• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

राहत वितरणको जिम्मा गैरसरकारी संस्थालाई (गाविसगत विवरणसहित)।

यहि बैशाख १२ गते गएको भूकम्पबाट जिल्लामा पिडित भएकाहरुलाई राहत गैरसरकारी संस्थामार्फत बाँड्ने निर्णय भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको विहिबार वसेको बैठकमा उक्त निर्णय भएको बैठकका सहभागि नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका २ नगरपालिका र ४८ गाविसमध्ये ५ गैससलाई ४१ गाविसमा राहत वितरणको जिम्मेवारी दिईएको छ । बाँकी ७ गाविस र २ नगरपालिकामा भने जिल्ला दैवी प्रकोप उद्दार समितिमार्फत राहत वितरण गरिनेछ । ‘बैठकमा भूकम्पका कारण क्षतिग्रस्त भएका घर सरकारी टोलीको अनुमतिविनै भत्काउन सकिने निर्णय समेत भएको छ’, उनले भने ।

दोलखाका सहायक प्रमूख जिल्ला अधिकारी औलख बहादुर आलेले विहिवार बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालले १६ गाविस, ग्रामिण विकास टुकी संघ दोलखाले ८ गाविस, स्विस विकास नियोग(एसडिसी)ले ७ गाविस,नेपाल ग्रामिण पुननिर्माण संस्था (आरआरएन)ले ६ गाविस, र रेडक्रसले ४ गाविसमा राहत वितरण कार्यको जिम्मेवारी लिएको जानकारी दिए । राहत वितरणका लागि शनिबारबाट जिम्मेवारी लिएका संस्थाहरुको नेतृत्वमा जिल्लाभर टोली खटाईने छ । जिल्लामा भूकम्पमा परि हालसम्म ७५ जनाले ज्यान गुमाएको र ३ सय ४ जना घाईते भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जानकारी दिएको छ । समितका अनुसार जिल्लाका ५० हजार वढि घर बसोबास गर्न नसक्ने गरि भत्किएका छन् ।

राहत वितरणको जिम्मेवारी पाएका संस्था र गाविस
क्रम संख्या संस्थाको नाम गाविस/नगरपालीका
प्लान ईन्टरनेशनल नेपाल लापिलाङ,सुनखानी, सुन्द्रावती, सुष्पाक्षमावती, बोच, लाकुरीडाँडा, मागापौवा, फस्कु, काटाकुटी, शैलुङ्गेश्वर, ताम्चेत दुधपोखरी, भुषाफेदा, पवटी, घ्याङ्गसुकाठोकर, भेड्पु र डाँडाखर्क
ग्रामिण विकास टुकी संघ लामिडाँडा, खोपाचाँगु, विगु, आलम्पु, लादुक, बाबरे, चिलंखा र कालिञ्चोक
स्विस विकास नियोग(SDC) बुलुङ, ओराङ, खारे, लामाबगर, गौरीशंकर, चंखु र मार्बु
नेपाल ग्रामिण पुननिर्माण संस्था (RRN) मालु, जफे, झुले, भिरकोट, गैरीमुदी र मिर्गे
रेडक्रस मेलुङ, हावा, च्यामा, र शहरे
जिल्ला दैवी प्रकोप उद्धार समिति जिरी नगरपालीका, भीमेश्वर नगरपालीका, सुरी, श्यामा, झ्याकु, काब्रे, जुँगु, क्षेत्रपा र नाम्दु

  • अझै पुगेन राहत ।
जिल्ला सदरमुकामसँगै जोडिएको राउतगाँउकी ७४ वर्षिय कृष्णकुमारी राउत विहानैदेखी नगरपालिकाको कार्यालयमा त्रिपाल लिनका लागि लाईनमा थिईन । अबेरसम्म उनले त्रिपाल पाईसकेकी थिईनन् । त्रिपाल नभएर खुला चौरमा रात कटाउनुपरेको उनले बताईन । ‘घर बस्नै नसक्ने गरेर भत्किएको छ । आज त्रिपाल दिने भन्ने सुनेर लिन आएको पाईने नपाईने टुङ्गो छैन ।’

गाँउमा पहुँच हुनेले एक परिवारका लागि ४ ओटासम्म त्रिपाल लिएको भन्दै उनले राहत वितरणमा भेदभाव गरिएको गुनासो गरिन । जिल्ला विकास समितिले जिल्लाका सबै परिवारलाई समान रुपमा बाँडेको दुई हजार रुपैंया राहत समेत गाँउमा सबै परिवारले पाउन नसकेको उनको भनाई छ ।
  • भूकम्पले झोलुङ्गे पुल चुँडियो, तीन गाविस प्रभावित ।
शुक्रवार विहान आएको भुकम्पका कारण तामाकोसी नदीमाथिको सुनखानी लामीडाँडा र जुँगु गाविस जोड्ने झोलुङ्गे पुल चुँडिएको छ । पुल चुँडिएपछि उत्तरी क्षेत्रका जुँगु, क्षेत्रपा, झ्याकु लगायत गाविसका वासिन्दा प्रत्यक्ष मारमा परेका छन । पुल चुँडिदा उत्तरी क्षेत्रको बजार सिङ्गटीमा निर्भर रहेका जुँगु क्षेत्रपा, झ्याकु लगायतका गाविसका वासिन्दा मारमा परेको सिङ्गटीबाट नवराज पाठकले जानकारी दिए ।
  • प्रहरी महानिरिक्षक दोलखामा ।
यसैबिच प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल दोलखा आईपुगेका छन । भुकम्प प्रभावित जिल्लाको भ्रमणका क्रममा रामेछाप जिल्लाको भ्रमणपछि अर्याल गृहसचिव सूर्य बहादुर सिलवालसँगै दोलखा आईपुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । टोलीले जिल्लामा भुकम्पपिडितहरुको अवस्था तथा राहत वितरणको बारेमा जानकारी लिएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना