• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल : तल तिमी

अर्जुन अपवाद 
तल तिमी माथी म, डेरा एउटै घर थियो
फराकीलो मन मात्रै, साँघुरो शहर थियो ।

आकांक्षाको बिक्रि गर्न, सरिया थ्यो यतातिर
सम्झीराछु आफ्नै  घर, छानो त्यस्को खर थियो ।

अझै नी झझल्को छ, ऐंसेलु र काफल खाको
थकान सबै विसाउने, चौतारीमा बर थियो ।

खै के के हुन्थ्यो हुन्थ्यो, तिमीलाई नभेट्या भा
यसो गर त्यसो गर, तिम्रो धेरै भर थियो ।

गुनासो गर्छौ किन ? दूःखमा प¥या बेला
मेरो मात्रै चाह हो र तिम्रो पनि कर थियो

नदेखेझैं गरें मैले, तिमीलाई थुप्रै चोटी
माया मा¥या कहाँ हो र ? इज्जतको पो डर थियो ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना