बाको त्यही महान वाणी अन्तमा एकपटक “अन्न खा’को भा’ पो, गु खानेको के बुद्धि हुन्थ्यो ?”
apawad@hotmail.com
सुन्नुहोस खुल्ला दिशा मुक्त गाबिस घोसणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा आशनग्रहण गराईएका  प्रमुख जिल्ला अधिकारीले सर्बसाधारणलाई खुवाएको सपथ



  डाउनलोड गर्नुहोस

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना