• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

चुनावी अभियानका क्रममा दलले संयमता अपनाउने

तस्बिर सेतोपाटी 
दोलखामा रहेको तीन ठुला राजनैतिक दलले जिल्लामा हुने चुनावी अभियानका क्रममा संयमता अपनाउने भएका छन । मंगलवार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बैठकमा दलहरुले चुनावी अभियानका क्रममा कार्यकर्ताहरुलाई उत्तेजित नबनाउने, कुनै विवाद आएमा नेतृत्व तहमा समाधानका लागि पहल गर्ने लगायतका कुरामा प्रतिवद्धता गरेका छन ।

राजनैतिक दलहरुले जिल्लाका विभिन्न गाँउमा गरेका चुनावी कार्यक्रमहरुमा विभिन्न राजनैतिक दलको विचमा तनाव उत्पन्न भएको भन्ने समाचारहरु जिल्लामा रहेका सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण भएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दलहरुका विचमा छलफल गर्न बैठक आयोजना गरेको दोलखाका मूख्य निर्वाचन अधिकृत ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो । बैठकमा एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य इश्वर थापा, कांग्रेसका जिल्ला उपसभापति कृष्ण बहादुर खड्का, एमालेका सचिवालय सदस्य बाबुकाजी कार्कीको सहभागिता रहेको थियो ।

यसैगरि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलवार नै जिल्लाका एफएम रेडियोका प्रतिनीधिहरुसँग चुनावी आचारसंहिताको विषयमा छलफल गरेको छ । जिल्लाका रेडियोहरुले आचारसंहिता उल्लघंन गरेको कार्यालयमा उजुरी परेपछि कार्यालयले रेडियोहरुलाई पत्राचार गरि छलफलका लागि उपस्थित हुन आग्रह गरेको थियो । छलफलमा रेडियोका प्रतिनिधिहरुले आईन्दा आचारसंहिताको उल्लँघन नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन । छलफलमा रेडियो शैलुङ्गका स्टेशन म्यानेजर रामचन्द्र गिरी, भीमेश्वर रेडियोका स्टेशन म्यानेजर मुरारी दुलाल, रेडियो हिमाली जिरीका स्टेशन म्यानेजर दावा नोर्वु शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना