‘१ वर्षअघि गाँएमा बलात्कारको घटना घट्यो । आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गर्न गएको प्रहरी आफैं मातेर टिल परेको थिए । हामीले नियन्त्रणमा लिईसकेको भएर अपराधी उम्कन पाएनन । अबका दिनमा प्रहरी यस्तै हालतमा भेटिनु भएन ।’
दोलखाबजारकी पार्वती श्रेष्ठले उठाएको यस प्रश्नको जवाफ दिन दोलखाका प्रहरी प्रमूख प्रहरी नायब उपरिक्षक सुरेश काफ्लेलाई अप्ठ्यारो परेको प्रष्ट देखिन्थ्यो । जवाफमा उनले भने ‘प्रहरी संगठनभीत्रपनि कारवाही तथा पुरस्कारको व्यवस्था गरिएको छ । यस आवको ६ महिनामा ९ प्रहरी पुरस्किृत भएका छन ११ लाई कारवाही गरिएको छ । आगामी दिनमा यस्तो हुँदैन ।’
जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार आफ्नो कार्यालय तथा माताहतका कार्यालयले गरेका कामहरुका बारेमा जानकारी दिन आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी तथा सर्वसाधारणहरुका विचमा प्रहरीले प्रदान गरेको सेवा सुविधाका बारेमा खुलेर सवाल जवाफ भयो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल, जिल्ला प्रहरी प्रमूख सुरेशप्रसाद काफ्ले लगायत जिल्लका विभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालयका प्रमूखहरुले प्रहरीका बारेमा सर्वसाधारणले दिएका सुझाव तथा सल्लाह ध्यानपूर्वक सुने । कार्यक्रममा उठाइएका प्रश्नहरुको जवाफ काफ्लेले दिए ।
काफ्लेले यस आर्थिक वर्षको ६ महिनाको अवधीमा कार्यालयले जिल्लाभरबाट १ सय २२ थान अवैध हातहतियार पक्राउ गरेको जानकारी दिए । कार्यक्रममा बोल्दै सर्वसाधारणहरुले प्रहरी तथा नागरिकको सम्बन्ध सुमधुर नभएको, प्रहरी सुचना प्रविधिमा अध्यावधिक हुन नसकेको, घटनाका प्रकृतिहरु फरक रहेकोले अनुसन्धानमा ध्यान दिन सुझाएका थिए । सर्वसाधारणले राखेका प्रश्नहरुको जवाफ दिँदै काफ्लेले प्रहरी कार्यालयमा दर्ता भएका निवेदनमा पिडितहरुले पिडकसँग मिलेर घटना कमजोर बनाइदिने गरेका कारण प्रहरीले गरेका कामहरु प्रभावकारी बन्न नसकेको वताए । उनले सर्वसाधारणको अपेक्षाअनुसार आगामी दिनमा प्रहरीको सेवामा सुधार हुने बताए ।
कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले स्थानिय जनताका लागि प्रहरी नै राज्य भएका कारण प्रहरीले गर्ने व्यवहार हेरेर सर्वसाधरणले राज्यप्रतीको धारण वनाउने उल्लेख गर्दै कार्यक्षेत्रमा प्रहरीहरु जिम्मेवार हुनुपर्ने वताए ।
यसैविच अवैध सुनाखरी ओसारपसार गरेको अभियोगमा बुधबार प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुष्पा क्षमावती गाविस वडा नं. १ का भीम बहादुर थामीलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनको घरनजिकै रहेको चर्चमा रहेको सुनाखरीसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
No comments:
Post a Comment