• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

केहि गर्नुपर्दैन नेताज्यु, सत्य बोलिदए पुग्छ !

चुनावको चहलपहल चर्को छ । अन्य बेलामा तटस्थ काम गरिरहेकाहरुलाई तटस्थता जोगाउन हम्मे परिरहेको छ । अरुबेला देखे मुन्टो बटार्नेहरु परे पाउ धोईदिन तयार छन यसबेलामा । चर्का चर्का भाषणवाजी भईरहेको छ । यसो दिन्छौं उसो दिन्छौं भन्ने त थेगो नै हो चुनावका बेला । 

जनताका नाममा आखाँअगाडीका कार्यकर्ता उफार्नु र थचार्नुलाई आफ्नो इज्जत सम्झने नेताहरु गाँउगाँउ छिरेका छन । माछाको बल पानीसम्म भनेझै वातावरण चुनावी वन्दै गएपछि चुनावबाट कोही टाढा रहन सक्दैन । यो कारण पनि दलहरुलाई खबरदारी गर्नु अहिलेको प्रमुख आवश्यकता हो । हामी त बस राम्रो भयो भने आफैं गुड्छ भन्ने महान शिक्षाबाट दिक्षित छौं । चालकको भौतीक तथा मानसिक अवस्था, गुड्ने बाटाको अवस्था, त्यसमा सवार यात्रीहरु लगायतका कुरा त हाम्रो चासो नै हैन । अरुलाई जे जे हुने हो होस मलाई वा मेरो अगाडी पर्नेहरुलाई राम्रो भयो भने त्यो नै हाम्रा लागि विकास हो । परिवर्तन हो । अरु पनि के के हो ।

विवेक बन्धक राख्ने वौद्धिक वर्ग आफुलाई सबैभन्दा उच्च कोटीको वर्ग ठान्छ । कुनामा बस्छ । समाजमा तरङ्ग ल्याउने नाममा समाजका लागि भविश्यमा हानी पुग्ने कुरा भनिदिन्छ । विभिन्न वर्गका संवेदना टिप्छ र आफुअनुकुल व्याख्या गर्छ । नत्रभने समाज यत्ति धेरै कुहिराको काग बन्ने थिएन नै । न समाजमा एकले अर्काका प्रति शंका गर्नुपर्ने वातावरण वन्थ्यो । ‘भ्रष्टचारीलाई किरा परोस’ भन्दा टाउको दुखाउने यो वर्ग सैनिकले परेड खेलेझैं लाईनै लगाएर सार्वजनिक स्थलमा ‘हामी आफ्नो दिशा आफैं खान्छौं’ भन्दा थाहै पाउन्न वा त्यस्तै अभिनय गर्छ ।

त्यही महाकाली सन्धी हो जसले त्यतिखेरको प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेलाई दुई फग्लेटा बनाएथ्यो । विप्पा सम्झौता त्यस्तै सम्झौता हो जसले अहिलेको ठुलो पार्टी एकिकृत माओवादीलाई टुक्रा पा¥यो । अहिले पनि धेरै पार्टीहरुले चुनावमा मतदाताका लागि विभिन्न घोषणापत्रहरु तयार गरेका छन । जुन कुहिएका फर्सीजस्तै सुन्दर छन । औद्योगिकीकरण गर्ने मुद्धा सबैका घोषणापत्रमा समावेश छ नै । राज्यलाई अनुगमन तथा नियमनका लागि प्रभावकारी वनाउन सहयोग गर्नुभन्दा आफैं मजदुर उचालेर उद्योग नै वन्द गराउने ‘लोकप्रिय नीति’ नत्यागेसम्म ति कागजी खोस्टा नै हुन ।

महाकाली सन्धिका बारेमा सडकमा उफ्रियर चर्का नारा लगाउनेहरु गर्न सक्ने ठाँउमा पुगिसकेपछि विर्सन्छन या विर्सेजस्तो गर्छन । १९५० को सन्धि पुनरावलोकनको मुद्धा एकिकृत माओवादी पार्टीका लागि त्यस्तै मुद्धा हो । 

हुन त विकिलिक्सले सार्वजनिक गरेका तथ्य गलत होईनन् भने १९५० को सन्धि पुनरावलोकन गर्ने प्रचण्डको भाषण आफ्ना कार्यकर्ता गुमराहमा राख्न मात्रै थियो । अहिले फेरी त्यही सन्धि पुनरावलोकनको मुद्धा घोषणापत्रमा राखेको किन होला ? वुझिनसक्नु छ । ‘भारत संगको सन् १९५० को शान्ति तथा मैत्री सन्धी लगायत राष्ट्रिय हित प्रतिकुल देखिएका सवै पुराना सन्धी—सम्झौताहरुको पुनरावलोकन गरी तिनलाई आवश्यता अनुरुप परमार्जन गर्ने, खारेज गर्ने र नयाँ सम्झौता गर्ने कार्य सम्पन्न गरिनेछ ।’ घोषणापत्रको यो बुँदाका लागि अझै कतिञ्जेल कार्यकर्ता उफ्रने हुन् ? भन्न गाह्रो छ ।

इतिहास अध्ययन जरुरी छ । रोएर बस्नका लागि हैन पाठ सिक्नका लागि । पुग नपुग आधा शताब्दि हुन लाग्यो। दक्षिण कोरीयाले अन्न आयात गर्ने अवस्था छोडेर विकास निर्माणमा लागेको । कुनै दिन लश्करै नागरिकलाई काम गर्न विदेश पठाउने देश अहिले अन्य देशका कामदारलाई काम लगाउने अवस्थामा पुगिसकेको छ ।

हामी २४० वर्षको इतिहास अलाप्दै वसिरहेका छौं । नेताहरु त्यसै गर्न सिकाईरहेका छन । आखिर कहिलेसम्म ? त्यहि देश दक्षिण कोरीया पुगेर फर्केपछि एक युवा नेताले लेखे ‘देश बनाउन समय हैन सहि नेता पो चाहिने रै’छ।’ अहिले चुनावी अभियानमा व्यस्त ति नेता आफ्नो भाषणमा शाहवंश, राणा, महेन्द्र पञ्चायतलाई सत्तोसराप गर्छन कि गर्दैनन्? छिमेकीहरु अर्काले छोक्रो वनाईदिएको उखुमा रस भर्ने अभियानमा छन। हामी आँगनको रसिलो उखुमा काठ पसाँउदो छौं। उखु रोप्ने दिनमा घाम लागेको थियो कि पानी परेको थियो भनेर।

अहिलेसम्म पढ्दै आएको नेपालको क्षेत्रफल १४७१८१ वर्ग किमि छ । वर्षौंदेखि नेपाली सिमा मिचिँदो छ । सिमावासीहरु लखेटिँदा छन । अझै कति पुस्ताले त्यहि क्षेत्रफल घोकिरहनुपर्ने हो पत्ता छैन । छेउमै जान नसकेका नारायणकाजीले परैबाट भएपनि रसियावाल खुर्दलोटन बाँध हेरेका थिए रे । हाम्रो सिमा मिचिएको कुरा जोडतोडका साथ उठाईन्छ पनि भनेका थिए रे । अहिले तिनीहरु कता पुगे ? अझै पनि तिनीहरुले उठाउने मुद्धा तिनै हुन ? अव कतिञ्जेल जनतालाई भेडा बनाईने हो यसै भन्न गाह्रो छ ।

चरिकोटमा आएका बखत चन्द्रकिशोरले बोलेका थिए। पहाडका लागि सिमाको कुरा संवेदना हो । मधेसका लागि त त्यही नै सर्वस्व हो। सर्वस्व गुमेर रातारात सुकुम्बासी बन्नुपर्दाको वास्तविकता सुन्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ । तराईका मुद्धा लगातार उठाँउदै आएको सद्धभावना पार्टीको घोषणापत्रमा कतै सिमाको कुरा भेटिन्न । आँखै कमजोर भएर पो हो की ?

विगत तथा भविष्यको कुरा अर्कै हो । अहिले नेपालमा पर्छ लुम्बिनी, जहाँ वुद्ध जन्मेका थिए । केहि दिनअघि मधेस क्षेत्रका विद्धानले नै त्यस्तै लेखेका हुन कि सम्पादकको आँखा परेर त्यस्तो भयो । नेपालको धेरै विक्ने दावा गर्ने एक पत्रिकामा लेख छापियो । लेखमा शिर्षक छ ‘बुद्ध वाज वर्न इन मधेस’ । लाग्न लागेको छ अव मधेस नेपालभित्र पर्दैन छुट्टै मुलुक हो।

मधेसी जनाधिकार फोरम जसको आन्दोलनका कारण नै मधेस मुद्धामा व्यापक छलपल हुने अवस्था सिर्जना ग¥यो । त्यो पार्टीले पनि घोषणापत्रमा सिमा विवादको कुनै कुरा उठाएन । बरु नागरिकताको प्रश्न उठेको छ । सिमा मुद्धा नागरिकता भन्दा कम महत्वको हो र ?

देशमा ग्या्रण्ड डिजाईन भन्ने शब्द प्रयोग गरेर गिरीजाप्रसाद कोईरालाले आफ्ना अभिष्ट पुरा गरेकै हुन । मदन भण्डारीको हत्यामा एमालेले प्रशस्तै राजनीति गरेकै हो । भलै प्रधानमन्त्रि भएका बेला त्यसको अनुसन्धान गर्न कसैले सम्झाईदिएन भनेर माधवकुमार नेपालले अन्तर्वाता दिए ।

अहिलेसम्म राजा महाराजाले देश विगारे हामी विगार्दैनौं भन्नेहरु प्रधानमन्त्रीको कार्यकक्षमा उपसचिवसरहको कर्मचारीलाई रातो कार्पेट ओच्छ्याएर स्वागत गर्छन । त्यत्तिसम्म गरे त के नै विग्रन्थ्यो र ! त्यसभन्दा अझै अगाडी सरेर देशको समस्या मिलाउदेउ भनेर विन्ति गर्छन । तिनीहरु नै अलिकती आफ्ना समर्थकको जमात देख्नासाथ भन्छन, “हामी त काम गर्न चाहन्थ्यौं । फलाना फलानाले गर्न दिएनन्।”

हामी हेपिएका छौं की आफैंद्धारा हेपाइएका छौं यसै भन्न गाह्रो छ । विश्वव्यापी आम मान्यता के हो भने हैसियत अरुले वनाईदिने हैन । आफैंले वनाउने हो । भनेका बेलामा चाहेका उच्च नेतालाई कनिष्ठ कर्मचारीले सजिलै भेट्ने हैन कान समातेर उठबस गराईदिन सक्छन । विदेशी भएबापत नेपालमा।

नयाँ नेपाल नाराले मात्रै बन्ने भए धेरै अघि बनिसक्थ्यो । अव पनि चुनावमा नेताहरु आँउदैछन । फेरी पनि विभिन्न नारा, गफ तथा आश्वासन दिनेछन नेताहरुले। सक्ने कुरामात्रै गरिदिए देशको विकास अलि छिट्टै हुन्थ्यो की? नेतामा साँच्चै देश वनाउने मन छ भने ‘मतदाता तथा जनतामा हिजो उठाएका यि यि कुरा गलत थिए। आज उठाइएका प्रसङ्ग पनि यहाँ यहाँ गलत छन’ भनेर सार्वजनिक घोषणा गरुन । त्यत्ति भो भने नेतालाई एकै स्वरुपमा देख्न पाईन्थ्यो । त्यसले सबैलाई भलो नै गर्ने थियो ।

डोरी जती लामो बाटे पनि गाँठो एउटै हो । आफुले गर्न सक्ने कामका मात्र कुरा गर्ने हो भने सबैले आफ्नो हैसियत समयमै थाहा पाउने थिए । रोगको कारण पत्ता लागेमात्रै उपचार गर्न सहज हुन्छ। त्यसैले सकेसम्म राम्रो गर नसके नराम्रो नगर । नेपालमा पर्दापछाडी हुने चलखेल इमानदारपुर्वक भनिदेउ । गुमराहमा नराख । झुटो नबोल।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना