• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नेतालाई मतदाताले प्रतिवद्धतामा सहि गराए

आगामी संविधानसभाका लागि निर्वाचित हुने प्रतिनिधिहरुलाई मतदाताप्रति जीम्मेवार बनाउनका लागि काठमाण्डौमा गठन भएको देशभरका युवाहरुको सञ्जाल तन्नेरी चासोले आइतबारबाट स्वच्छ तथा निष्पक्ष चुनावका लागि युवा अभियान सुरु गरेको छ । देशका विभिन्न १३ जिल्लामा सञ्चालन हुने अभियान आज दोलखाबाट सुरु गरिएको हो । कार्यक्रम अन्तर्गत आइतबार दोलखाको चरिकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई लिखित प्रतिवद्धतामा हस्ताक्षर गराईएको छ ।

प्रतिवद्धतामा संघिय समाजवादी पार्टी क्षेत्र नं. २ का उम्मेदवार हेप बहादुर थामी, समानुपातिक उम्मेदवार नोर्साङ्ग शेर्पा, प्रमिला श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं. २ का सुकमान थामी, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. २ का उम्मेदवार नर वहादुर पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका क्षेत्र नं. का मोहन व लामा, २ का कष्ण कुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका क्षेत्र नं. २ का उम्मेदवार लक्ष्मि शिवाकोटी, राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टीका अमृत बहादुर चौंलागाँई, राष्ट्रिय चुरेभावर पार्टिका राम प्रसाद उपाध्यय क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार हिरा प्रसाद चौंलागाई, टिका प्रसाद सापकोटा गरि ११ जनाले हस्ताक्षर गरेका छन । 

नागरिक अभियान दोलखा र तन्नेरी चासोले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्लाका नागरिक समाज, पत्रकार लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं पुर्व जिविस सभापति रुद्र वहादुर खड्का, नेकपा एमाले दोलखाका उपाध्यक्ष नर बहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुन्दरप्रकाश खड्काले आफ्नो भनाई राख्दै पार्टीका उम्मेदवारहरुलाई जिम्मेवार वनाउन अभियानले भूमिका निर्वाह गर्ने वताएका थिए । 

नेपालका राजनैतिक दल तथा नेताहरुलाई उत्तरदायि बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिवद्धता पत्रका मस्यौदाकार एवं नागरिक अभियान दोलखाका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी दिए । उनले भने “हामीले हाम्रा नेताहरुका कुरा मात्रै सुन्यौं । दलहरुले आश्वासन मात्रै दिए अव उनिहरुलाई जिम्मेवार वनाउन सकिन्छ कि भनेर यो अभियान सुरु गरिएको हो ।” 

कार्यक्रममा सहभागी दलका नेताहरुले जनतालाई नेताप्रति उत्तरदायि बनाउन अभियानले सहयोग गर्ने वताए । कार्यक्रममा सहभागी राप्रपा दोलखा क्षेत्र नं. २ का उम्मेदवार नर बहादुर पाख्रिनले भने “अभियानले तत्काल नेता तथा कार्यकर्तालाई अप्ठ्यारोमा पारे पनि देशलाई दिर्घकालिन फाईदा गर्छ ।”

कार्यक्रममा वोल्दै नागरिक समाज दोलखाका विर्ख क्रान्तिले नेताहरुलाई उत्तरदायि बनाउन नसकिए फेरी पनि संविधान निर्माण नहुने भएकाले नेतालाई जनताले खवरदारी गर्न जरुरी रहेको वताए । उनले भने फेरी पनि दलहरुले आफ्ना घोषणापत्रमा संविधान वनाउने कुरा भन्दा पनि अन्य कुरामा ध्यान केन्द्रित गरेका छन ।

अभियानअन्तर्गत दोलखा लगायत सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, चितवन लगायतका देशका १३ जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिने अभियानमा संलग्न नविन सिलवालले जानकारी दिए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना