• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

जम्मा परिवार १२३३, राहत बुझ्ने १२३३, नपाउने २३४

बैशाख २७

जिल्ला विकास समिति दोलखाले २०७१ मंसिर र पौष महिनामा संकलन गरि माघ महिनामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार शैलुङ्गेश्वर गाविसमा १ हजार २ सय ३३ परिवार बसोबास गर्छन । यसै तथ्याङ्कलाई आधार मान्दा यस गाविसमा बैशाख १२ मा गएको भूकम्पका पिडित सबै परिवारहरुलाई गाविसको कार्यालयले प्रति परिवार रु २ हजारका दरले रकम वितरण गरिसकेको छ । तर स्थानीय वासिन्दा 
भने अझै २ सय ३४ परिवारले राहत रकम नपाएको दावी गर्छन ।

भूकम्प गएको २ हप्ता पूरा हूँदा पनि वास्तविक पिडितसमक्ष राहत नपुगेको भन्दै स्थानियहरु आक्रोशित भएका छन । स्थानिय वासिन्दा रामेश्वर उप्रेती भन्छन ‘गाविसका वास्तविक भूकम्पपिडित २ सय ३४ परिवारले अझै राहत पाएका छैनन् ।’ उनका अनुसार नयाँ कर्मचारीलाई गाविस सचिवको रुपमा गाविस पठाएका कारण राहत वितरण कार्यमा समस्या आईपरेको हो । ‘गाविस सचिव गाँउमा बसेका छैनन् । राहत वितरण कार्य पनि प्रभावित भएको छ ।’ उनि जिल्लास्थित राजनैतिक दलका नेतालाई गाँउमा सचिव पठाईदिन आग्रह गर्दै थिए ।

दोलखाको काब्रे गाविसकी रोचकुमारी चौंलागाँईले अहिलेसम्म गाँउमा त्रिपाल नपुगेको जानकारी दिईन । गाँउलेहरु खान भन्दा पनि बस्ने बासको समस्या छन् । बासको समस्याका कारण वृद्धवृद्धाहरुमे सुन्निे लगायतका स्वास्थ्य समस्या देखा पर्न थालेको छ ।

सदरमुकाम चरिकोट नजिकैको सुष्पाक्षमावती गाविसमा भने अहिलेसम्म ५ ओटा संस्थाले राहत वितरणको काम गरेका छन । भूकम्पपछि हालसम्म सभासद गगन थापासहितको टोली, शेर्पा समाज, थेम्स कलेज अर्वान क्लव, प्लान नेपाल र क्षमावती पूर्व शिक्षक विद्यार्थी समाजले गाविसमा राहत वितरण गरिसकेको क्षमावती उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीले जानकारी दिए । उनका अनुसार गाविसका १ हजार १ सय परिवार सबैलाई एक एक वोरा चामल र एउटा त्रिपाल वितरण गरिसकिएको छ ।

  • पूरातात्विक तथा धार्मिक सम्पदामा क्षति
भूकम्पका कारण जिल्लामा रहेको धार्मिक तथा पुरातात्विक महत्वका स्थलहरुमा क्षती पुगेको छ । भूकम्पका कारण जिल्लामा रहेका विगु गुम्बा, ८ सय वर्ष पुरानो मानिएको रेचे गुम्वा ५ सय वर्ष पुरानो मानिएको लप्चि गुम्बा लगायतका गुम्वा तथा कालिञ्चोक मन्दिर लगायतका मन्दिरहरुमा क्षती पुगेको छ । 

  • भवन ढलेपछि पालमा स्वास्थ्य चौकी 
भुकम्पका कारण भवन क्षतिग्रस्त भएपछि सुष्पाक्षमावतीमा रहेको स्वास्थ्य चौकीले पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिले दिएको जानकारीअनुसार जिल्लाभरमा २७ ओटा स्वास्थ्य चौकीका भवनहरु पूर्ण रुपमा क्षति भएका छन् । दोलखाका ११ सय १९ वटा विद्यालय भवन क्षतिग्रस्त भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । जिल्लामा रहेका ३ सय ६३ वटा विद्यालयमा रहेका  १२ सय ६३ वटा  भवनहरुमध्य मध्ये  १ हजार ४१ वटा कच्ची भवनमध्य  ५ सय ६६ वटा पुर्णरुपमा क्षती भएका छन् भने  २ सय ८३ वटा आशिक क्षती भएका्े जनाईएको छ । त्यसैगरी २ सय ८० वटा भवन  कक्षा सञ्चालन गर्न सक्ने अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले जानकारी दिए । 

  • क्षतिको विवरण संकलनका जिल्लाभर टोली 
भूकम्पकाट भएको भौतिक क्षति संकलनका लागि जिल्लाका ४८ वटा गाविस र २ नगरपालिकामा आजदेखि टोलि खटाईएको छ । सहायक प्रमूख जिल्ला अधिकारी औलखबहादुर आलेले ईञ्जिनियर सहित ५ जनाको टोली जिल्लाभर खटाईएको जानकारी दिए । उनका अनुसार टोलिले भौतिक क्षतिको विवरण संकलन गर्नुका साथै राहत वितरणमा समेत समन्वय गर्नेछ । 

  • दिवंगत भएकाहरुको सम्झनामा श्रद्धान्जली कार्यक्रम 
भूकम्पमा परि दिवंगत भएकाहरुको सम्झनामा आईतबार श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । खप्तडस्वामीको २० समाधी तिथीको अवसरमा सुष्पाक्षमावतीको खप्तड कुटीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा योग तथा ध्यान कार्यक्रम आयोजना गरिएको सहभाग बिर्ख क्रान्तिले जानकारी दिए । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना