• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कस्ता घर बनाउने ?

दोलखा असोज २३

बारीमा मकै छर्ने सुरसार हुँदा भुकम्प गयो । घर भत्कियो । बसिरहेको बास स¥यो । राहत वितरण र बस्ने वासको जोहो गर्दा खेतिको काम पुरै पछाडी स¥यो । जफे ७ कि तुलसा काफ्लेसँग भएको जाँगर भूकम्पले सार्न सकेन । ढिलै भएपनि उनले मकै रोपिन । कोदो रोपिन । खेतमा धान पनि रोपिन । भुकम्पले भत्काएको घर पन्छाउन गाँउका छिमेकी गुहारिन । भग्नावशेष पन्छाउने काम सकिएपछि उनमा अर्को चिन्ता थपिएको छ, “दिनदिन रोपेका बालीहरु पाक्न थाले । कहाँ थन्क्याउने ? सधैं टहरामा बसेर हुन्न । कस्तो घर बनाउने ?”


गाँउमा देखिने नयाँ मान्छेसँग उनले सोध्ने प्रश्न प्राय एकै हुन्छ, “अव सधैंभरी यो टहरामा बसेर पार नलाग्ला । आफुखुसी घर बनाउँदा सरकारले दिने भनेको सहयोग पनि नपाईएला कस्तो घर बनाउनुपर्ला बताईदिनुप¥यो ।” 

काफ्लेको मात्र हैन । अहिले अस्थायी टहरामा बसेकाहरु हिँउद याममा घर बनाउने सुरमा छन । तर उनिहरुको एउटै समस्या छ घर कस्तो बनाउने ? स्थानिय रामप्रसाद काफ्ले भन्छन चियापसलहरुमा हुने गफको विषय नै कस्तो र कत्रो घर भन्ने हुन लागेको छ । नेपाली कांग्रेस गाँउ कमिटी अध्यक्ष रहेका काफ्लेका अनुसार गाँउमा नौला मानिस देख्नेवित्तिकै गाँउलेहरुले घरका बारे सोधखोज गर्न थाल्छन । 

भूकम्प प्रभावितहरुका लागि भनेर विभिन्न संघसंस्था तथा सरकारले पनि विभिन्न डिजाईनका घरका नमुनाहरु प्रस्तुत गरेको छ । यस्ता नमुनाहरुका बारे गाँउघरसम्म प्रयाप्त जानकारी आईसकेको छैन । त्यस्ता नमुना दिएका घर बनाउन स्थानिय स्तरमा पाईने कर्मीहरुले काम गर्न सक्दैनन । उनिहरुका लागि तालिम दिन अहिलेसम्म गाँउमा कोही नआएको स्थानिय परशुराम कार्कीको भनाई छ । “पहिले जसरी घर बनाएर काम नहुने रैछ । नयाँ खालको बनाउन सिप भएका मान्छे छैनन्”, कार्कीले भने ।

जिल्ला दैवि प्रकोप उद्धार समिति दोलखाका अनुसार जफे गाविसमा रहेका १ हजार २ सय ८५ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । गाविसमा १३ जनाले भूकम्पका कारण ज्यान गुमाए ।

कहाँ बनाउने घर ?
जफे गाविसको वडा नं. ४ को हिमालपानी गाँउका ४ घरका वासिन्दाहरु नयाँ ठाँउमा बसोबास गर्न लागेका छन् । वडा नं. ४ मा रहेको घर भत्कँदा परिवारका ४ सदस्य गुमाएकी नरमाया महत अहिले वडा नं. ७ मा रहेको खेतमा झरेकी छिन । कहाँ घर बनाउने हो अझै टुङ्गोमा नपुगेको उनले बताईन । घरमा बालबच्चा मात्रै छन् । “कसरी घर बनाउनु ? कुन ठाँउमा बनाउनु ?”

शहरे गाविसको वडा नं. १ निबुवाबारीका दलित बस्ति गाँउ छोडेर जंगलमा बस्न लागेका छन् । नजिकैको कात्तिकेपाखा सामुदायिक वनको  जग्गामा उनिहरु अस्थायी टहरा हालेर बसिरहेका छन् । गाँउमा बसोबास गर्न सुरक्षित नदेखेर बनमा सरेको लाले कामीले जानकारी दिए । “वनमा बसिरहँदा सामुदायिक वन उपभोक्ता समितिका पदाधीकारीहरुले वस्न नमिल्ने बताउन लागेका छन् ।” बनमा ५ परिवार बसिरहेको कामीले जानकारी दिए ।

स्थानिय बासिन्दाहरुले घरको नक्सा माग गरिरहे पनि अहिलेसम्म जिल्लास्थित कुनै सरकारी निकायले नक्सा प्रस्तुत गर्न सकेका छैनन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं प्रमूख जिल्ला अधिकारी देबेन्द्र लामीछाने जिल्लामा भवन निर्माण सम्बन्धी काम गर्न भवन निर्माण डिभिजन कार्यालय स्थापना भएकोले नक्सा लगायतका काम कार्यालयमार्फत हुने जानकारी दिए । “नागरिकहरुले भवन निर्माणका बारे कार्यालयमार्फत जानकारी लिन सक्छन ।”

सरकारले भवन निर्माण गर्न दिने भनि चर्चामा रहेको २ लाख रुपैंया सहयोगबारे अझै अन्यौल छ । संयोजक लामीछानेले सो सम्बन्धमा कार्यालयमा कुनै पनि जानकारी नआएको बताए । “औपचारीक जानकारी नआएकोले यसै भन्न सकिने अवस्था छैन”, लामीछानेले भने ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना