२०६८ सालमा भएको जनगणनाअनुसार दोलखा जिल्लाको भुषाफेदा गाविसको वडा नं. १ मा कोही पनि वसोवास गर्दैनन् । केन्द्रिय तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको वडागत जनसंख्या विवरणअनुसार भुषाफेदा गाविसमा १ नं. वडा छैन । यहाँ बसोवास गर्ने मानिस पनि छैनन ।
जनगणनाको तथ्याङ्कमा वडा नै नभएको ठाँउमा २०७० मंसिरमा भएको संविधानसभा निर्वाचनका ८ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय दोलखाले संकलन गरेको मतदाता नामावलीमा ८ जनाले फोटो खिचाएका कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सिन्धुपाल्चोक जिल्लासँग जोडिएको भुषाफेदा गाविसको १ नं. वडामा विगतदेखि नै सिमाविवाद रहिआएको छ । स्थानिय शुक्र लामाका अनुसार दुवै जिल्लाले आफ्नो भुभाग दाबी गरेपछि सिमा विवाद निम्तिएको हो । ‘वडाभरमा १ परिवारको मात्र दोलखा जिल्लाको नागरिकता रहेको छ । त्यस वडालाई सिन्धुपाल्चोक नै पायक पर्ने कारण दोलखातिर उनिहरुको संगत नै हुँदैन’, लामाले भने ।
सिमाविवादका कारण जनताले विभिन्न समयमा हैरानी व्यहोर्नुपरिरहेको छ । स्थानियहरुले संरक्षण गरेको वन अर्को जिल्लाका वासिन्दाहरुले उपयोग गर्ने गरेका छन । लामा भन्छन ‘हामीले यसका वारेमा जिल्लामा रहेका निकायहरुमा पनि खबर ग¥यौं । कसैले पनि वास्ता गरेको छैन ।’
स्थानिय घ्याम्जो लामा सिमा विवाद सल्टाईदिन कसैले पहल नगरेको वताँउछन । ‘देशका सबै गाविसमा ९ वटा वडाहरु छन । हाम्रो गाविसमा मात्रै ८ वटा वडा छन । यसले गर्दा गाँउ विकासमा पनि प्रभाव परेको छ । यतावाट सिन्धुपाल्चोकले गर्छ भन्यो, उता दोलखाकाले गर्छ भन्छ । यसले गर्दा गाँउको विकास नै रोकिने अवस्था छ’, लामाले भने ।
यो पनि
No comments:
Post a Comment