• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तरकारीले धानेको जीन्दगी

काब्रे दोलखाका शिव कुमार दाहाल ८ कक्षा पढ्दै थिए । त्यही बेला उनको बुबा बित्नुभयो । पढ्नको लागि खर्च भएन । त्यसपछि उनी कामको खोजीमा काठमाण्डौ लागे । नर्सरीमा काम पाए ।

टनेलमा विरुवा हुर्काउने उनको जिम्मेवारी थियो । एकपटक घर फर्कदा गाँउमा स्थानिय रिने शेर्पाले काठमाण्डौमा जस्तै टनेल बनाएको देखे । गाउँमा नर्सरी बनाउन लागेछन । कसरी चल्छ होला ? उनले मनको कुरा मनमा राख्न सकेनन् ।  सोधे ‘टनेलमा नर्सरी चल्छ त दाई ?’

रिनेको जवाफ उनले सोचेको भन्दा विल्कुलै फरक थियो । ‘नर्सरी बनाउन लागेको होइन । गोलभेंडा खेती गर्न लागेको हो ।’

‘दाई यहाँ फल्छ त ।’ रिनेको कुरामा विश्वास नलागेपछि उनले सोधे । ‘सुरुवात हो म फलाएर देखाउछु ।’ कुराकानीपछि उनलाई पनि गोलभेडा खेती गर्न मन लाग्यो । तर साथमा पैसा थिएन ।

‘म चार वटा गोठ(टनेल) बनाउछु, खर्च कति लाग्छ ?’ रिने दाईलाई उनले सोधें । ‘२५ हजार जति लाग्छ ।’

कुराकानीपछि उनि उनको सिधै घरतर्फ हानिए । साउनको बेला थियो । बारीमा मकैले भर्खर सुत्ला च्याप्न लागेका थिए । उनी भटाभट मकै काट्न लागे । ठाँउ त तयार भयो तर टनेल बनाउन किन्नुपर्ने सामानका लागि गोजीमा पैसा थिएन । गाउँमा माग्न आँट आएन ।

ऋणको आशले उनि गाँउमा रहेको जनसचेतन सहकारीतिर लागे । ‘सहकारीले ऋण दिन्छ भन्ने लागेको थिएन । धेरै माग्यो भने दिदैन भनेर जनसचेतन सहकारीमा ५ हजार मात्र ऋण माँगें । त्यही ५ हजार लगेर पसलमा दिएँ । अरु बाँकी राखेर प्लास्टिक ल्याएँ ।’ उनले २०६२÷६३ तिरका सुरुवात दिन सम्झिए ।

दाहालले पहिलो वर्ष सुरुमा ४०–५० हजार आम्दानी गरे । दोस्रो वर्ष २० वटा टनेलमा २ हजार विरुवा रोपे । डेढ दुई लाखको गोलभेंडा बेचे ।

दाहाल अहिले ३२ वर्ष भए । उनको उमेरका युवाहरु धेरै विदेश वा शहर पसेका छन । ५ जनाको परिवारको खर्च तरकारी खेतीको कमाईले धानेको छ । सुरुमा ५ हजार ऋण लिएका उनले तरकारी खेतीकै लागि जनसचेतनबाट डेढ लाख सम्म ऋण लिए ।

आफ्नै ठाउँमा जोस जाँगरका साथ लाग्यो भने खेती गरेर बाँच्न सकिदो रहेछ भन्ने उनलाई लागेको छ । त्यही ठाउँमा ४÷५ लाख पनि कमाए, अहिले त्यही ठाउँमा २०÷२५ हजार मात्र नाफा भयो । पछिल्लो समय बजारको व्यवस्था राम्रो छैन । अहिले गोलभेडा खेती धरैतिर हुन लागेको छ । जिल्लाभरिको गोल्भेडा जाने ठाउँ भनेको चरिकोट मात्रै हो ।

सुरुमा उनले गोलभेडा सुरु गर्दा जिल्लामा गोलभेडा गर्ने किसान नै थिएनन् । कृषि सम्बन्धी पुस्तकहरु हेरेर काम गर्नुपर्ने हुन्थ्यो । पछि पछि उनले विभिन्न ठाँउका किसानलाइृ गोलभेडा खेती गर्नका लागि सिप सिकाए ।

बजार व्यवस्थापनको समस्याले गर्दा कृषि क्षेत्रमा आकर्षण हुन नसकेको उनको भनाई छ । राज्यले त्यसको जिम्मा लिईदिए राम्रो हुन्थ्यो । व्यवसाय गर्नका लागि प्राविधिक ज्ञान दिए हुन्थ्यो । अवलोकन भ्रमणमा लैजाने, बजार व्यवस्थापनको ग्यारेन्टी, ढुवानीको व्यवस्था जस्ता कुराहरुमा राज्यले ध्यान पु¥याउन सके नेपाल कृषिमा आत्म निर्भर बन्ने थियो । मैनापोखरी बजारमा गोलभेडा बेच्न आएका दाहालले भने ।



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना